निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

महिलाका लागि मात्रै संचालन भएको गाडिमा तेस्रोलिंगी महिलाले पनि यात्रा गर्न पाउने

महिलाका लागि मात्रै संचालन भएको गाडिमा तेस्रोलिंगी महिलाले पनि यात्रा गर्न पाउने

993
SHARES

काठमाडौं (पहिचान) पुष २४ -समलिंगी तेस्रोलिंगी महिलाले महिलाका लागि मात्रै संचालन भएको गाडिमा यात्रा गर्न पाउने भएका छन् । पुष २० गतेदेखि काठमाडौंमा महिलाका लागि मात्रै संचालन भएको गाडिमा समलिंगी तेस्रोलिंगी महिलाले पनि सहज रुपमा यात्रा गर्न पाउने भएका हुन् । बागमती यातायात व्यवसायी संघका अध्यक्ष भरत नेपालले तेस्रोलिंगी महिलालाई महिलाका लागि मात्रै संचालन भएको गाडिमा यात्रा गर्न कुनै रोकावट नभएको वताए ।

तेस्रोलिंगी प्राकृतिक हुन् नेपालले भने, महिलाको गेटअपमा हुने तेस्रोलिंगीले सहज रुपमा महिलाका लागि मात्रै संचालन भएको गाडिमा यात्रा गर्न पाउँछन् । महिलाका लागि संचालन भएका ४ वटा गाडिमा तेस्रोलिंगीलाई आरक्षणको व्यवस्था भने नभएको अध्यक्ष नेपालले वताए । काठमाडौंको कलंकीदेखि कालिमाटी, त्रिपुरेश्वर, बानेश्वर, कोटेश्वर हुँदै कौशलटारबाट बालकोट र त्यहि रुटमा फेरी कलंकीसम्म महिलाले मात्रै यात्रा गर्न पाउने गाडि संचालन भएका छन् ।

पहिचान अनलाइनसँगको कुराकानीमा अध्यक्ष नेपालले महिलालाई मात्रै नभएर समलिंगी तेस्रोलिंगी महिलालाई पनि गाडिमा यात्रा गर्दा विभेद, दुरव्यवहार र हिंसा हुने गरेकाले चेतना जगाउन छुट्टै गाडि संचालन गरेको वताए । अध्यक्ष नेपालले तेस्रोलिंगी महिलाले महिला आरक्षण सिटमा बस्न पाइरहेको दावी समेत गरे । राज्यले नै तेस्रोलिंगीका लागि आरक्षण सिटको व्यवस्था गर्न निर्देशन दिए आफूहरु आरक्षण सिट राख्न तयार रहेको अध्यक्ष नेपालले वताए ।

अहिले धेरै चेतना बढिसकेको छ अध्यक्ष नेपालले भने, पहिचानका लागि आफू खुलेर आउनु पर्छ । उनले सार्वजनिक यातायातमा गर्नु पर्ने सुधारबारे सुझाव दिन समलिंगी तेस्रोलिंगीलाई आग्रह पनि गरे । समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले महिलाका लागि मात्रै संचालन भएको गाडिमा तेस्रोलिंगीले यात्रा गर्न पाउनु पर्ने माग गरेका थिए ।

नील हिरा समाजकी कायममुकायम निर्देशक मनिषा ढकालले महिलाका लागि मात्रै संचालन भएको गाडिमा समलिंगी तेस्रोलिंगी महिलाले पनि यात्रा गर्न पाउन खुशीको कुरा भएको वताइन । समलिंगी तेस्रोलिंगी माथि गाडिमा यात्रा गर्दा विभेद, दुरव्यवहार र हिंसा भइरहन्छ ढकालले भनिन्, अव हामी जस्ता तेस्रोलिंगी महिला माथि हुने विभेद, दुरव्यवहार र हिंसा केही कम हुन्छ होला । बागमती यातायात व्यवसायी संघका अध्यक्ष नेपालसँगको कुराकानी www.pahichan.com लगअन गरेर सुन्न सक्नु हुन्छ ।

समाचार शेयर गर्नुहोस्
993
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.