निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

महरा जस्तै गम्भीर बिरामी कैदीले पाउलान् राज्यको करुणा?

महरा जस्तै गम्भीर बिरामी कैदीले पाउलान् राज्यको करुणा?

196
SHARES

काठमाडौं : ‘राज्य निर्मम पनि हुन्छ, कठोर पनि हुन्छ, राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ।’ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख समेत रहेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा रिहा गरेपछि दिएको अभिव्यक्ति हो यो।

अत्यन्तै नाजुक स्वास्थ्य अवस्था भएका महरालाई हाजिरी जमानीमा छोडिएको कुरालाई अतिरञ्जित गर्न नपर्ने जिकिर गरे लामिछानेले।

सरकारी वकिलको कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ मा हिरासतमा रहेको व्यक्तिलाई छाड्न सक्ने व्यवस्था अनुसार हाजिरी जमानीमा रिहा गरेको बताएको छ। पक्राउ परेकै दिनदेखि नर्भिक अस्पतालमा भर्ना भएका महराले रिहा भएपछि पुन अस्पतालमै भर्ना हुन पुगेका थिए।

गृहमन्त्री लामिछानेले सत्तारुढ दल माओवादी केन्द्रका शक्तिशाली नेता महरामाथि करुणा देखाएको प्रस्टीकरण दिए। कुनै सर्वसाधारणमाथि लामिछानेले करुणा देखाएको भए वाहवाही पाउँथे होलान्।

कानुनको कुन दफा अनुसार छुटे महरा? के छ व्यवस्था?

तर, जसको बुई चढेर सत्ताको रसास्वादन गरिरहेका छन्, उही दलका शक्तिशाली नेतालाई करुणा देखाएर लामिछाने सुन तस्करी प्रकरणमा उठेका प्रश्नबाट उम्कने प्रयास गरिरहेका छन्।

देशभरका कारागारमा औषधी सेवन गरिरहेका गम्भीर बिरामीको सङ्ख्या करिब १ हजार छ। २८ हजार भन्दा बढी कैदी मध्ये करिब १ हजार कैदी गम्भीर स्वास्थ्य समस्याका कारण औषधी सेवन गरिरहेका तथ्याङ्क कारागार प्रशासनसँग छ। उनीहरूको औषधी उपचार सरकारले नै गर्दै आएको छ।

बिरामी भएकै आधारमा जेल मुक्त गर्न भने मिल्दैन। मेडिकल बोर्डले दीर्घ रोग लागेका, निको नहुने रोग लागेका कैदीबन्दीहरुलाई उपचार सम्भव छैन भनेर सिफारिस गरेमा प्रक्रियागत रूपमा कैद छुट पाएर नै रिहा हुने गरेको कारागार व्यवस्थापन विभागले बताएको छ। ‘तर, उपचारकै लागि भनेर जेल मुक्त हुने भन्ने कहीँ पनि छैन’विभागका एक अधिकारीले भने,‘नियममा, कानुनमा त्यस्तो छैन।’

महराले शक्तिशाली भएकै कारण राज्यको करुणा पाए पनि महरा जस्तै गम्भीर बिरामी कैदी बन्दीले राज्यको करुणा पाएका छैनन्। गृहमन्त्री लामिछानेले ‘महरालाई जस्तै करिब १ हजार कैदीबन्दीमाथि करुणा देखाउलान्?’ प्रश्न उठेको छ।

रवि काँग्रेससँग आक्रोशित, ठगी प्रमाणित गर्न चुनौती

समाचार शेयर गर्नुहोस्
196
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.