लैङ्गिकता शिक्षा

फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?

फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?

एजेन्सी : पृथ्वीमा रहेका प्राणीहरूमध्ये मानिस सामाजिक प्राणी हो। त्यसमा पनि लिङ्गका आधारमा महिला र पुरुष मात्रै हुन्छन् भन्ने मान्यता भनौँ वा एक प्रकारको विश्वास छ। आधुनिक समाज रूपान्तरण हुँदै गर्दा विश्वमा लैङ्गिक पहिचान र हक हितका लागि आवाज उठ्न थाल्यो।
जहाँ महिला र पुरुषसँगै तेस्रोलिंगी हुन्छन् भन्ने धेरै समय अगाडि देखि उठ्यो। समाजमा तेस्रोलिंगीको रूपमा समलिङ्गीको हक अधिकारका विषयले पनि प्रश्रय पायो। जसअनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका रूपमा आफ्नो हक अधिकारको माग गर्दै एलजीबीटीक्युआइ जन्म भयो।
सन् १९९० को दशकदेखि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका रूपमा समाजमा रहेका तेस्रोलिंगीको हक अधिकार सुनिश्चित गर्ने हिसाबले एलजीबीटीक्युआई प्रयोगमा आएको हो। नेपालमा सर्वोच्च अदालतले २०६४ साल पुस ६ गते तेस्रोलिंगीको पहिचान गर्दै समलैंगिकतालाई कानुनी मान्यता दिन आदेश दिएको थियो।
२०७२ मा जारी भएको नेपालको संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार नै लेखिएको छ। आजको आधुनिक समाजमा महिला पुरुष सरह तेस्रोलिंगी पनि समाजका अभिन्न अङ्ग हुन् भन्ने मानसिकताको विकास गर्न जरुरी छ। अझ तेस्रोलिंगी प्रति समाजमा हेर्ने दृष्टिकोण सहज नभएको अवस्था छ।
एलजीबीटीक्यूआई बालबच्चाहरूको हुर्काइमा विशेष ध्यान दिन अभिभावकहरूले महत्त्वपूर्ण भूमिका खेल्न आवश्यक छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको विषय अब कक्षा कोठामा, ट्रान्सजेण्डरलाई ‘देहान्तर’ भनेर पढाइने
घुलमिलको वातावरण र हुर्काइ पद्धतिमा पनि ध्यान दिई सहज वातावरण बनाउन अभिभावकले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ। जसले गर्दा भविष्यमा उनीहरूले स्वतन्त्र रूपमा समलैंगिकताका साथ खुलेर आफ्नो पहिचानलाई आत्मसात् गर्दै जीवन अगाडि बढाउन सकुन्। अभिभावकले तेस्रोलिंगीका रूपमा जन्मेका आफ्नो सन्तानलाई उत्तिकै माया स्नेह र पारिवारिक वातावरण दिन आवश्यक छ।
तेस्रोलिंगीका रूपमा जन्मेका सन्तानलाई सक्षम नागरिक बनाउन अभिभावकले निर्वाह गर्नुपर्ने भूमिका के के रहन्छन् त?
बालबच्चामाथि अभिभावकले आफ्नो विचार हाबी हुन नदिनुस् :

अभिभावकले आफ्नो बालबच्चासँग कुरा गर्दा आफ्नो कुनै विचार वा भाव राख्ने काम नगर्नुहोस्। कुनै कुरा उनीहरूले भावनाका रूपमा राखिरहेका छन् भने तपाइले आफ्नो प्रतिक्रियामा आफ्नो विचारबाट प्रतिरोध गर्ने काम नगर्नुहोस्। उनीहरूको भावनालाई सकारात्मक रूपमा लिँदै कदर गर्ने बानीको विकास गर्नुहोस्। तपाई जति उदार बन्नुहुन्छ त्यति नै तपाईँको बच्चाले तपाइसँग मित्रवत् रूपमा व्यवहार गर्छन् र साहसका साथ तपाईँलाई ऊसँग भएका हरेक कुराहरू शेयर गर्न रुचाउँछन्। तपाइप्रति पर्याप्त विश्वास गर्छन्। यौनिकताको आधारमा आएको परिवर्तनको खुलेर कुरा गर्न हिचकिचाहट गर्दैनन्।
आफ्नो बालबच्चालाई आफूसँग कुरा गर्ने अवसर दिनुहोस् :
आजको आधुनिक समाजमा घरमा हरेक सदस्य व्यस्त रहन्छन्। जसले गर्दा उनीहरूको कुरा सुनिदिने वा भनौँ भावना पोख्ने ठाउँ रहेको पाइदैन्। जसले गर्दा केही मात्रमा अभिभावक र बालबच्चाबिचको सम्बन्ध भावनात्मक रूपमा गाढा भएको पाइँदैन।
समलिंगी, तेस्रोलिंगी… यसरी बुझौं र बुझाऊँ
अझ तेस्रोलिंगीका रूपमा हुर्किँदै गरेका बालबच्चालाई सहज वातावरणमा हुर्काउनु र फरक छौँ भनेर महसुस गर्न नदिनु अभिभावकले खेल्ने सबैभन्दा ठुलो भूमिका हो। तसर्थ अभिभावकले आफ्ना बालबच्चाको क्रियाकलाप वा सामीप्यबाट उनीहरूको मनोभावनालाई बुझ्नु आवश्यक छ। उनीहरूसँग नजिकको साथीको रूपमा कुराकानी गर्नुहोस्।
केही नौलो आनीबानी देख्नुभयो भने आफ्नो बालबच्चासँग कुराकानी गर्नुहोस् र पहिचान गर्नुहोस् समलिङ्गी हो वा होइन भनेर। जब तपाइले खुलेर आफ्नो बालबच्चासँग बोल्नु हुन्छ तब न उसले तपाईँलाई आफूमा आएको परिवर्तनको बारेमा खुलेर भन्छ। तपाई एक अभिभावक त हुनुहुन्छ नै तर एक साथीको रूपमा पनि रहनुहोस्।
तेस्रोलिंगी हुनु प्राकृतिक देन हो भन्ने कुरा अभिभावकले बुझ्नु जरुरी छ :
तपाइसँग कुराकानीका क्रममा उसले आफ्नो फरक शैली आनीबानीको बारेमा भन्यो भने तपाईँले सहजै तिमी तेस्रोलिंगीको रूपमा छौँ भनेर त्यो कुरालाई सहजै स्वीकार गर्नुहोस्। तपाइले पनि यो बुझ्नुहोस् कि तेस्रोलिंगी हुनु प्राकृतिक देन हो न कि उसको इच्छा जसरी महिला र पुरुष शारीरिक बनावट वा हर्मोनको कारणले छुट्टिन्छ त्यसरी नै उनीहरू पनि एक तेस्रोलिंगी हुन भनेर बुझ्नुहोस्। उनीहरूलाई सहज वातावरण दिनुहोस्। उनीहरूको भावनालाई कदर गर्नुहोस्।
उनीहरूको यौनिकताको विषयलाई प्रचार वा पक्षपात गर्ने प्रयास नगर्नुहोस् :

जब आफ्ना बालबच्चा समलिङ्गीको रूपमा पाउनुहुन्छ भने साधारण रूपमा नै व्यवहार गर्न सिक्नुहोस्। उनीहरूलाई मेरो अभिभावक मेरो शारीरिक र मानसिक परिवर्तनप्रति निश्चित छन् भन्ने लागोस्। आफ्नो बालबच्चाको शारीरिक बनावटलाई लिएर अरूसँग तुलना गर्दै नगर्नुहोस्। जसले गर्दा उसले आफूलाई अपमानित महसुस गरोस्।
समाज समलिङ्गीको लागि अवश्य नै सहज भने छैन। समाजमा उनीहरूलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन। यद्यपि तपाई अभिभावक भएकोले सबैभन्दा नजिकको बुझ्न सक्ने क्षमता तपाईँमा नै हुन्छ। जति हामी उदारवादी बन्छौ त्यति नै उनीहरू खुलेर आफ्नो बिचारहरू राख्न सक्छन्। आफूलाई योग्य बनाउन सक्छन्। आमाबाबुले आफ्ना एलजीबीटीक्यूआई बच्चाहरूसँग कुनै पनि कुरामा विकल्प गर्न प्रोत्साहित गर्नुहुँदैन।
जसले गर्दा उनीहरूले आफूलाई फरक महसुस नगरी मानसिक रूपमा अझ सबल पाउन सक्छन्। जसका लागि समर्थन घरबाट नै सुरु हुन्छ। समलैंगिक वा समलैंगिक हुनु जीवन शैलीको सबैभन्दा सरल होइन। समाज अझै पनि यसलाई सहजै रूपमा स्विकार्ने भइसकेको छैन।

तसर्थ तपाईँको बच्चा यौनिकताका आधारमा फरक भए पनि उनीहरूलाई स्नेह, माया सम्मान र समर्थन दिनु एक आदर्श व्यक्ति बनाउनुको सबैभन्दा महत्त्वपूर्ण बाटो हो। तथ्याङ्कले के देखाएको छ भने लगभग २६ प्रतिशत महिला समलिङ्गी र २१ प्रतिशत पुरुष समलिङ्गीहरू उनीहरूको इच्छा विरुद्ध आफ्नो घर वा बस्ने स्थानबाट निकालिएका छन्। जस कारण उसले समाजमा आफूलाई घृणित पात्रको रूपमा चित्रण गर्ने मानसिकता लिन बाध्य हुन नपरोस्।
अनुकूल व्यवहार गर्ने तरिकालाई ऊर्जा दिनुहोस् र व्यवहार गर्ने अनावश्यक वा जोखिमपूर्ण तरिकाहरूलाई हटाउने प्रयास गर्नुहोस्। बदलिँदो परिवेशसँगै उनीहरूको यौनिकताका विषयमा पनि मार्ग निर्देशन गर्नुहोस्। समाजमा रहेको केही परिधिलाई चिर्न तपाई आफूबाट नै सुरुवात गर्नुहोस्। जसले भोलिको समाजमा सबैले सम्मानका साथ समानताका आधारमा बाच्न र आफ्नो हक अधिकारलाई सम्मानजनक रूपमा उपयोग गर्न पाउन्।
यसको अङ्ग्रेजी भर्सन पढ्न यहाँ क्लिक गर्नुहोला

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading