निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

फेरी नेपालमा टिकटक चल्ने, प्रतिबन्ध फुकुवा

फेरी नेपालमा टिकटक चल्ने, प्रतिबन्ध फुकुवा

154
SHARES

काठमाडौं : सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

तर टिकटक कम्पनीले नेपाल सरकारले राखेको सर्त स्वीकार गर्नुपर्ने सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

अघिल्लो सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। सरकारलाई पटक–पटक प्रतिबन्ध हटाइदिन लिखित रूपमै आग्रह गर्दै आएको टिकटकले पनि यसै साता नेपालका सर्तहरू मान्न तयार रहेको ब्यहोरासहितको पत्र सञ्चार मन्त्रालयमा बुझाएपछि प्रतिबन्ध फुकुवा गर्ने निर्णय वर्तमान सरकारले गरेको हो।

टिकटकले नेपालको सामाजिक सञ्जाल व्यवस्थापन इकाईमा सूचीकृत हुन र नेपालको कानुनको परिधिभित्र रहेर अघि बढ्न तयार रहेको प्रतिबद्धता जनाएको छ।

कुनै निश्चित सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदा गलत सन्देश जाने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमै केही दिन अघि टिकटक खुलाउने विकल्पमा अनौपचारिक छलफलसमेत गरेका थिए।

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको भन्दै गत वर्ष कार्तिक २७ गते प्रतिबन्ध लगाएको थियो। टिकटकमाथिको प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजिएको भन्दै प्रचण्ड सरकारको चर्को आलोचना समेत भएको थियो।

नेपाल सरकारले प्रतिबन्ध लगाएको भए पनि भीपीएन प्रयोग गरेर धेरै प्रयोगकर्ताहरूले टिकटक चलाइरहेका छन्। टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १४ वटा छुट्टाछुट्टै रिट दायर भएका थिए।

सम्बन्धित समाचार
सम्पादकहरूसँग प्रधानमन्त्री : सुरक्षा निकाय हाई अलर्टमै, टिकटक चलाउन दिने सङ्केत

टिकटक बन्द गर्ने निर्णयमा माओवादी चुप

किन बन्द भएन टिकटक?

चोर बाटोबाट ‘टिकटक’ चलाउँदा जोखिम

टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिटको चाङ

टिकटक प्रयोगकर्तामा छटपटी, थप अर्को रिट दर्ता

समाचार शेयर गर्नुहोस्
154
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.