निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बालेनको अडानले जुद्ध सालिकमा रोकियो राष्ट्रपतिको सवारी

बालेनको अडानले जुद्ध सालिकमा रोकियो राष्ट्रपतिको सवारी

423
SHARES

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रा अवलोकन गर्न पैदल पुगेका छन्। राष्ट्रपति कार्यालयबाट गाडीमा गएका पौडेल जुद्ध सालिकदेखि हिँडेरै कुमारी घरसम्म पुगेका हुन्।

राष्ट्रप्रमुखलाई बग्गीमा राखेर लैजाने इन्द्रजात्रा व्यवस्थापन समितिको प्रस्तावमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले असहमति जनाएपछि पौडेलसहितका उच्च पदस्थ जुद्ध सालिकदेखि हिँडेरै जात्रा अवलोकनका लागि पुगेका हुन्।

इन्द्रजात्राको मुख्य दिन बिहीबार राष्ट्रपति पौडेलसहितका उच्च पदस्थले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गरेका छन्।

राष्ट्रपतिको सवारीमा बालेनको अडान

गत असारदेखि जुद्ध सालिकदेखि वसन्तपुरमा सवारी साधन प्रवेश निषेध गरिएकाले राष्ट्रपति पौडेल हिँडेरै गए। राष्ट्रप्रमुखलाई पैदल नलगी बग्गीमा लैजाने प्रस्तावमा बालेनले असहमति जनाएपछि रुट परिवर्तन गरेर कुमारी घरसम्म गाडीमा जाने तयारी राष्ट्रपतिको कार्यालयले गरेको थियो।

तर, अन्तिममा पौडेलको न रुट परिवर्तन भयो, न त बग्गीको नै व्यवस्था भयो। उनी हिँडेरै इन्द्रजात्रा अवलोकन गर्न बाध्य भए।

राष्ट्रप्रमुखको रूपमा पौडेलको यो पहिलो इन्द्रजात्रा अवलोकन हो। जात्रा अवलोकनका लागि पौडेलसहित उपराष्ट्रपति, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरू जुद्ध सालिकदेखि पैदल नै कुमारी घरसम्म पुगे। काठमाडौँ महानगर प्रमुख बालेनको अडानका कारण सवारी साधन प्रवेश निषेध गरिएको क्षेत्र निषेध नै रह्यो।

राष्ट्रपतिको सवारी गाडी कि पैदल?

इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। इन्द्रजात्रा अवधिभर विश्वले मान्ने जीवित देवी देवताहरू क्रमशः श्री कुमारी, श्री गणेश र श्री भैरवको तीन दिन रथमा रथारोहण गराइ नगर परिक्रमा गराइने परम्परा रहेको छ।

इन्द्रजात्राको अन्तिम दिन नानीचायाको दिनमा श्री कुमार, श्री गणेश, श्री भैरवको रथ स्थानीय महिला दिदी बहिनीहरूको नेतृत्वमा विगत १२ वर्षदेखि निरन्तर रथ तान्ने गरी मनाउँदै आएको छ।

इन्द्रजात्रालाई अझ बढी सुव्यवस्थित गर्नको लागि व्यवस्थापन अन्तर्गत रहने गरी विभिन्न उपसमिति गठन गरिएको समितिले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
423
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.