‘लिङ्ग पहिचान गरी एभोर्सन’

‘लिङ्ग पहिचान गरी एभोर्सन’

काठमाडौं : बालिकाबिरुद्धको हिंसा र बाल यौन दुव्र्यवहारबिरुद्धको घटना अझै भइरहेका छन्। समाजमा अझै बालक र बालिकाबीच विभेद गर्ने चलन छ।

कानुनी व्यवस्था भए पनि कानुनको प्रभावकारी कार्यान्वयनको अभाव र बाल अधिकार सचेतना र ज्ञानको अभावले लिङ्ग पहिचान गरी बालिका भए एभोर्सन गराउने गरेको घटनाहरू सुन्नमा आएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बताए।

‘समाजमा अझै बालक र बालिकाबीच विभेद गर्ने चलन छ,’मन्त्री आचार्यले भने,‘कानुनी व्यवस्था भए पनि कानुनको प्रभावकारी कार्यान्वयनको अभाव र बाल अधिकार सचेतना र ज्ञानको अभावले लिङ्ग पहिचान गरी बालिका भए एभोर्सन गराउने गरेको घटनाहरू सुन्नमा आउँछन्।’

बाल विवाह, बालश्रममा पनि बालिकाहरूको सङ्ख्या नै बढी भएको तथ्याङ्कहरू रहेको उनले बताए। ‘हराउने, बेचबिखन तथा ओसारपसारमा पर्ने पनि बालिकाहरू नै बढी देखिएको छ,’मन्त्री आचार्यले भने,‘यसको रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि विद्यमान कानुनी व्यवस्थाको कार्यान्वयन, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन, बाल अधिकार सचेतना, अभिवृद्धि समेतका लागि राज्यले लगानीको निरन्तरता र थप आवश्यक लगानी बढाउन मन्त्रालयका तर्फबाट थप सहयोग र सहजीकरण गरिनेछ।’

वैवाहिक अधिकारको आवरणमा हार्मोन बाड्ने क्लिनिक

मन्त्री आचार्यले बालिकाहरूको संरक्षण र संवर्द्धनमा राज्यले थप लगानी बढाउने प्रतिबद्धता व्यक्त गरे। काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय बालिका दिवस-२०२३ को अवसरमा उनले बालिकाबिरुद्धको हिंसा र बाल यौन दुव्र्यवहारबिरुद्धको घटना यदाकदा अझै भइरहेको बताए।

बालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी भन्ने नारासहित यस वर्ष अन्तर्राष्ट्रिय बालिका दिवस—२०२३ मनाइएको छ। बालिकाहरूको अधिकार संरक्षण र संवर्द्धन, सम्मानमा सबैले चासो दिन र गम्भीर हुन मन्त्री आचार्यले आग्रह गरे।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.