संसदमा सम्बाेधन गरेकाे भाेलिपल्ट शितल निवासमा भाेज

संसदमा सम्बाेधन गरेकाे भाेलिपल्ट शितल निवासमा भाेज

617
SHARES

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा सम्बोधन गरेको भोलिपल्ट सांसदहरूलाई शीतल निवासमा बोलाएकी छन्।

राष्ट्रपति भण्डारीले माघ २७ गते सङ्घीय संसद्मा सम्बोधन गर्दै छिन्। सम्भवतः राष्ट्रपतिमा दोस्रो कार्यकालको अन्तिम सम्बोधन गर्ने भण्डारीले भोलिपल्ट माघ २८ गते दिउँसो ३ बजे सांसदहरूलाई शीतल निवास बोलाएकी हुन्।

प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाई तथा शुभकामना आदानप्रदान गर्ने ब्यहोराको एसएमएस पठाएर राष्ट्रपति कार्यालयले निम्तो दिएको हो।

नयाँ राष्ट्रपतिको निर्वाचन

नयाँ राष्ट्रपति चयनका लागि फागुन २५ गते चुनाव हुँदै छ। दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित रहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा सांसदहरूलाई राष्ट्रपति भण्डारीले सम्बोधन गरेर पार्टी दिन शीतल निवास बोलाएकी हुन्।

प्रतिनिधिसभाका एक सांसदले राष्ट्रपति कार्यालयबाट भाेजकाे निम्तो आएको पहिचानलाई बताए।

समाचार शेयर गर्नुहोस्
617
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.