गृहमन्त्री लामिछानेको चटक, असलीयत बाहिरिएको टिप्पणी

गृहमन्त्री लामिछानेको चटक, असलीयत बाहिरिएको टिप्पणी

काठमाडौं : सहकारी ठगीमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले चटक देखाएका छन्। सहकारी प्रकरणमा लुटिएका वास्तविक पीडितलाई छायामा पारेर गृहमन्त्री लामिछानेले नक्कली पीडित नै खडा गरेर बधाई लिएको आरोप लागेको छ।

लामिछानेले शुक्रवार गृह मन्त्रालयमै बोलाएर नक्कली पीडित खडा गरी छलफल नै गरेको आरोप लागेको हो। सहकारी बचतकर्ताको रकम फिर्ता गर्न सञ्चालकहरूको सम्पत्ति कब्जा गर्ने कानुन ल्याउने निर्णय गराएकोमा इलाम उपनिर्वाचनको मतदानलाई नै प्रभाव पार्ने गरी लामिछानेले बधाई पाएको समाचार सार्वजनिक भएको थियो।

सहकारी प्रकरणमा नाम जोडिएपछि गृहमन्त्री लामिछानेले आफ्नो संलग्नता ढाकछोप गर्न अनेक प्रयास जारी राखेको आरोप लागिरहेको छ। छलफलका लागि गृह मन्त्रालयमा पुगेकाहरूले नै आफूहरू वास्तविक पीडित नभएको बताएपछि गृहमन्त्री लामिछानेको असलीयत बाहिरिएको छ।

सुशासन कायम गर्ने दायित्व बोकेका मन्त्री नै किर्तेमा लाग्छन् भने जनताले कसरी सरकारको भरोसा गर्न सक्छन् भन्ने प्रश्न अहिले लामिछानेमाथि तेर्सिएको छ।

सहकारी प्रकरणमा नाम जोडिएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग भए पनि लामिछानेले भने सहकारी सञ्चालकको सम्पत्ति कब्जा गरेर पीडितको पैसा फिर्ता गराउने रटान लगाइरहेका छन्।

‘के निहुँ पाउँ कनिका बोकौँ’ भनेर बसेको काँग्रेसले लामिछानेमा नैतिकता नभएको टिप्पणी गरेको छ। प्रवक्ता प्रकाशशरण महतले लामिछानेको नैतिकतामाथि प्रश्न उठाएका छन्।

जनतामाथि भएको अत्याचारको न्याय माग्ने क्षेत्र आफै बदमासी भए पछि लाखौँ सहकारी पीडितहरूको बिचल्ली भएको छ। बुटवलको सुप्रिम सहकारीबाट २ करोड रुपैयाँ गृहमन्त्री लामिछानेको बैङ्क खातामा जम्मा भएको पुष्टि भैसकेको छ।

लामिछानेको खातामा रकम जम्मा गरिदिने रोशनी गुरुङ्ग पक्राउ परेर धरौटीमा रिहा भेसकैकी छन्। तर, प्रहरी र सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोग पत्रमा नाम उल्लेख भएका लामिछानेले भने उन्मुक्ति पाउँदै आएका छन्।

गृहमन्त्री लामिछानेले सहकारीको २ करोड अपचलन गरेको पुष्टि, प्रहरी र सरकारी वकिल प्रतिवादी बनाउन डराए

लामिछानेका बिजनेस पार्टनर पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीबाट करोडौँ रकम अपचलन गर्ने जीवी राई अहिलेसम्म फरार छन्। गृहमन्त्री लामिछानेकै नाममा ऋण जारी भएको कागजात भेटिए पनि उनले भने अस्वीकार गर्दै आएका छन्।

लामिछानेले आफ्नो नाम अरू कसैले राखिदिएको हुनसक्ने तर्क गर्दै त्यो ऋण आफूले नलिएको समेत बताएका छन्। ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले टेलिभिजन छाड्नुअघि आफूले ‘गोल्डेन शेयर’ लिएको भने स्वीकार गरेका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading