नीलो फूल र सकम्बरीले गरे पितृसत्तात्मक सोचको भण्डाफोर

नीलो फूल र सकम्बरीले गरे पितृसत्तात्मक सोचको भण्डाफोर

काठमाडौँ : नेपाली समाजको वास्तविकतामा आधारित लघु चलचित्र नीलो फूल र फुलमाया बोलको गीत यतिवेला चर्चामा छन्। समलिङ्गी पुरुष र विपरितलिंगी महिलाको ‘इज्जत’ सँग सम्बन्धित चलचित्र र गीतले समाजको वास्तविकता उजागर गरिदिएकै कारण चर्चा बटुलेका हुन्।

नीलो फूलको कथा सुनिलबाबु पन्त र सकम्बरी फुलमायाको कथा प्रकाश सपूतले पस्केका हुन्। नीलो फूलमा सागर घिमिरे समलिङ्गी पात्र बनेका छन् भने फुलमायामा कुसुम शर्माले आधुनिक नारीको अभिनय गरेकी छन्।

संविधान सभाका सदस्य पन्तले निर्माण गरेको नीलो फूल र गायक सपूतको फुलमाया दुवैले समाजको ‘इज्जत’लाई चित्रण गरेका छन्। युट्युबमा दुई महिला अघि अपलोड भएको नीलो फूलको टेलर अहिलेसम्म ६ हजार भन्दा बढीले हेरेका छन्। सपुतको फुलमाया अपलोड भएको एक हप्ता नपुग्दै झन्डै एक करोडले हेरेका छन्।

रोजेको मान्छेसँग विवाह गर्न नपाउँदा…

जति धेरैले हेरे त्यति धेरै प्रतिक्रिया पनि पाएका छन् गायक प्रकाश सपूतले। ‘समाजमा घटेको घटनालाई सरल र सहज तरिकाले यथार्थ चित्रण गर्न सक्ने एक मात्र गायक प्रकाश दाजु बधाई, नेपाली समाजको वास्तविकता चित्रण हो यो..विरोधको कुनै तुक छैन’ सकम्बरी फुलमाया बोलको गीतमा प्रतिक्रिया छन्।

टेलर मात्रै अपलोड गरिएको नीलो फूलमा ‘पूरा कहिले आउने हो? मुटुमै घोचेर गयो त?’ भन्ने प्रतिक्रिया छन्। नेपाली समाजको वास्तविक चित्रणमा आधारित नीलो फूल र सकम्बरीले पितृसत्तात्मक सोचको भण्डाफोर गरेको छ।

नेपाली महिलाले केही गर्न खोज्दा शरीर सुम्पिनु पर्ने अवस्था देखाइएकोमा भने प्रकाश सपूतको गीतले आलोचना पनि पाएको छ। त्यसो त नीलो फूलमा श्रीमान्ले श्रीमतीलाई परपुरुषसँग यौन सम्बन्ध राख्न लगाएको दृश्यले एक पटक सबैलाई सोच्न बाध्य बनाएको छ।

नेपाली समाजमा समलिङ्गी र महिलाका वास्तविकता सङ्केतका रूपमा मात्रै बाहिर आएका छन्। पुरुष समलिङ्गीलाई महिलासँग जबरजस्ती विवाह गराईदिदाँको क्यारेक्टर निर्वाह गरेका सागर घिमिरे आफैलाई समलिङ्गी भनेर ट्याग लगाइदिने चिन्तामा थिए। जसरी अहिले फुलमायाको क्यारेक्टर निर्वाह गरेकी कुसुम शर्मालाई शरीर बेच्ने महिलाको रूपमा देखाइएको छ। नीलो फूलमा सागरले समलिङ्गीलाई न्याय गर्ने रोल गरेका छन्।

दशकौँ देखि बाचिरहेको आशा

नरिसाउने र ठुलो स्वरले नबोल्ने भएकै कारण सागरले नीलो फूलमा समलिङ्गी पात्र बने। समलिङ्गी कथामा बनेको चलचित्रमा आफूले गर्ने अभिनयबाट न्याय होला नहोला भन्ने चिन्तामा थिए सागर। नचाहँदा नचाहँदै परिवार र समाजको इज्जत धान्नका लागि समलिङ्गीलाई जबरजस्ती विवाह गराउँदाको वास्तविक कथामा अभिनय गर्न पाएकोमा सन्तुष्ट रहेको बताउँछन् सागर।

सागर ‘तपाईँलाई यो नर्कबाट जसरी पनि निकाल्छु र अभागी भनेको त भाग्यमानी रैछु क्यारे’ भन्ने डाइलगले मन छोएको बताउँछन्। आफूले अभिनय गरेको चलचित्र नीलो फूल हरेर आमाबुबा पनि खुसी हुनु भएको सुनाए सागरले। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई चलचित्रले न्याय गरेको सागरले प्रतिक्रिया दिए।

परिवार र समाजको ‘इज्जत’ सँग सम्बन्धित कथा वस्तु बाहिर आउँदा प्रतिक्रिया आउनु नयाँ कुरा होइन। महिलालाई शरीर बेच्न बाध्य बनाइएको दृश्य होस या समलिङ्गीसँग विवाह भएकी महिलाले बच्चा जन्माउन परपुरुषसँग यौन सम्बन्ध राख्नु परेको पीडा होस यो समाजको यथार्थता रहेको छ।

समलिङ्गी विवाह सम्बन्धी सरकारको गोप्य अवधारणा, कानुनले फिर्ता पठाएपछि अर्को बनाउने तयारी

‘गाउँको मान्छे ठाउँमा हुनुहुन्छ, बाटो बिराउली दिशा देखाउनु है, धर्मै लाग्ला’ भनेर जिम्मा लगाएर पठाएका व्यक्तिले नै एक अबोध नारीलाई यौन बिक्री गर्न बाध्य बनाउनुको पीडा देख्ने र सुन्नेलाई भन्दा भोग्नेले नै व्यक्त गर्न सक्छ।
गीतका शब्दमा चलचित्र नीलो फूलका निर्माता सुनिलबाबु पन्तले ‘फूलमायाले लाको झुम्की र बुलाकी देखेर समाजले सोधेछ? कसले किन्दियो?’ प्रश्न गरेका छन्। ‘मानबहादुरले लाको बुट र चढेको पल्सर देखेर समाजले कहिले सोधेन? कसले किन्दियो भनेर?’ पन्तले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अस्तित्व नै स्वीकार नगरिएको हो भनेर प्रश्न पनि गरेका छन्। ‘किन? मोहिनीले लाको हाइहिल र हातको लेडिब्याग माथि समाजले सोधपुछ गर्दैन,’पन्तले लेखेका छन्,‘या त मोहिनीको यो मात्र पेसा हो भनेर मानेको छ, या त अस्तित्व नै स्वीकार गरेको छैन समाजले मोहिनीको।’

उनले अब घरमा जीवनसाथी भई भई अरूलाई किन्दिएको झुम्की बुलाकीबारे प्रश्न गर्न सुझाएका छन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूले विवाहको अधिकार पाएका छैनन्। विवाहको अधिकारका लागि सरकारलाई कानुन बनाउन सहयोग पुग्ने पन्तको नीलो फूल नेपालका विभिन्न ठाउँमा प्रदर्शन भइसकेको छ। पन्त अहिले नीलो फूल चलचित्र प्रदर्शनका लागि बेलायत गएका छन्।

नमोबुद्धमा चल्यो ‘बलजफती विवाह’को छलफल

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading