चौतर्फी आलोचना पछि डिल्लीले मागे माफी

चौतर्फी आलोचना पछि डिल्लीले मागे माफी

काठमाडौं : आफ्नो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भए पछि इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले माफी मागेका छन्।

अगस्ट १९ तारिख सन् २०२३ का दिन नेपालमा इन्ट्रा फाउन्डेसनद्धारा आयोजित ‘मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स’ को समापन समारोहमा दिएको अभिव्यक्ति गलत भएको भन्दै आयोजक संस्थाका संस्थापक अध्यक्ष अधिकारीले माफी मागेका हुन्।

उनले बोल्ने क्रममा त्रुटि भएको हुन सक्ने बताए। ‘पक्कै पनि बोल्ने क्रममा त्रुटि भए होलान्,तर त्यो विषयमा म एउटा समाजको भाइ थिए,समाजको एउटा सदस्य थिए,’उनले भने,‘हाम्रा अग्रज दाइहरू हुनुहुन्थ्यो, ज जसले यो विषयमा खण्डन गर्नु भएको छ, उहाँहरूले मलाई एक चोटि कल गरेर डिल्ली भाइ तपाईँले यहाँ अलिकति गल्ती भएछ नि, तपाईँले बोल्दा छुटेछ कति कुराहरू, गलत भएछ, यो कुरालाई सच्याउनु पर्‍यो, यसले भोलि गएर हाम्रो इतिहासमा धमिलो पन आउने हो कि? भन्दिएको थियो भने म काठमाडौँमा प्रेस मिट गरेर सच्याउने थिए।’

उनले आफूलाई केही नभनी सोसल मिडिया, सामाजिक सञ्जालमा विभिन्न किसिमका अभियोग लगाइएको बताए। ‘डिल्ली अधिकारी पैसाले मातिएको, पैसासँग तुलना गरेको, अज्ञानी मान्छे हो, डिल्ली अधिकारी ज्ञानको अभाव भएको मान्छे हो भनेर यसरी मान्छेको चरित्र हत्या गर्ने कामहरू उहाँहरूले जुन गर्नु भयो,’उनले भने,‘त्यो विद्धान र बुद्धिजीवी मान्छेले गर्ने काम होइन।’

उनले आफ्नो अभिव्यक्ति सानो कुरा भएको उल्लेख गरेका छन्। उनले अन्तरवार्तामा आफूलाई फोन नगरी विज्ञप्ति निकालेकोमा चित्त दुखाएका छन्। अधिकारी आफैँले भने फोन गर्ने प्रयास समेत गरेनन्।

‘मेरो भ्वाइस युनिभर्स’ मा विवादित अभिव्यक्ति, भुटानी शरणार्थीले जनाए आपत्ति

अधिकारीको नामबाट भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौड्याललाई धम्की दिइएको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा उजुरी नै परेको छ। अधिकारीले भने आफूले कसैलाई कुनै किसिमको धम्की नदिएको उल्लेख गरे।

अधिकारीको नेपाली भाषी भुटानीको ऐतिहासिकताबारे गरेको अपरिपक्व टिप्पणी प्रति भुटान पिपल्स पार्टी, ग्रेटर क्लिभल्यण्ड भुटानी समाज लगायतले विज्ञप्ति निकालेर आपत्ति जनाएका थिए।

डिल्लीको वक्तव्य र बिर्सनै नहुने ऐतिहासिक पक्षहरु

ऐतिहासिक प्रमाणहरूले स्वतः खारेज गर्ने अधिकारीको अपरिपक्व अभिव्यक्ति फिर्ता लिन नेपाल सहित तेस्रो देश पुर्नवास भएका भुटानी नागरिकले माग गरेका थिए। तर, अधिकारीले भने एक टेलिभिजन कार्यक्रमका सञ्चालकलाई अमेरिकाको घरमै बोलाएर आफ्नो भनाई गलत रहेको अन्तरवार्ता दिएका छन्।

‘सन १९७२ मा तत्कालीन राजा जिग्मे दोर्जीले नेपालबाट नेपाली भाषी भुटान लगेको र तीनै जनतालाई चौथो राजा जिग्मे सिङ्गेले लखेटेको’ भनेर अधिकारीले अभिव्यक्ति दिएका थिए। चौतर्फी आलोचना भएपछि उनले इतिहास बिगार्ने आफ्नो उद्देश्य नरहेको प्रष्टीकरण दिए।

भुटान पिपल्स पार्टीका अध्यक्ष पौड्याललाई २३ वर्ष अघि बुढाथोकी हत्या प्रकृतिकै धम्की

उनले इतिहास बिगार्ने सोचले नबोलेको भन्दै १६२० देखि नै नेपाली जाति भुटानमा बसोबास गर्दै आएको बताए। ‘समय कम्ती भएको, धेरै कुरालाई समेट्नु परेको कारणले गर्दा मैले प्रत्येक जुन विषय बोले, त्यो विषयलाई व्याख्या गर्ने समय पाइन,’उनले अन्तरवार्तामा भनेका छन्,‘स्रोतले सुन्दै गर्दा डिल्ली अधिकारीले इतिहासै बिगार्न खोजेको हो कि?, डिल्ली अधिकारीले यसरी बोलेको हो कि भनेर उहाँहरूले त्यसरी अर्थ लगाइदिनु भयो।’

उनले इतिहास बिगार्ने गरी आफूले नबोलेको पटकपटक दोहोर्‍याए। सदियौँदेखि भुटान देशको निर्माणमा समर्पित रहिआएको नेपाली भाषी भुटानीको इतिहास मेटाउने दुष्प्रयास नगर्न गरेको आग्रहलाई अधिकारीले एक टेलिभिजन मार्फत खण्डन गर्ने प्रयास नै गरेका छन्।

भुटान पिपल्स पार्टीका अध्यक्ष पौड्यालले दिए प्रशासनमा उजुरी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading