निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पहिचानको फेसबुक पेज ह्याक

पहिचानको फेसबुक पेज ह्याक

774
SHARES

काठमाडौँ : पहिचान मिडियाले सञ्चालन गरेको फेसबुक पेज ‘पहिचान’ ह्याक भएको छ। पेज ह्याक गरेर अश्लील सामग्रीहरू पोस्ट हुन थालेका छन्।

२०७९ चैत २७ गते राति सरकारलाई संसद्को रुलिङ, अडियो काण्डमा रास्वपाले माग्यो माफी सम्बन्धी समाचार पोस्ट हुने बित्तिकै पहिचानको फेसबुक पेज ह्याक भएको हो।

फेसबुक ह्याकरका कारण आम पाठकमा परेको असुविधा प्रति पहिचान मिडियाले माफी मागेको छ। ह्याकरले फेसबुक पेजको एडमिनमा रहेका सम्पादक माधव दुलालाई हटाएको छ।

एडिएस म्यानेजरको [email protected] बाट प्राप्त इमेल सन्देशमा रिप्लाई गर्दै जाँदा पेज नै ह्याक हुन पुगेको पहिचान मिडियाले जनाएको छ। फेसबुकको आधिकारिक लोगो प्रयोग गरेर अनलाइन साइटहरू ह्याक गर्ने गिरोह सक्रिय भएको छ।

गिरोहले न्युज पोर्टललाई नै निशाना बनाएर पेज ह्याक गरे पनि पहिचान डटकममा समाचार पोस्ट नहुने समस्या भने देखिएको छैन।

मन्त्री बन्न सांसदले गरे २ करोडको डिल, दुर्गा प्रसाईँसँग थप ७ जनाको लिस्ट (भिडियो)

ह्याकरले पहिचानलाई बदनाम गराउन जुन किसिमका सामग्री पोस्ट गरेर भ्रम फैलाउन खोजेको छ, त्यसमा सतर्क रहन आम पाठक वर्ग समक्ष पहिचान मिडियाले अनुरोध गरेको छ।

विज्ञापन लगायतका प्रचार सामग्री प्रकाशनको इमेल सन्देश आएमा आधिकारिता नजाँची हतारमा क्लिक नगर्ने प्रतिबद्धता पहिचानले व्यक्त गरेको छ।

फेसबुक ह्याकरका कारण आम पाठकमा परेको असुविधा प्रति पहिचान मिडियाले माफी मागेको छ।

समाचार शेयर गर्नुहोस्
774
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.