निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी महिला मृत फेला

समलिंगी महिला मृत फेला

986
SHARES

बाँके (पहिचान) चैत २ – बेलासपुरमा समलिंगी बिबाह गरेर बस्दै आएका दुई महिला मध्ये एक जना मृत अबस्थामा फेला परेकी छन् । एक बर्ष अघि नेपालगञ्जको बागेश्वरी मन्दिरमा बिबाह गरेका अन्दाजी २६ बर्षिया गीता मल्ल र अन्दाजी २२ बर्षिया सरिता शाही मध्ये सरिता मृत फेला परेकी हुन् ।

गीतालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले पक्रेको छ भने सरिताको शब पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पतालमा राखिएको छ । गीताले कोठामा सँगै सुतेका बेला सरिताले झुण्डिएर आत्महत्या गरेको प्रहरीलाई बताएकी छन् ।

दुई तीन दिनदेखि झगडा पर्दै आएको बताउने गीताले कोठामा आउँदा झुण्डिएको अवस्थामा देखेपछि बचाउन पासो खोल्दिदा लडेर निधारमा चोट लागेको बयान दिएकी जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुशील सिंह राठौरले पहिचान अनलाइनलाई वताए । मृतक सरिताको निधारमा चोट र घाटीमा सलको डाम देखिन्छ राठौरले भने, थप अनुशन्धान भइरहेको छ ।

समाचार शेयर गर्नुहोस्
986
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.