निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कांग्रेसको सभापतिमा गगन, सङ्कटमा देउवाको सपना

कांग्रेसको सभापतिमा गगन, सङ्कटमा देउवाको सपना

गगनको सभापतित्वमा १३४ सदस्यीय कार्यसमिति चयन

74
SHARES

काठमाडौँ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको सभापतित्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गर्ने प्रक्रियामा पुगेको छ। शेरबहादुर देउवा सभापति रहेको केन्द्रीय समिति भङ्ग गर्दै विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने प्रक्रिया थालेको हो।

पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशन पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन गरेर सम्पन्न हुने निश्चित जस्तै देखिएको छ।

बहुमत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार बोलाइएको विशेष महाधिवेशनलाई सभापति देउवाले अस्वीकार गरेका थिए। उनले विशेष महाधिवेशन आयोजना गरेको आरोप लगाउँदै महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेका थिए।

तर, देउवा पक्षको केन्द्रीय समिति बैठकबाट कारबाहीमा परेका महामन्त्री गगन थापा नै दोस्रो विशेष महाधिवेशनबाट सर्वसम्मत नेपाली कांग्रेसको सभापति चयन हुने लगभग निश्चित भएको छ। नौ कक्षादेखि कांग्रेसको झन्डा उठाएका थापा अब सिङ्गो पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुग्ने तरखरमा छन्।

केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार विशेष महाधिवेशनले नयाँ नेतृत्व नै चयन गर्ने स्पष्ट सङ्केत पाएको अवस्थामा कुनै स्पष्टीकरणको मौका नदिई देउवा पक्षीय केन्द्रीय समितिले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।

कांग्रेस केन्द्रीय कार्यसमितिले २०८२ साल पौष ९ देखि २४ गतेसम्म विभिन्न मितिमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरूलाई अनुमोदन गरेको छ। पार्टीको उद्देश्य, नीति, आचारसंहिता वा विधान उल्लङ्घन भएको अवस्थामा जिल्ला वा प्रदेशबाट कारबाही नभए पनि केन्द्रीय कार्यसमिति वा केन्द्रीय अनुशासन समितिले जुनसुकै तहको अनुशासनात्मक कारबाही गर्न सक्ने व्यवस्था कायम गरिएको छ।

कारबाही गर्दा कसुरको गम्भीरताअनुसार सम्झाउने, चेतावनी दिने, निलम्बन वा निष्कासन गर्न सकिने र अपर्झट अवस्थामा सफाइको अवसर अनिवार्य नहुने व्यवस्था पनि पुनः स्पष्ट गरिएको छ।

केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसका केन्द्रीय पदाधिकारी, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यहरूले विधान उल्लङ्घन गरेको तथ्य विभिन्न माध्यमबाट कार्यसमितिसमक्ष आइपुगेको उल्लेख छ।

पार्टीको सिद्धान्त, नीति, विधान र आचारसंहिता विपरीत रहेको तथा पार्टीलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हानी पुर्‍याएको ठहर गर्दै आधारमा तत्काल लागू हुने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको छ।

केन्द्रीय कार्यसमितिले पछिल्ला दिनमा “तथाकथित विशेष महाधिवेशन” का नाममा आवेग र उत्तेजनामा आधारित अभिव्यक्ति तथा गतिविधि गर्नु वर्तमान सङ्कटकालीन राजनीतिक अवस्थामा जिम्मेवार पार्टी सदस्यका लागि शोभनीय नहुने ठहर गरेको छ।

पार्टीले त्यस्ता कार्यक्रममा सहभागी नहुन र सहभागी भइसकेकालाई यथाशीघ्र पार्टीको जिम्मेवारीमा फर्किन आह्वान गरेको छ। साथै, पार्टीको निर्णयअनुसार घोषणा गरिएको १५औँ महाधिवेशन सफल बनाउन र २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउने कार्यमा निरन्तर सक्रिय रहन सबै पार्टी सदस्यलाई आग्रह गरिएको छ।

विशेष महाधिवेशन पक्षधरहरूले भङ्ग भइसकेको केन्द्रीय समितिले कारबाही गर्नै नसक्ने जिकिर गरेका छन्। उनीहरूले कांग्रेसको चार तारे झन्डा र रुख चुनाव चिह्न विशेष महाधिवेशन पक्षधरसँगै रहेको दाबी पनि गरेका छन्।

कारबाहीमा परेका महामन्त्री गगन थापाले शेरबहादुर देउवाले कांग्रेसलाई निजी कम्पनीजस्तो बनाउने प्रयास गरेको आरोप लगाए।

उनका अनुसार विशेष महाधिवेशनले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भङ्ग गरिसकेको छ र असली कांग्रेस विशेष महाधिवेशन पक्षधर नै हो। यो जानकारी निर्वाचन आयोगमा दिइसकेको उनले बताए।

कांग्रेसमा अब आधिकारिकताको लडाइँ सुरु हुने सङ्केत देखिए पनि थापाले आधिकारिक कांग्रेस यही भएको दाबी गरेका छन्।

जेनजी आन्दोलनपछि सभापति देउवाले कांग्रेसलाई टेक्ने ठाउँसम्म नदिएको विशेष महाधिवेशन पक्षधरहरूको आरोप छ। प्रतिनिधिसभा निर्वाचनको मुखैमा देशको ठूलो पार्टी कांग्रेस अन्ततः विभाजनको स्थितिमा पुगे पनि थापाले कांग्रेस विभाजन नभएको दाबी गरेका छन्।

कारबाहीको जानकारी पाएपछि महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई निर्वाचन आयोगमा दर्ता गराउने तयारी भइरहेको बताए। उनले यो कदम कांग्रेस सुधार मात्रै नभई समग्र देश परिवर्तन गर्ने सङ्कल्पका साथ चालिएको बताए।

देउवाको हठ र पदलोलुपताले कांग्रेस सङ्कटमा

कांग्रेस आजको अवस्थासम्म आइपुग्नुको मुख्य जिम्मेवारी सभापति शेरबहादुर देउवाकै भएको विश्लेषण कांग्रेसभित्रै तीव्र बन्दै गएको छ। एकपटक पार्टी विभाजन गरिसकेका देउवाले समयको सङ्केत बुझ्न नसकेको आरोप पुरानै हो।

लगभग दुई दशकभित्र नेपाली कांग्रेसलाई दुई पटक विभाजनको डिलसम्म पुर्‍याउने पात्रका रूपमा इतिहासले देउवालाई चित्रण गर्ने आकलन सुरु भएको छ। यसअघि पनि देउवा पार्टी विभाजनमार्फत मूलधारबाट बाहिरिएका थिए।

यसपालि पनि विधानसम्मत बहुमतीय मागलाई दबाउने क्रममा उनी स्वयं पार्टीबाट अलग्गिने अवस्थामा पुगेको विश्लेषण भइरहेको छ। सानेपाको पार्टी कार्यालयको साँचो भए पनि सङ्गठन, मूल्य र भावनात्मक रूपमा कांग्रेस अब युवा प्रतिनिधिहरूकै पक्षमा रहेको दाबी विशेष महाधिवेशन पक्षधरसँग छ।

समयमै नेतृत्व हस्तान्तरण गरेको भए देउवाको राजनीतिक बहिर्गमन सम्मानजनक हुने धेरैको धारणा छ। तर, सत्ता र पदप्रतिको हठले देउवालाई आफ्नै पार्टीभित्र ‘जिल्लाराम’ बनाएको टिप्पणी कांग्रेस वृत्तमा खुला रूपमा हुन थालेको छ।

जेनजी आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्काले निर्णायक र बोल्ड निर्णय लिन नसक्दा ऐतिहासिक अवसर गुमाएको टिप्पणी पनि छ। विशेष महाधिवेशनले खड्कालाई नै सभापति मानेर चुनावमा जान सकिने प्रस्ताव अघि सारेको थियो।

तर, देउवालाई चिढ्याउने वा चुनौती दिने साहस नगर्दा खड्काले पार्टीको सभापति बनेर चुनावी कमान्ड सम्हाल्ने अवसर गुमाए। उनी न ‘पूर्ण’ देखिन सके, न ‘बहादुर’ नै,राजनीतिक रूपमा बिचमै अल्झिएको विश्लेषण भइरहेको छ।

कांग्रेसभित्र अहिले एक होइन, दुई जना सभापति हुने अवस्था सिर्जना भएको छ। देउवाले राजीनामा नदिएको र विशेष महाधिवेशनबाट गगन सभापति निर्वाचित हुने निश्चित जस्तै भएकाले कांग्रेसमा दुई जना सभापति हुने अवस्था सिर्जना भएको हो।

कार्यवाहक जिम्मेवारी सुम्पिए पनि सभापति नछोड्ने देउवाको हठ, सत्ता मोह र निरन्तर हस्तक्षेपले उनी पुनः त्यही पुरानो बिन्दुतिर पुगेको टिप्पणी भइरहेको छ, जहाँ उनले कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस गठन गरेका थिए।

फेरि चुनाव जितेर छैटौँ पटक प्रधानमन्त्री बन्ने देउवाको दीर्घकालीन सपना विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै चकनाचुर हुने सङ्केत देखिन थालेका छन्। माघे सङ्क्रान्तिको अघिल्लो दिन पार्टी फुटाएको अपजस बोकेका देउवाका लागि अब माघीको घिउ–चाकु पनि अमिलो बन्ने टिप्पणी राजनीतिक वृत्तमा गुन्जिन थालेको छ।

नवनिर्वाचन कार्यसमितिको अपडेट

१ केन्द्रीय सभापति गगन कुमार थापा
२ केन्द्रीय उपसभापति विश्व प्रकाश शर्मा
पुष्पा भुषाल
३ केन्द्रीय महामन्त्री प्रदिप पौडेल
गुरु राज घिमिरे
४ केन्द्रीय सह-महामन्त्री (महिला) डा. डिला संग्रौला पन्त
५ केन्द्रीय सह-महामन्त्री (दलित) प्रकाश रसाईली स्नेही
६ केन्द्रीय सह-महामन्त्री (आदिवासी जनजाती) बहादुर सिंह लामा
७ केन्द्रीय सह-महामन्त्री (खसआर्य) उदय शम्शेर राणा
८ केन्द्रीय सह-महामन्त्री (मधेशी) मुक्ता कुमारी यादव
९ केन्द्रीय सह-महामन्त्री (मुस्लिम) फर्मुल्ला मन्सुर
१० केन्द्रीय सह-महामन्त्री (थारु) योगेन्द्र चौधरी
११ केन्द्रीय सह-महामन्त्री (पिछडीएको) कर्ण बहादुर बुढा
केन्द्रीय सदस्य खुल्ला
गोपालमान श्रेष्ठ
ओमकार प्रसाद श्रेष्ठ
अर्जुन नरसिंह के.सी
राजेन्द्र कुमार के.सी.
अर्जुन प्रसाद जोशी
सुरेश कुमार योङ्या
चिनकाजी श्रेष्ठ
सुधिर सिवाकोटी
भरत शाह
मधु आचार्य
अमृत अर्याल
धुर्व वाग्ले
देवराज चालिसे
विनोद चौधरी
मोहन आचार्य
उज्वल बराल
जनक गिरी
देव प्रसाद तिमिल्सिना
अजय बाबु सिवाकोटी
प्रेम बहादुर खड्का
जयराम लामिछाने
बसन्त भट्टराई
प्रदिप शर्मा
जगत जोशी
प्रमोदहरी गुरागाई
डा. केदार नरसिंह के.सी.
विदुर बस्नेत
तिर्थ जंग शाही
भरत खड्का
सुवास पोखरेल
शम्भु बुढाथोकी
धर्मराज गौतम
टेकराज पौडेल
तिलक रानाभाट
राजेन्द्र गोपाल सिंह
केन्द्रीय सदस्य (महिला खुल्ला)
चम्पा देवी खड्का
धना खतिवडा
नानु बास्तोला
चिनु पोखरेल
जानकी सिंह
प्रतिमा गौतम
गिता सत्याल
सन्तोषी साउद ऐरी
दिल कुमारी राई
केन्द्रीय सदस्य (कोशी प्रदेश-महिला) सारदा देवी कोईराला
केन्द्रीय सदस्य (कोशी प्रदेश-खुल्ला) हिमालय कर्माचार्य
अग्नी पौडेल
केन्द्रीय सदस्य (मधेश प्रदेश-महिला) मधु शाही
केन्द्रीय सदस्य (मधेश प्रदेश-खुल्ला) रामानन्द यादव
बजरंग नेपाली
केन्द्रीय सदस्य (बागमती प्रदेश-महिला) उमा दाहाल
केन्द्रीय सदस्य (बागमती प्रदेश-खुल्ला) जितनारायण श्रेष्ठ
रमेश धमाला
केन्दीय सदस्य (गण्डकी प्रदेश-महिला) विष्णु देवी पाण्डे
केन्द्रीय सदस्य (गण्डकी प्रदेश-खुल्ला) रेशम बानिया
कृष्ण के.सी.
केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-महिला) पवित्रा कुमारी अर्याल
केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-खुल्ला) केशव आचार्य
राम बहादुर कार्की
केन्द्रीय सदस्य (कर्णाली प्रदेश-महिला) रााम देबि खड्का
केन्द्रीय सदस्य (कर्णाली प्रदेश-खुल्ला) दिक्पाल शाही
नारायण भट्टराई
केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-महिला) निपा चोख्याल
केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-खुल्ला) हिम बहादुर रावल
नरेन्द्र प्रसाद भट्ट
केन्द्रीय सदस्य (अपाङ्गता भएका खुल्ला) प्रकाश पन्थ
केन्द्रीय सदस्य (अल्पसंख्यक खुल्ला) शिवनारायाण सिं गनगाई
केन्द्रीय सदस्य (दलित-महिला) सिता मिजार
छायाँ सुनार
गंगा सुनार
लिला नेपाली
केन्द्रीय सदस्य (दलित-खुल्ला) मैकुलाल बाल्मिकी
शिव बहादुर सुनार
धर्म नेपाली दर्जी
सुर्य बि.क.
दिनेश सुनार
केन्द्रीय सदस्य (आदिवासी जनजाती महिला) सपनाराज भण्डारी
प्रमिला राई
मन कुमारी गुरुङ्ग
कुशुमदेवी थापामगर
लिलादेवी बोखिम लिम्बु
डा. अमिता प्रधान
छीन्दुल्होमु शेर्पा
केन्द्रीय सदस्य (आदिवासी जनजाती-खुल्ला) तारामान गुरुङ्ग
अस्टकुमार कबे
छन्द बहादुर पहराइ मगर
नगेन्द्र कुमाल
शम्भुलाल श्रेष्ठ
भिम श्रिष
नरेन्द्र केरुङ
दिपन श्रेष्ठ
केन्द्रीय सदस्य (खसआर्य-महिला) उमा सिवाकोटी
बाला अधीकारी
मुना भुषाल
इन्दिरा कार्की
विनिता खड्का
सम्झना खत्री
केन्द्रीय सदस्य (खसआर्य-खुल्ला) विजय स्वार
मथुरा घिमिरे
जगदिश चन्द्र उपाध्याय
विष्णु कुमार कार्की
विश्वनाथ रिजाल
केशव भेटुवाल
कमल भुषाल
केन्द्रीय सदस्य (मधेशी-महिला) अञ्जु झा
चन्द्रकला कुमारी यादव
गोमा अन्सारी
निलम साह
केन्द्रीय सदस्य (मधेशी-खुल्ला) राम पल्टन शाह
नागेन्द्र शाह
राधेश्याम पाठक
सनिल कुमार यादव
रामरुप प्रसाद
केन्द्रीय सदस्य (मुस्लिम-महिला) सनम वेगम
केन्द्रीय सदस्य (मुस्लिम-खुल्ला) अब्दुल रज्जाक गद्दी
अब्दुल सत्तार
केन्द्रीय सदस्य (थारु-महिला) नवोदिता चौधरी
सुनिता राना
केन्द्रीय सदस्य (थारु-खुल्ला) सुरेन्द्र प्रसाद चौधरी
गोपाल दहित
केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुल्ला) दिपक जंग शाह

समाचार शेयर गर्नुहोस्
74
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.