नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

काठमाडौँ : भुटानको लामिडाँडामा जन्मिएका हुन् टेकनाथ रिजाल। २५ वर्षको उमेरमै उनले चुनाव लडे। राज्य परिषद् सदस्यमा निर्वाचित भए। भुटानमा भएका भ्रष्टाचारको छानबिन गर्ने नेतृत्व लिए। त्यही छानबिनले रिजाललाई १० वर्ष भुटानको जेलमा बन्दी बनायो।

भुटानी राजाले रिजाललाई जेल मात्रै कोचेनन्, उनको समर्थन गर्ने भनौँ नेपाली भाषी खोजी खोजी देश निकाला समेत गरे। राजाको अत्याचारमा परेर नेपालका शरणार्थी शिविरमा आश्रय लिएका १ लाख भन्दा बढी यति बेला तेस्रो देश पुर्नवास भइसकेका छन्।

शरणार्थी शिविरमा रहेका ६ हजार भुटानी नागरिक न तेस्रो देश जान पाए, न त आफ्नै देश नै फर्कन पाए। कतिपयको त परिवार भेट्नै नपाई मृत्यु समेत भइसकेको छ। भुटान फर्केर न्यायालयमा अनुरोध गर्ने बताएका मानव अधिकारवादी नेता रिजाल यति बेला नेपालको जेलमा बन्दी बनेका छन्।

प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिवले भुटानी शरणार्थीलाई कन्त बिजोग बनाए

भुटान देशको इतिहास, नेपाली भाषा, भुटानी राजाको अत्याचारबारे रिजालले २०६० सालमा निर्वासन पुस्तक लेखेका थिए। रिजालको निर्वासन पुस्तक लेखनमा सहयोग गर्ने पत्रकार भरत भूर्तेल स्वर्गे भइसकेका छन्। निर्वासन पुस्तकमा रिजालले आफ्नो सम्झनामा भए जति उतारेको निर्वासन पुस्तक स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विमोचन गरेका थिए। रिजाल निर्वासन पुस्तकलाई चलचित्र बनाउन चाहन्थे।

पैसाका कारण बन्न सकेन भन्थे उनी। ‘भुटानको इतिहास बोकेर निर्वासन पुस्तक नेपालमा जन्मियो। कसैले हामीलाई नेपाली भन्छन्। कसैले भुटानी भन्छन्,’उनले पहिचानसँग भनेका थिए,‘हामी हौँ को?, भुटानका नागरिकले थाहा पाउनु पर्छ।’

रिजालले पुस्तक वाचनका लागि गरेको अनुरोध अनुसार पहिचान अनलाइनको युट्युब च्यानलमा हरेक अध्याय वाचन गर्न सुरु गरेका छौँ। यो निर्वासन पुस्तक वाचनको पहिलो अध्याय रहेको छ। बाँकी अध्यायहरू पनि वाचन गर्दै जाने प्रतिबद्धता जनाउँछौ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading