ब्लु डायमन्ड सोसाइटीको सार्वजनिक सुनुवाइ जिरो, अनियमितताको उजुरीमा छानबिन जारी

ब्लु डायमन्ड सोसाइटीको सार्वजनिक सुनुवाइ जिरो, अनियमितताको उजुरीमा छानबिन जारी

काठमाडौँ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको नाममा खुलेका नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) लगायतका केही संस्था अपारदर्शी रूपमा सञ्चालन भएको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गत जेठ २८ को निर्णय अनुसार छानबिनमा परेका ब्लु डायमन्ड सोसाइटी, एफएसजीएमएन, मितिनी नेपाल, क्याम्पेन फर चेन्ज, क्रुज एड्स नेपाल, क्वयेर यूथ ग्रुपले सुशासन र पारदर्शिता कायम नगरेको पाइएको हो।

यी संस्थाहरूले सुशासन र पारदर्शिताको मुख्य इन्डिकेटर सोसल अडिट र पब्लिक हेयरिङ नै नगरेको पाइएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए। ‘मुख्य इन्डिकेटर नै हो सोसल अडिट र पब्लिक हेयरिङ,’ती अधिकारीले भने,’यी संस्थाहरूले गरेकै छैनन्।’

सरकारी निकाय एवं गैरसरकारी संस्थाहरूले सञ्चालन भएका भइरहेका सबै योजना, कार्यक्रमहरू तथा अन्य गतिविधिको सम्बन्धमा सरोकारवाला सबैसँग सार्वजनिक सुनुवाइ (पब्लिक हेयरिङ) गर्नुपर्ने व्यवस्था छ। पब्लिक हेयरिङ खुला, स्वतन्त्र, भय रहित, निर्धक्क र व्यवस्थित रूपमा सुनुवाइमा सहभागी हुनुपर्ने भनिएको छ।

सार्वजनिक प्रशासनलाई सुशासनयुक्त, पारदर्शी, जनमुखी, जबाफदेही, समावेशी तथा जनसहभागिता मुलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउने दायित्व र कर्तव्य नै ब्लु डायमन्डसहितका संस्थाले भुलेको पाइएको हो।

सार्वजनिक सुनुवाइ भनेको नियमित सेवा लिने सेवाग्राही, लक्षित समुदायमा सेवा प्रवाह गर्ने सेवा प्रदायक निकायलाई जबाफदेही बनाउँदै अधिकार प्राप्त अधिकारीबीचको सवाल, जवाफ नै हो।

ब्लु डायमन्ड सोसाइटीको अपारदर्शी यात्रा, अख्तियारले थाल्यो छानबिन

तर, ब्लु डायमन्डको नेतृत्वसँग सवाल,जवाफ गर्नेलाई कामबाट निकालिएको, समुदायका नाममा हुने कार्यक्रममा सहभागी नगराइएको, यातायातको सट्टा हवाई यात्रा गरिएको, संस्थाको कार्यसमितिबाट नेतृत्वको आलोचना गरेकै कारण हटाइएको, एउटा उद्देश्यका लागि प्राप्त अनुदान सहयोग अर्कै शीर्षकमा खर्च गरेर अनियमितता गरेको उजुरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायकै सदस्यहरूले दिए पछि अख्तियारले छानबिनको निर्णय गरेको हो।

सरकारले सुशासन र पारदर्शिताका सात/आठ वटा इन्डिकेटर बनाएको छ। सरकारको राष्ट्रिय नीति कार्यक्रमलाई गर्‍यो कि गरेन? तीनै तहको सरकारसँग समन्वय गर्‍यो गरेन? निर्धारित समयमा कार्य सम्पन्न भएको र भनेको बजेट खर्च भयो भएन? गरेको भए त्यहाँबाट के परिवर्तन आयो? त्यो परिवर्तन दिगो हुन्छ कि हुँदैन? भनेर अनुगमन मूल्याङ्कनका क्रममा हेरिने सरकारी अधिकारीले बताए।

अनुगमन मूल्याङ्कनका क्रममा ब्लु डायमन्ड सोसाइटी लगायतका संस्थाको कमजोरी पाइएको स्रोतले बताएको छ। ‘सोसल अडिट पब्लिक हेयरिङ, रिपोर्ट सेयरिङ, सुशासन भित्रै पर्छ,त्यो गरेको पाइएको छैन,’स्रोतले भन्यो,’ब्लु डायमन्ड सोसाइटी संस्थाको नेतृत्व दुई वर्षमा परिवर्तन गर्ने भनेर विधानमा भनिए पनि दुई दशक देखि एकै व्यक्ति रहेको पाइएको छ।’

संस्थाभित्र लैङ्गिक मैत्री गतिविधि छ कि छैन? बोर्ड लेबलमा लैङ्गिक मैत्री छ कि छैन? स्टाफ लेबलमा लैङ्गिक मैत्री छ कि छैन? सेवाग्राही लेबलमा छ कि छैन? भनेर पनि अनुगमन मूल्याङ्कन गरिने सरकारी अधिकारीले बताए। ‘यसरी हेर्दा जहाँनेर समस्या छ, जहाँ कैफियत देखिन्छ। कैफियत देखिएको ठाउँमा यो सम्बोधन यति समयमा गर्छु भनेर कमिटमेन्ट गरेको हुन्छ,’छानबिन गरिरहेको निकायका अधिकारीले भने,’सिरियस खालको प्रवलम भयो भने छुट्नै छानबिन समिति गठन हुन्छ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखि पठाएपछि ब्लु डायमन्ड सहितका संस्थाको छानबिन गर्न छुट्टै कमिटी गठन भएको छ। ‘त्यसमध्ये अहिले केही संस्थाहरू छानबिनमा छन्,’नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने,’सम्पत्ति शुद्धीकरण र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि हेरिरहेको छ। हामीले त्यहाँ कोअर्डिनेट गर्छौ। छानविनकै क्रममा रहेकाले संस्थाको नाम अहिले भन्न मिल्दैन।’

सम्बन्धित समाचारहरु :

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गरे प्रश्न : व्यवस्था बदलिए पनि अवस्था उस्तै किन?

अनुदान सहयोगको प्रयोजनबारे अमेरिकी दूतावासले गर्‍यो सोधखोज

नेपालको सर्वेका लागि भुटानमा छलफल, अर्थले रोक्यो २७ करोड

हर्मोन क्लिनिक सञ्चालन गर्न अमेरिकी अनुदान लिएको खुलासा

राम्री देखिन हर्मोन सेवन गरेका विपिनको कलिलै उमेरमा निधन

पिंकीको नगद उठाउने काइदा, शेयर बिक्री गर्ने कम्पनी गायब

व्यक्तिको स्वास्थ्य भन्दा अभियान रोकिने त्रास

स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट

लिङ्ग परिवर्तन गराउने धन्धाको संसदमा खैलाबैला, महिला बनेका पुरुष देखि तर्सिए सांसद

समलिङ्गी विवाह दर्ता गरेर इतिहास रचेका जोडीहरू आफ्नै समुदायको संस्थाबाट अपहेलित, संरक्षण दिनुको साटो तिरस्कार?

हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको विरोध गर्नेलाई धम्की

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.