रुसी सेनामा मृत्यु : डिएनए परीक्षण गर्न सकस

रुसी सेनामा मृत्यु : डिएनए परीक्षण गर्न सकस

कन्सुलर विभाग र प्रहरीकोमा चक्कर मार्दा थप हैरानी

काठमाडौं : रुसी सेनामा मृत्यु भएका परिवारले सरकारको सहयोग नपाएको गुनासो गरेका छन्। सरकारले नगर्दा रुसी सेनामा मृत्यु भएका परिवारलाई डिएनए नमुना सङ्कलनमा समस्या परेको छ।

रुसी सेनामा मृत्यु भएकाहरूको शव पुष्टिका लागि रुसले डिएनए नमुना सङ्कलन गर्न नेपाललाई पत्राचार गरेपछि मृतका आफन्तहरू कन्सुलर सेवा विभागमा पुगे पनि कागज पत्र नमिलेको बहानामा फर्काइदिँदा थप पीडामा परेका छन्।

नमुना सङ्कलनका लागि छ/सात जनाको परिबार काठमाडौँ आई पुगे पनि कन्सुलर विभाग र प्रहरीकोमा चक्कर मार्दा थप हैरानीमा परेको गुनासो गरेका छन्।

आफ्नो परिवारको शव पत्ता लगाउन समेत गोलचक्करमा फसेपछि उनीहरू थप चिन्तित बनेका रुसी सेनामा कार्यरत र पीडितहरूसँग समन्वय गरिरहेकी कृतु भण्डारीले बताइन।

मस्कोस्थित नेपाली राजदूतावासले गत १ चैतमा कन्सुलर सेवा विभागलाई पत्र पठाएर १६ जनाको शव पहिचानका लागि परिवारका सदस्यको डिएनए नमुना सङ्कलन गर्न आग्रह गरेको छ। पछिल्लो समय थप १५ जना रुसी सेनामा कार्यरत नेपालीको मृत्यु भएको विवरण सार्वजनिक भएका छन्।

नवलपरासीका भीम बि.क., खोटाङका क्षितिज बस्नेत, दाङका जित बहादुर पुन मगर, तेह्रथुमका टिका बहादुर राना मगर, नेपालगन्ज चन्द्र प्रकाश जी.सी., अभिषेक बुढा मगर, मोरङका घन श्याम शाही, प्युठानका सुमेस सुनार, अछामका प्रेम बहादुर कठायत, ओखलढुङ्गाका खेम कुमार भुजेलको मृत्यु भएको छ।

रुसी सेनामा भर्ती भएका धनुषाका विमल कुमार गजमेर, नवलपरासीका प्रेम प्रकाश न्यौपाने, मोरङका विकास राई, मकवानपुरका विजय बहादुर थोकर र जित बहादुर घिसिङको पनि मृत्यु भएको छ।

रुसी सेनामा रहेकाहरूलाई करार अवधि रद्द गर्न रुस तयार रहेको सरकारको भनाई प्रति पनि पीडित परिवारले आपत्ति जनाएको छ। रुसी सेनामै भर्ती हुने बेला भर्नुपर्ने फारममै उक्त कुरा उल्लेख भएकाले पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा झुट बोलेको भण्डारीको आरोप छ।

भण्डारीसँगको थप कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित समाचार

नेपालीको अवस्था बुझ्न रुस जाने परराष्ट्रमन्त्रीको तयारी

रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु

माओवादी दबाबमा जागिर छोडे, रुसी सेनामा ज्यान गुमाए

युक्रेनी सेनाको बन्धक बनेका पाँच नेपाली सार्वजनिक

रुस र युक्रेनको सेनामा भर्ती भएका नेपालीलाई तत्काल फर्काउन कठिन

युद्धग्रस्त देशको सेनामा भर्ती, सरकार बल्ल अध्ययन गर्दै

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading