सरकारलाई संसद्को रुलिङ,अडियो काण्डमा रास्वपाले माग्यो माफी

सरकारलाई संसद्को रुलिङ,अडियो काण्डमा रास्वपाले माग्यो माफी

काठमाडौं : प्रतिनिधि सभाले जनसरोकारका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेको छ। सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देश गरेका हुन्।

सांसदहरूले प्रधानमन्त्री र अर्थमन्त्रीलाई संसद्मा उपस्थित भएर जवाफ दिन माग गरेका थिए। नयाँ वर्ष २०८० को पहिलो महिनादेखि कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था आउने सरकारकै मन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्री र अर्थमन्त्री मौन बसेको आरोप सांसदहरूले लगाएका छन्।

सांसदहरूका जिज्ञासामा सरकारले जवाफ दिन आनाकानी गरेपछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली अनुसार सरकारलाई निर्देश गरेका हुन्।

अडियो काण्ड छानबिन गर्न माग

मन्त्री बन्न २ करोड माग गरेको अडियो काण्ड छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग भएको छ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाराम श्रेष्ठले मन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड मागेको अडियो काण्ड छानबिन गर्न संसदीय समिति नै बनाउनु पर्ने माग भएको हो।

काँग्रेसका सांसद धनराज गुरुङले दूधको साक्षी बिरालो बसेको भन्दै तत्कालै निष्पक्ष छानबिन गर्न माग गरे। सांसद धवल शमशेर जबराले काण्डै काण्डले भरिएको देशमा अहिले सनसनी मच्चिरहेको बताउँदै राप्रपाले भ्रष्टाचारीहरूलाई नजिकबाट नियाली रहेको बताए।

राष्ट्रिय सभा सदस्य उदय बहादुर बोहराले भने यो विषयमा फरक फरक दाबी आइरहेको भन्दै अडियो काण्ड झुटो भए व्यवसायी दुर्गा प्रसाईँलाई पनि कारबाही हुनुपर्ने माग गरे।

मन्त्री बन्न सांसदले गरे २ करोडको डिल, दुर्गा प्रसाईँसँग थप ७ जनाको लिस्ट (भिडियो)

वैशाख १० गते हुन लागेको उपनिर्वाचनको छेको पारेर अडियो बारिएसँगै पार्टीलाई गम्भीर धक्का लाग्ने देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा माफी मागेको छ। सचेतक सन्तोष परियारले एक जना सांसदले गर्दा सबै सांसदको बदनाम भएको भन्दै संसद्मै माफी मागेका हुन्।

दुई करोड मागेको घटना पछि स्वतन्त्र पार्टी पनि नयाँ बट्टा भित्र पुरानै सामान जस्तै भएको टिप्पणी भइरहेको छ। अडियो सार्वजनिक भएको दिन मुखमा पानी हालेर बसेका सांसद ढाकाराम श्रेष्ठ बल्ल बोलेका छन्। उनले अडियोमा सुनिएको आवाज आफ्नो नभएको जिकिर गरेका छन्।

फोनमा सार्वजनिक भएको आवाज आफ्नो नभएको दाबी गर्दै उनले आफूलाई फसाउन खोजेको उल्लेख गरेका छन्। २ करोड माग गरेको अडियो सार्वजनिक भएपछि स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निलम्बन गरेको छ। ७२ घण्टाभित्र सत्य तथ्य सार्वजनिक गर्ने स्वतन्त्र पार्टीले बताएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading