तीन दशकपछि बेलडाँगी शिविरमा मधुकरसँग दुई छोरीको पुनर्मिलन

तीन दशकपछि बेलडाँगी शिविरमा मधुकरसँग दुई छोरीको पुनर्मिलन

532
SHARES

काठमाडौं : भुटानका २९ वर्ष जेलजीवन बिताएका राजनीतिक बन्दी मधुकर मोङ्गरले बल्ल परिवारसँग पुनर्मिलन गर्न पाएका छन्।

सन् २०२३ मा चेमगाङ केन्द्रीय कारागारबाट रिहा भए लगत्तै भुटान प्रहरीले भारतीय सहर जयगाउँमा फालेका मोङ्गरसँग बेलडाँगी शरणार्थी शिविरमा परिवारले पुनर्मिलन गरेका हुन्।

भुटानी शासकको दमनविरुद्ध बोल्न आव्हान गर्दा मधुकरलाई सन् १९९२ मा पक्राउ गरिएको थियो। भुटानको निरङ्कुश शासन विरुद्ध बोल्दा जेल परेका मधुकर रिहा भएदेखि नेपालको बेलडाँगी शरणार्थी शिविरमा शरण लिए बसेका छन्। जेल परेदेखि बिछोडिएका आफ्ना छोरीहरूसँग मधुकरले शरणार्थी शिविरमा पुनर्मिलन गरे।

उनका दुई छोरीहरू, जो पक्राउ पर्दा नाबालिग थिए। लामो र पीडादायी प्रतीक्षा पछि उनीहरू पुनर्स्थापित देश, संयुक्त राज्य अमेरिकाबाट उनलाई भेट्न आए।

उनीहरूको यात्रा बुबाप्रतिको गहिरो र अटल प्रेमको प्रमाण भएको भुटानी राजनीतिक बन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले उल्लेख गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सेयर गर्दै कार्कीले,’उनीहरूमा उनीहरूको बुबाको रिहाइको भावनात्मक प्रभाव स्पष्ट थियो, किनकि उनीहरूले अन्ततः लगभग तीन दशक पछि उनलाई अँगालो हाल्ने मौका पाए,’लेखेका छन्।

कार्कीले सन् २०१९ देखि भुटानका जेलमा बन्दी बनाइएकाहरूको तत्काल विना सर्त रिहाइको माग गर्दै आएका छन्। कार्कीको पहलमा मधुकरलाई शरणार्थी शिविरमा बस्न र खानका लागि सहयोग समेत जुटाइएको थियो।

उनै मधुकरलाई जेल पर्दा नाबालिग रहेका छोरीहरूले अमेरिकादेखि आएर भेट गरेका हुन्। भुटानी राजाको निर्दयी व्यवहारका कारण मधुकर जस्ता ३५ जना राजनीतिक बन्दीलाई अझै पनि जेलमा कोचिएको छ।

उनीहरूको रिहाइका लागि कार्की नेतृत्वको अन्तर्राष्ट्रिय अभियानले दबाब मूलक गतिविधि सञ्चालन गर्दै आएको छ। तर, भुटानी राजाले टेरपुच्छर लगाएका छैनन्।

समाचार शेयर गर्नुहोस्
532
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.