निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सुन तस्करीका प्रतिवादीको अब थुनछेक बहस

सुन तस्करीका प्रतिवादीको अब थुनछेक बहस

490
SHARES

काठमाडौं : ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणका प्रतिवादीहरूको बयान सकिएको छ। पक्राउ परेका २६ जनाको मङ्गलवार बयान सकिएसँगै बुधवारबाट थुनछेक बहस सुरु हुनेछ।

काठमाडौं जिल्ला अदालतमा सबै प्रतिवादीको बयान सकिएकाले बुधवारबाट थुनछेक बहस सुरु हुने अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए।

न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीले बयान दिएका छन्। जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेका प्रतिवादीहरूले प्रतिरक्षा बयान दिएका स्रोतले बताएको छ।

थुनछेक बहस सकिएपछि थुनामा पठाउने कि धरौटी माग गर्ने भन्नेबारे अदालतले आदेश दिनेछ। सुन प्रकरणमा विदेशी र स्वदेशी गरी २६ जना हिरासतमा छन्। सुन तस्करीमा चिनियाँ नागरिकले नेपाली नागरिकता बनाएको खुलेको छ।

सुन तस्करी आयोगको क्षेत्राधिकारमा झगडा

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने विषयमा भने सरकार र प्रतिपक्षी नेकपा एमालेबीच कुरा मिलेको छैन।

आयोग गठन गर्ने सरकारको प्रतिबद्धता पछि संसद्को अवरोध हटाएको एमालेले पूर्वन्यायाधीशको संयोजकत्वमा गठन हुने आयोगको क्षेत्राधिकारमा कुरा मिलेको छैन।

सुन तस्करीका प्रतिवादीसँग सरकारी वकिलको कार्यालयले करिब ३ अर्बभन्दा धेरै बिगो माग दाबी गरिएको छ।

ललिता निवासमा कारण माग

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणका आरोपी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई उन्मुक्ति दिनुको कारण माग गरेको छ।

न्यायाधीश विनोद शर्माको इजलासले नेपाल, भट्टराई र पूर्वमुख्यसचिव लीलामणि पौड्यालविरुद्ध मुद्दा नचलाउनुको कारण माग गरेको सर्वोच्च अदालतले जनाएको छ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता रविन शर्माको रिट निवेदनमाथिको सुनुवाइमा इजलासले रिट निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित बाटाको म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न भनेको छ।

ललिता निवास जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई तथा पूर्वमुख्यसचिव पौड्यालविरुद्ध मुद्दा नचलाएको भन्दै असोज १ मा रिट दायर भएको थियो।

समाचार शेयर गर्नुहोस्
490
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.