भीम उपाध्यायको स्ट्याटसमा भिडन्त, सन्ध्याले दिइन स्वस्थ रहन सुझाव

भीम उपाध्यायको स्ट्याटसमा भिडन्त, सन्ध्याले दिइन स्वस्थ रहन सुझाव

काठमाडौं : नयाँ सत्ता समीकरणलाई पूर्वप्रशासक भीम उपाध्यायले टिप्पणी गरे,‘एलजीबीटीक्यु दल पनि हुँदा रहेछन्।’ मेलम्ची खानेपानी आयोजना निर्माणमा अनियमितता गरेको अभियोगमा मुद्दा खेपेका उपाध्यायको स्ट्याटसमा मिश्रित प्रतिक्रिया पोस्ट भएका छन्।

नेपालमा तेस्रो लिङ्गी पहिचानमा नागरिकता लिएका बद्री पुन (दिलु बुदुजा) लाई मेन्सन गर्दै कल्पना सापकोटाले मान्छेले मान्छेलाई नै अपमान हुने शब्द प्रयोग नगरेको राम्रो भनेर प्रतिक्रिया दिएकी छन्। ‘यसरी तपाई जतिको मान्छेले मान्छेलाई नै अपमान हुने शब्द प्रयोग नगरेको राम्रो एलजीबीटीआईक्यू समुदायको घोर अपमान भयो कि सर? कि कसो।’

उपाध्यायले एलजीबीटीक्यू शब्द सम्मानित भएको जवाफ दिएका छन्। ‘विदेशमा छन्। यो सम्मान हो’उनले लेखेका छन्। अर्का फेसबुक प्रयोगकर्ताले अमेरिकामा एलजीबीटीआईक्यूप्लसप्लसप्लस करिब सय थरीको लिङ्ग भैसकेको लेखेका छन्।

रूपविहीन विश्लेषकले अमेरिकामा केही समय पुरुष, केही समय महिला, अनि केही समयको लागि कुनै पनि लिङ्ग मै वर्गीकरण गर्न नमिल्ने बन्नेहरूलाई फ्युल्ड भनिने गरेको लेखेका छन्। ‘आफूलाई जुनसुकै बेला महिला, पुरुष या एकै पटक महिला पुरुष पनि हुने रहेछन् तिनीहरू,’उनले लेखेका छन्,‘घण्टा÷घण्टामा मै लिङ्ग परिवर्तन भइराख्दो रैछ फ्युल्डहरुको। के यो मानसिक रोग होइन?’

उपाध्यायको स्ट्याटसमा के को सम्मान एउटा समुदायलाई पार्टी भन्नेदेखि अपमान हुने शब्द कहाँ देख्नु भो महोदय? भनेर प्रश्न गरिएका प्रतिक्रिया छन्। टङ्क ओझाले न्यूहिरा (नील) समाज उनीहरूकै होइन र? भनेर सोधेका छन्। तेस्रो लिङ्गीबाट संविधान सभाको पहिलो निर्वाचनमा एक जना समानुपातिक सदस्य नै थिए नि होइन र? उनको जिज्ञासामा उपाध्यायले ‘नेपालमा दल थियो र? विदेशमा रहेछन्’ भनेर जवाफ दिएका छन्।

पहिलो संविधान सभामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व सुनिलबाबु पन्तले गरेका थिए। दीपेश विक्रम सिंह ठकुरीले एलजीबीटीआईक्यूको दल मात्रै नभएर देश चलाउन सक्ने क्षमता भएको लेखेका छन्। ‘अरूको समुदायको बारेमा बोल्नु अघि अलि होस पुर्‍याउनुहोला, हाम्रो स्वतन्त्र भएर बाँच्ने हक छ,अरूको समुदायको जे सुकै होस किन आलोचना देखाउनु’उनले प्रतिक्रिया जनाएका छन्।

लहलहैमा हर्मोन र यौन अङ्ग प्रत्यारोपण नगर्न भुक्तभोगीले दिए सुझाव

उपाध्यायलाई नै एलजीबीटीक्यू दलको सभापति बनाउनु पर्ने प्रतिक्रिया पनि आएका छन्। अर्का एक जनाले उनको स्ट्याटसमा ‘पहिला पहिला नेपाली राजनीतिमा आलोचनाका लागि तेस्रो लिङ्गीको पार्टी भनेर भन्थे केही अबुझहरू र पाखण्डीहरूले, अब एउटा खुबै जान्ने पल्टिने नेपाल सरकारको पूर्व सचिव भनाउँदो कर्मचारी आएछ जसले व्यङ्ग्यात्मक रूपमा एलजीबीटी शब्द प्रयोग दलका लागि गर्याे। तर अपमान यो समुदायको लागि गर्याे, त्यस्ता नेता र यस्ता कर्मचारी भनाउँदा देशमा भएपछि दुख त सबैले पाउँछन् अझ पछाडि पारिएका समुदायले कति अपमान र चोट पाउँछन्। यी पुरातनवादी तत्त्वहरूले अरू केही पाउँदैनन् समुदायको मजाक उडाउन बाहेक?’ भनेर प्रतिक्रिया जनाएका छन्।

नेपालमा सन् २००१ देखि सुनिलबाबु पन्तको नेतृत्वमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचानसहितको हक अधिकारको अभियान सुरु भएको हो। पुरुष र महिला मात्रै हुँदैनन् भन्ने कानुनी रूपमा नै स्थापित गराउन पन्त सफल भए।

संविधानमा अधिकार लेखिएको छ, नागरिकता कानुनमा संशोधन भएको छ। यति मात्रै होइन २३ वर्षको सङ्घर्षको प्रतिफल पहिलो पटक नेपालमा पन्तकै नेतृत्वमा वैवाहिक समानताको हक स्थापित भएको छ। १२ असार २०८० मा सर्वोच्च अदालतले दिएको आदेश उल्लेख गरेर स्थानीय तहहरूले विवाह दर्ताको प्रमाणपत्र नै जारी गरेका छन्।

पछिल्लो समय पन्तको क्रियाशीलतासँगै समुदायका सदस्यहरूले स्वस्थ रहन सुझाव दिइरहेका छन्। लिङ्ग परिवर्तन र हर्मोन सेवन नगर्न सचेत गराउन थालेका छन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायकी सन्ध्या लामाले फेसबुकमा लेखिकी छन्,‘समयले मान्छेलाई कति खेर कुन मोडमा पुराउँछ त्यो कसैलाई पनि थाहा हुँदैन मलाई पनि थाहा थिएन म यो अवस्थामा आइपुग्छु भनेर,मानिसको सबैभन्दा ठुलो धन भनेकै स्वास्थ्य रहेछ। स्वास्थ्य छ भने सबै कुरा छ त्यसैले स्वास्थ्यको ख्याल राख्नुहोला हेलचेक्र्याइँ नगर्नु होला।’

व्यक्तिको स्वास्थ्य भन्दा अभियान रोकिने त्रास

हर्मोन क्लिनिकको संरक्षण किन?

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading