निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

घुम्न जाऔँ जिरी (तस्बिर)

घुम्न जाऔँ जिरी (तस्बिर)

647
SHARES

काठमाडौँबाट नजिकको गन्तव्य हो जिरी। काठमाडौँबाट करिब ६ घण्टाको यात्रामा जिरी पुग्न सकिन्छ। ‘नेपालको स्वीजरल्याण्ड’ र ‘सगरमाथाको प्रवेशद्वार’का रूपमा चर्चा कमाएको छ जिरीले।

सन् १९५३ मा प्रथम सगरमाथा आरोही सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा जिरी हुँदै सगरमाथा आरोहणमा गएका थिए। उनीहरूले सगरमाथाको सफल आरोहण गरेपछि जिरी ‘सगरमाथाको प्रवेशद्वार’का रूपमा चिनिन थाल्यो।

वि.स २०१४ तिर स्वीजरल्याण्ड सरकारले आर्थिक र प्राविधिक सहायता दिएर पशु विकास कार्यक्रम सुरु गरेपछि जिरीमा स्विसहरूको आगमन बढ्न थाल्यो। त्यसपछि जिरीले ‘नेपालको स्वीजरल्याण्ड’ उपमा पायो। अहिले पनि जिरी बजारको नाम ‘लिङ्कन बजार’ हो। यो नाम स्विसहरूले नै दिएका हुन्।

जिरी सगरमाथा आरोहणमा जाने पदयात्रीले चर्चित बनाएका हुन्। सगरमाथा क्षेत्रमा जाने पदयात्रीले काठमाडौँबाट सगरमाथासम्म पुग्ने छोटो बाटोको खोजीमा जिरी रोजे।

करिब ३७ सय मिटर उचाइमा रहेको चेर्दुङ डाँडाको फेदमा लमतन्न परेको फाँट हो, जिरी। पछिल्लो समय जिरी हुँदै सगरमाथा क्षेत्रसम्म पदयात्रामा जाने पर्यटकको सङ्ख्या घटेको छ।

तर, जिरीमा आन्तरिक पर्यटकको सङ्ख्या भने बढिरहेको छ। जिरीमा आन्तरिक पर्यटकका लागि घुम्ने, एक दिनको हाईक गर्ने प्रशस्तै रमणीय ठाउँ छन्।

शब्द/तस्बिर : सागर चन्द

समाचार शेयर गर्नुहोस्
647
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.