निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सर्वोच्चमा नक्कली शरणार्थी : पटकपटक स्थगित सुनुवाइ सुरु

सर्वोच्चमा नक्कली शरणार्थी : पटकपटक स्थगित सुनुवाइ सुरु

102
SHARES

काठमाडौं : सर्वोच्च अदालतले पटकपटक स्थगित नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सुरु गरेको छ। न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाइ सुरु भएको हो।

ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी मुद्दामा जेल परेका प्रतिवादीहरूको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।

काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा परेकाहरू पुनरावेदन निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए। उच्चबाट धरौटीमा रिहा हुने आदेश नपाएकाहरू बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्।

बन्दीप्रत्यक्षीकरणको रिटमा सुनवाइ भएर आजै आदेश आउन सक्ने सूचना अधिकारी घिमिरेले बताए। ‘सुनुवाइ भइरहेको छ, भरेसम्म आदेश आउन सक्छ,’उनले पहिचानसँग भने।

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणको बन्दीप्रत्यक्षीकरण मुद्दा पेशीमा चढे पनि तेस्रो पटकसम्म स्थगित भएको थियो। प्रतिवादी निलम्बित सचिव पाण्डे, रायमाझीका कानुन व्यवसायीको निवेदनका आधारमा सुनुवाइ स्थगित हुँदै आएको थियो।

सर्वोच्चमा पाण्डे, रायमाझी, सानु भण्डारी, डा. इन्द्रजित राई, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, केशवप्रसाद दुलाल, शमशेर मिया र आङटावा शेर्पा बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ भइरहेको हो। थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनु पर्ने माग रिट निवेदकहरूको छ।

सर्वोच्चमा शरणार्थी मुद्दा : दोस्रो दिन पनि सुनुवाइ स्थगित

नक्कली प्रकरणले थलिएको भुटानी मुद्दा, शरणार्थीभित्र पनि फाटो ल्याउने प्रयास

समाचार शेयर गर्नुहोस्
102
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.