कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिलाई साझा बस चढ्ने मोह

कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिलाई साझा बस चढ्ने मोह

काठमाडौं : २०७२ साल कार्तिक ११ मा नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन विद्यादेवी भण्डारी। नेकपा एमालेकी उपाध्यक्ष भण्डारीले पहिलो कार्यकाल सम्पन्न गरी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भई फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी छन्।

उनले आफ्नो दोस्रो कार्यकाल सकिनै लाग्दा भने साझा यातायात चढेर सस्तो लोकप्रियता खोजेको देखिएको छ। शीतल निवासबाट यात्रु नराखेको साझा बसमा सुरक्षा पहरासहित चढेर राष्ट्रपति भण्डारी ललितपुरको पाटनढोकासम्म पुगेकी छन्।

निर्वाचन आयोगले नयाँ राष्ट्रपति चयनका लागि चुनाव गराउने तयारी गरिरहँदा संविधान अनुसार अब तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्न नपाउने राष्ट्रपति भण्डारीले साझा यातायातमा यात्रा गरेर तत्कालको लोकप्रियता बटुलेकी छन्।

दुईदुई पटक राष्ट्रपतिमा निर्वाचित भएर १० वर्षे कार्यकाल सकिनै लाग्दा भण्डारीले पहिलो पटक साझा बस चढेकी हुन्। संविधानको धारा ६४ को उपधारा २ मा दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन भन्ने व्यवस्था छ। अब दलहरूले चाहेर पनि भण्डारीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने अवसर दिन सक्ने छैनन्।

क्यानडाको ओटावा विश्वविद्यालयमा अध्यापनरत भानुभक्त आचार्यले सामाजिक सञ्जाल मार्फत प्रोपगन्डा गर्दा पनि अलि स्वाभाविक पाराले गर्दा प्रभावकारी हुने राष्ट्रपतिका सल्लाहकारलाई सुझाव दिएका छन्। अकस्मात् राष्ट्रपतिलाई किन साझा बस चढ्ने मुड चल्यो होला?अब राष्ट्रपतिको पदावधि सकिएपछि फेरि सामान्य दैनिकी कसरी चलाउने भन्ने पूर्वाभ्यास हुनसक्छ,’आचार्यले लेखेका छन्,‘अगुवा पछुवा सुरक्षा गाडीहरूको लस्कर नराखी र बाटो पूरै खाली नगरी हिँडेको भए नि केही बिग्रन्नथ्यो। सल्लाहकारहरूलाई सुझाव— प्रोपगन्डा गर्दा पनि अलि स्वाभाविक पाराले गर्दा प्रभावकारी हुन्छ।’

राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरे। राष्ट्रपति भण्डारीले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको अवलोकन गरिन।

राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी छन्। पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारीले पिम्बहाः मा नेवारी भजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिएकी छन्।

दुईदुई पटक संसद् विघटनको निर्णय सदर गरेकी राष्ट्रपति भण्डारीले संसद्को दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक रोकेर राखेपछि विवादमा परेकी थिइन।

विधेयक र अध्यादेश रोक्ने राष्ट्रपति भण्डारीको भूमिका संसद्को एजेन्डा

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading