राजतन्त्र फर्काउन ज्ञानेन्द्रको बुरुकबुरुक, दुर्गा प्रसाईँको अराजक अभिव्यक्ति

राजतन्त्र फर्काउन ज्ञानेन्द्रको बुरुकबुरुक, दुर्गा प्रसाईँको अराजक अभिव्यक्ति

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय राजतन्त्र फर्काउने अभियानमा लागेका छन्। देश दौडाहाका नाममा विभिन्न ठाउँमा पुगेका पूर्वराजा ज्ञानेन्द्रको बुरुकबुरुकले गणतन्त्रका नाममा लुटतन्त्र मच्चाएकाहरू तर्सिएका छन्।

ज्ञानेन्द्रले जुम्लाको खलङ्गामा आयोजित कार्यक्रममा सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाएर नयाँ समझदारी गर्न आवश्यक रहेको बताएका छन्। उनले भने,‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ।’

राजतन्त्रतर्फ लक्षित गदै शाहले राष्ट्रको पुरानो गौरव फर्काउन आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर कस्न देशवासीलाई आह्वानसमेत गरे। ‘आज देश कता जाँदै छ, तपाईँहरूलाई थाहै छ। हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरता तिर गइरहेका छौँ–आफ्नै भूगर्भ भित्र अथाह धन धान्य छ–तर खानका लागि काम खोज्न हामी भौतारिइ राखेका छौँ। कालिकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन? तर खै?,’ज्ञानेन्द्रले भने,‘अब हामी राष्ट्रको पुरानोगौरब फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ।’

उनले मुलुकमा अपार सम्पदा हुँदाहुँदै पनि परनिर्भरतातिर गइरहेको भन्दै आफ्नै भूगर्भभित्र अथाह धनधान्य रहेको जिकिर गरे। आफ्नो थातथलो छाडेर अन्यत्र बसाई सर्नुपर्ने र अर्को मुलुकमा गएर ताप पीडा खप्नुपर्ने अवस्थाको अन्य हुनुपर्नेमा पूर्वराजा शाहले जोड दिए।

अहिलेको राजनीतिक अस्थिरता र जनमानसमा देखिएको निराशातर्फ लक्षित गर्दै उनले देश कता जाँदै छ? भनेर सोधेका छन्। ‘आज देश कता जाँदै छ, तपाईँहरूलाई थाहै छ। हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरता तिर गइरहेका छौँ–आफ्नै भूगर्भ भित्र अथाह धन धान्य छ–तर खानका लागि काम खोज्न हामी भौतारिइ राखेका छौँ।’

प्रसाईँको अराजक अभिव्यक्ति

विवादास्पद छवि बनाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दाङमा भएको आमसभामा इलामको उपनिर्वाचन लक्षित अराजक अभिव्यक्ति दिएका छन्।

उनले पूर्वतिर अहिले चुनावको नाटक मञ्चन भइरहेको र यस्ता चुनावले जनतालाई केही पनि दिन नसक्ने भएकाले आफूले सुँगुर उठाउन लागेको उनले अराजक अभिव्यक्ति दिए।

इलामका उमेदवारहरुलाई लक्षित गर्दै प्रसाईँले सक्छौ भने उपनिर्वाचनमा हुने खर्चले लघुवित्त र सहकारीको ऋण तिरेर ती गरिबहरूलाई झुन्डिनबाट जोगाइदिन चुनौती दिए।

आफू नेपालका कुनै पनि शक्तिसँग नडराउने दाबी सुनाएका प्रसाईँले अर्को ठुलो काण्ड सार्वजनिक गर्न लागेको उद्घोष समेत गरे। मृत्युलाई समेत सँगै बोकेर हिँडेको बताउँदै उनले अब तस्करहरूको फिलिम नै देखाइदिने चेतावनी दिए।

व्यवसायी प्रसाईँले तस्करहरूलाई निशाना बनाउँदै भाषण गरिरहँदा सोही कार्यक्रममा सांसद गङ्गा चौधरीले भने गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठग भएको आरोप लगाएकी छन्।

आफू बच्न कै लागि लामिछाने गृहमन्त्री बनेको दाबी गर्दै सहकारी पीडितले कुनै पनि हालतमा न्याय नपाउने जिकिर गरिन।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भने कुनै पनि अपराधका घटनामा साना वा ठुलाले गरेको भनेर ढाकछोप गर्न नमिल्ने बताएका छन्। काठमाडौँमा भएको एक कार्यक्रममा महामन्त्री थापाले जुनसुकै पार्टीका भए पनि किर्ते र ठगी लगायतका घटनामा छुट नहुने बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading