निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

टेकनाथको सुरक्षा र स्वास्थ्यमा कारागार प्रशासनले गर्‍यो महसुस

टेकनाथको सुरक्षा र स्वास्थ्यमा कारागार प्रशासनले गर्‍यो महसुस

443
SHARES

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा गृह प्रशासन सम्हालेकाहरू थुनामा पुगेका छन्।

पूर्वगृहमन्त्री, ऊर्जा मन्त्री, उपराष्ट्रपति कार्यालयका निलम्बित सचिव, सक्कली भुटानी मानव अधिकारवादी नेता केन्द्रीय कारागारमा दिन बिताइरहेका छन्।

जगन्नाथदेवल कारागारमा भद्र, केन्द्र र महिला बन्दी गृह छन्। नक्कली शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पुगेका १६ मध्ये केशवप्रसाद दुलाल र सानु भण्डारीलाई नख्खु कारागार सरुवा गरिएको छ।

भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल र पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राईलाई एउटै कोठामा राखिएको छ। टेकनारायण पाण्डेलाई छुट्टै कोठामा राखिएको छ। तीनै जना केन्द्र बन्दी गृहमा छन्।

आरोपीहरूबाट छुट्टै राख्नुपर्ने भुटानी नेता रिजालको माग भने पूरा गर्न नसकिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले बताए। ‘पुर्पक्षका लागि आउने बित्तीकैदेखि उहाँ (रिजाल)ले छुट्टै रुम भन्नुभएको थियो,’बस्नेतले पहिचानसँग भने,‘छुट्टै रुमको व्यवस्था गर्न सकिएको छैन।’ उनले रिजालको माग अनुसार व्यवस्थापनका लागि पहल भइरहेको बताए।

नक्कली शरणार्थी : टेकनाथलाई आरोपीसँगै राख्दा असुरक्षा, रिहा गर्न अभियानको माग

भुटानमा राजनीतिक बन्दीहरूको रिहाइको लागि ग्लोबल अभियानका संयोजक राम कार्कीले नेदरल्याण्डको हेगबाट विज्ञप्ति निकालेर ‘भुटानका पूर्व राजनीतिक बन्दी वा लोकतन्त्रको लागि भुटानी आन्दोलनको सबैभन्दा अग्लो नेतालाई अन्य उच्च–प्रोफाइलका बन्दीहरूले अदालतको बयान परिवर्तन गर्न दबाब दिने प्रयास भइरहेको छ। यसबाहेक, हामीले हाम्रो स्रोतबाट थाहा पाएका छौँ कि उहाँलाई अर्को थुनुवा इन्द्रजित राई अभियुक्त मध्य एक, जसलाई रिजालले आफ्नो बयानमा मुख्य अपराधीको रूपमा नाम दिएका थिए, उनी सँगै रिजाललाई राखिएको छ। तसर्थ, यही कारणले रिजालमा निरन्तर मनोवैज्ञानिक तनाव र असुरक्षा बढ्दै गएको छ’ भनेका थिए।

कारागार प्रशासनले पनि अभियानको विज्ञप्तिले ध्यानाकर्षण भएको जनाएको छ। ‘हामीले पनि महसुल गरेका हौँ,’कारागार प्रशासनले भन्यो,‘छुट्टै राख्ने ठाउँ नभएकोले ईन्द्रजितसँगै राख्नु परेको हो।’

कारागार प्रशासनले उहाँहरू फ्याट्ट आउनु भएकाले पुरानै बस्ने व्यवस्था गरिएको बताएको छ। ‘पाँच पाँच किलोको सिरक डसना दिने चलन हो, उहाँहरूले पाउनु भएको छैन, फ्याट्ट आइहाल्नु भयो, भएकैबाट व्यवस्थापन गरेर मिलाएका छौ,’लेखा शाखाका एक कर्मचारीले भने,‘उहाँ (रिजाल)लाई चिसो नहुने व्यवस्था गरिदिएका छौँ।’ उनले उमेरका कारण स्वास्थ्यमा समस्या आउन नदिने गरी रिजालको बस्ने व्यवस्थापन गरिएको बताए।

कैदीहरूलाई ठुलो सानो नभनी समान व्यवस्थापन गरिएको कारागार प्रशासनले बताएको छ। नक्कली शरणार्थी प्रकरणमा हाईप्रोफाईल परेका छन्।

बहालवाला मन्त्रीले समेत कारागारमा रहेका पूर्वमन्त्री खाँणलाई भेटेका छन्। खाँणलाई भेट्न रेसम चौधरी पनि जाने हल्ला थियो। ‘बिहीबार रेसम चौधरी आउने हल्ला थियो,’कारागार सुरक्षा स्रोतले पहिचानसँग भन्यो,‘दिनमा ४ सय भन्दा बढी भेट्नेहरू आउँछन्, को आए रेकर्ड नै हेर्नु पर्ने हुन्छ।’

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

समाचार शेयर गर्नुहोस्
443
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.