विवाह दर्ताको पुनरावेदन, अग्राधिकारमा राख्न निवेदन

विवाह दर्ताको पुनरावेदन, अग्राधिकारमा राख्न निवेदन

काठमाडौं : रामबहादुर (माया) गुरुङ र सुरेन्द्र पाण्डेले विवाह दर्ताको निवेदनलाई अग्राधिकारमा राख्न उच्च अदालत पाटनमा निवेदन दिएका छन्।

हरेक बिहीबार उच्च अदालत पाटन धाइरहेका माया र सुरेन्द्रले अब पेशीमा चढ्दा अग्राधिकार दिन अदालतमा निवेदन दिएका हुन्।

काठमाडौं जिल्ला अदालतले २८ असारमा विवाह दर्ता गर्ने निवेदन अस्वीकार गरे पछि २९ असारमा माया र सुरेन्द्रको जोडी उच्च पुगेको थियो। पुनरावेदन निवेदनमा कैफियत प्रतिवेदन मगाउनै दुई पटक सुनुवाइ गरेको उच्चले २५ साउनमा एमिकस क्युरी झिकाउने आदेश दिएको थियो।

एमिकस क्युरी झिकाएको अदालतले ३२ साउनमा पेशीमा चढे पनि हेर्न नभ्याउनेमा परेको पर्‍यो। ७ भदौ (आज) न्यायाधीश ध्रुवराज नन्द र अमृत बहादुर बस्नेतको इजलासले पुनरावेदन निवेदनलाई हेर्न नमिल्नेमा राख्यो।

न्यायाधीश नन्दले यसअघि आफू अधिवक्ता हुँदा मायाको पक्षबाट नवलपरासी अदालतमा बहस गरेकाले हेर्न नमिल्ने बताए। ‘त्यति बेला रामबहादुरको पक्षबाट अदालतमा बहस गरेको थिए,’उनले इजलासबाट भने अहिले तपाईँको मुद्दा मैले हेर्न मिलेन।’

उच्चले विवाह दर्ताको पुनरावेदन निवेदनमा पहिलो पटक एमिकस क्युरी झिकाएर सुनुवाइ गर्न लागेको उपरजिस्ट्रार एवं प्रवक्ता प्रेम खड्काले बताए। ‘उच्च अदालतले एमिकस क्युरी झिकाएको सम्भवतः देशभरिमै यो पहिलो हो,’खड्काले पहिचानसँग भने,‘समलिङ्गी विवाहको पुनरावेदन निवेदनलाई अदालतले प्राथमिकता दिएको छ।’

पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तले पेशीमा चढ्ने तर, सुनुवाइ नै नहुँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले हैरानी पाएको बताएका छन्।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले कानुनी लडाइ कहिल्यै नसकिने अबस्था देखिएको बताएकी छन्। उनले यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको अधिकारका लागि निरन्तर खवरदारी गरिरहनु परेको बताइन।

माया र सुरेन्द्रले न्याय पाउने लडाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक साथीहरूको साथ सहयोग पाइरहेको बताएका छन्।

https://www.facebook.com/pahichan.news/videos/676660304344439

सम्बन्धित समाचार

विवाह दर्ताको पुनरावेदन निवेदनमा उच्च अदालतको लिंगरिङ

विवाह दर्ताको निवेदनमा उच्चले दियो एमिकस क्युरी झिकाउने आदेश

विवाह दर्तामा न्यायाधीश माधवप्रसाद मैनालीको पूर्वाग्रही आदेश

समलिङ्गी विवाहले उर्दिण गरेको न्याय प्रणालीको कमजोरी

विवाह दर्तामा उच्चले न्याय दिने आस

विवाह दर्तामा बारले पठायो एमिकस क्युरी

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.