उपचुनावमा रास्वपालाई झड्का, मतान्तर बढाउँदै सुहाङ

उपचुनावमा रास्वपालाई झड्का, मतान्तर बढाउँदै सुहाङ

काठमाडौं : गत वैशाख १० गते भएको पहिलो उपनिर्वाचनमा वाहवाही पाएको राष्ट्रिय स्वतन्त्र पार्टी एक वर्षमै खुम्चिएको छ।

गत वैशाखमा चितवन, तनहुँ र बारामा भएको उपनिर्वाचन मध्ये दुई क्षेत्रमा स्थापित दललाई हराएर वाहवाही पाएको रास्वपाले यसपटक भने जनमत गुमाउँदै गएको पाइएको छ।

चितवन २ बाट रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले अत्यधिक मत सहित विजयी हुँदा बारामा जसपाका उपेन्द्र यादवले बाजी मारेका थिए।

यस पटकको उपनिर्वाचनमा रास्वपाले सामाजिक सञ्जालमा उत्कृष्ट मत पाए पनि सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि इलामको प्रारम्भिक मतगणनामा नराम्रो सँग पछारिन पुगेको छ।

नतिजा उल्टो आएपछि सामाजिक सञ्जालमा रास्वपाका कार्यकर्ताले जनतामाथि नै आक्रोश पोखिरहेका छन्। इलाममा जारी मतगणनामा पहिलो हुने आकलन गरिएको रास्वपाका उम्मेदवार मिलन लिम्बु चौथो स्थानमा छन्।

रास्वपाले स्वतन्त्र उम्मेदवारलाई समेत भेटाउन सकेको छैन। नेकपा एकीकृत समाजवादीको प्रारम्भिक गणना अनुसार जमानत नै जफत हुने देखिएको छ। संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएकाले इलाममा उपनिर्वाचन भएको हो।

चुनावमा नेम्वाङका छोरा सुहाङ उम्मेदवार बनेका छन्। पछिल्लो गणनामा सुहाङले अग्रता कायम राखेका छन्। एमालेका उम्मेदवार सुहाङ नेम्वाङले काँग्रेस उम्मेदवार डम्बर खड्कासँगको अग्रता १ हजार १ पुर्‍याएका छन्।

पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ३७८३ मत पाउँदा खड्काले २७८२ मत पाएका छन्। फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा तेस्रो स्थानमा पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन्। उनले ७८४ मत पाएका छन्।

चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन्। इलाममा मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेसबिच नै पर्ने देखिएको छ।

बझाङमा पनि एमाले र काँग्रेसबिच नै मुख्य प्रतिस्पर्धा छ। गत निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित काँग्रेसका पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको बझाङ प्रदेशसभामा ११ उम्मेदवार चुनावी मैदानमा छन्।

पछिल्लो मतगणना अनुसार एमालेका दमन भण्डारी ३२७० मत पाएका छन्। काँग्रेसका अविशेक सिंहले २७५८ र माओवादी केन्द्रका जनक बुढाले १८९१ मत पाएका छन्। दुवै उपनिर्वाचनको नतिजा मङ्गलवारसम्म सार्वजनिक हुने आकलन गरिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading