निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मन्त्रिपरिषद् बैठक : राष्ट्रपतिको जापान भ्रमण स्वीकृत, प्रहरी रासनमा १० प्रतिशत वृद्धि

मन्त्रिपरिषद् बैठक : राष्ट्रपतिको जापान भ्रमण स्वीकृत, प्रहरी रासनमा १० प्रतिशत वृद्धि

144
SHARES

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार जापान भ्रमणमा जान लागेका छन्। मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको जापान भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकारहरूलाई जानकारी दिँदै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लागेको बताए।

मन्त्री अर्यालका अनुसार राष्ट्रपतिको जापान भ्रमण माघ १८ गतेदेखि माघ २१ गतेसम्म रहनेछ।

मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीलाई उपलब्ध गराइँदै आएको रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय पनि गरेको छ। हाल प्रहरीले पाउँदै आएको रासन रकममा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरिएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले रासनबापतको वृद्धि गरिएको रकम फागुन १ गतेदेखि लागू हुने जानकारी दिए।

निर्णयअनुसार सबैभन्दा धेरै रासन भत्ता हुम्लामा कार्यरत प्रहरीले पाउनेछन्। हाल दैनिक आठ सय ६३ रुपैयाँ रासन भत्ता पाउँदै आएका हुम्लाका प्रहरीले अब ९ सय ५२ रुपैयाँ पाउनेछन्।

डोल्पामा कार्यरत प्रहरीले हाल ५१९ रुपैयाँ पाउँदै आएकोमा वृद्धि भई अब ५७३ रुपैयाँ पुगेको छ। झापामा कार्यरत प्रहरीले अहिलेसम्म १८० रुपैयाँ खाइपाई पाउँदै आएकोमा अब १९९ रुपैयाँ प्रतिदिन पाउनेछन्।

त्यसैगरी काठमाडौँ उपत्यकामा कार्यरत प्रहरीले हाल २०१ रुपैयाँ रासन भत्ता पाउँदै आएकोमा वृद्धि भई अब २२१ रुपैयाँ पुगेको छ।

प्रवक्ता काफ्लेले सशस्त्र प्रहरीले पाउँदै आएको सुविधा सरह अब नेपाल प्रहरीले पनि रासन भत्ता पाउने बताए।

समाचार शेयर गर्नुहोस्
144
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.