निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सर्वोच्चमा नक्कली शरणार्थी प्रकरणका प्रतिवादीको मुद्दा हेर्दाहेर्दैमा

सर्वोच्चमा नक्कली शरणार्थी प्रकरणका प्रतिवादीको मुद्दा हेर्दाहेर्दैमा

108
SHARES

काठमाडौं : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ।

आरोपीले कम्फर्टेबल इजलास खोज्दा पटक पटक स्थगित हुँदै आएको रिटमाथि सर्वोच्च अदालतमा आइतबारबाट सुनुवाइ सुरु भएको हो।

सर्वोच्चका न्यायधीशद्धय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासमा सुरु भएको सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ। गत आइतबारदेखि निरन्तर पेशी तोकिँदै आए पनि सुनुवाइ हुन सकेको थिएन।

एक साता पछि बल्ल सुरु भएको सुनुवाइ नसकिएपछि इजलासले मुद्दा हेर्दा हेर्दैमा राखेको छ। सुनुवाइ अझै दुई तीन दिन लम्बिन सक्ने सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले बताए। नक्कली भुटानी शरणार्थी प्रकरणमा ११ थान निवेदन सर्वोच्चमा छन्।

सर्वोच्चमा नक्कली शरणार्थी : पटकपटक स्थगित सुनुवाइ सुरु

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेपछि पुर्पक्षका लागि थुनामै रहेका अभियुक्तहरूले उच्च अदालतको आदेश विरुद्ध सर्वोच्चमा बेरितको निवेदन दायर गरेका थिए।

उच्चको आदेशले थुनामै बस्नुपर्ने भएपछि अन्तिम विकल्पको रूपमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा, निलम्बित सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल र सन्देश शर्माको निवेदन पुगेको छ। त्यस्तै, सानु भण्डारी शमशेर मियाँ, गोविन्द कुमार चौधरी र सागर राई सर्वोच्च पुगेका छन्।

सर्वोच्चमा शरणार्थी मुद्दा : दोस्रो दिन पनि सुनुवाइ स्थगित

नक्कली प्रकरणले थलिएको भुटानी मुद्दा, शरणार्थीभित्र पनि फाटो ल्याउने प्रयास

समाचार शेयर गर्नुहोस्
108
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.