एनआरएनए विवाद : मतदानमा त्रुटि देखिए पद छाड्ने

एनआरएनए विवाद : मतदानमा त्रुटि देखिए पद छाड्ने

काठमाडौं : नेपालबाट कुम्लो कुन्तुरो बोकेर विदेश जानेको विमानस्थलमा दैनिक भिड लाग्ने गरेको छ। सरकार विदेश जाने युवालाई रोक्ने विश्वासिलो नीति ल्याउन सकिरहेको छैन। यो वर्षको दशैंमा पनि विदेश जाने क्रम रोकिएन।

युवादेखि वृद्धवृद्धा समेत दशैं मनाउन विदेश पुगे। नेपालको राष्ट्रिय पर्व बडादशैं मनाएका तस्बिर सामाजिक सञ्जालमा पोस्ट भए, विदेशबाटै। परिवारका सदस्यलाई विदेश पठाएको जानकारी घरदेखि विमानस्थलसम्मको तस्बिर राखेर दिन सामाजिक सञ्जाल फेसबुकले उपयुक्त प्लेटफर्म बनेको छ।

हरि दाइ कि छोरी विदेश गइन। राम काकाको छोरा विदेश गए। गाउँ रित्तिँदै जान थालेका छन्। युवापुस्तामा देखिएको विदेश मोहले देश नै रित्तिँदै गएको छ। श्रम गर्न सक्ने शक्तिलाई विदेशको मोहमा पार्ने काम अहिलेसम्मका सरकारले गरिरहेका छन्।

मान्छे बिक्री गर्ने लाइसेन्स दिएको छ सरकारले। म्यानपावर कम्पनी, कन्सल्टेन्सीहरू एजेन्ट मार्फत नै विदेश पठाइरहेका छन्। रकम लिएको एजेन्ट अन्तिम समयमा सम्पर्कमा नआउँदा बडादशैंको फूलपातीको दिन थप पैसा म्यानपावरलाई बुझाएर एक व्यक्ति क्रोएसिया उडेका छन्। मिलीभगतमा लाग्ने भन्दा बढी रकम बुझाउन बाध्य बनाउँदा परिवार ऋणमा पर्ने गरेका छन्।

नेपाली नागरिक विश्वका विभिन्न देश पुगेका छन्। अध्ययनका लागि भनेर गएका अधिकांश स्वदेश फर्कदैनन। जुन देशमा पुगेको हो त्यही देशको नागरिक बनेर बस्न तयार हुन्छन्। ५९ देशमा रहेका यस्ता नेपाली नागरिकले सन् २००३ मा गैरआवासीय नेपाली सङ्घ नै खडा गरे। लामो समयको पहल पछि विदेशमा बसेका नेपालीले गैरआवासीय नागरिकता पाउने कानुन बनेका छ।

सङ्घ स्थापना भएको दुई दशकमा राजनीतिक बाहेकका अधिकार सहित गैरआवासीय नेपाली नागरिकता जारी भएको छ। सङ्घको पहलमा भएको नागरिकता पाउने व्यवस्थामा असन्तुष्टिहरू समेत व्यक्त भइरहेका छन्। नागरिकता निरन्तरताको आवाज उठिरहेको छ। राजनीतिक अधिकार समेतको माग भइरहेको छ।

नयाँ नेतृत्व चयनका लागि भएको एनआरएनएको सम्मेलनमा बाझाबाझ नै भएको छ। त्यही बाझाबाझले पूर्वमन्त्री रामकुमारी झाँक्री यति बेला चर्चामा छिन्।

एनआरएनएहरूको भाँडभैलोले आधिकारिकता विवाद

हरेक दुईदुई वर्षमा नयाँ नेतृत्व समेत चयन एनआरएनएमा पहिलो पटक अनलाइनबाट नेतृत्व चयन भएको छ। अघिल्लो कार्यकालमा चुनाव नै भएन। भागबन्डामा नेतृत्व चुनियो। यो पटक अनलाइनबाट मतदान भयो। तर, नतिजा प्रकाशनमा धाँधली भएको आरोप लाग्यो। उपाध्यक्षका उम्मेदवार केशव पौडेलको नेपालबाट शून्य मत आए पछि भएको विवादले समानान्तर समिति नै घोषणा भएको छ।

चुनावबाट निर्वाचित बद्री केसीले समानान्तर समिति घोषणा गर्नु कमजोरी रहेको बताएका छन्। उनले विवाद नगर्न आव्हान पनि गरेका छन्। उनले समानान्तर समिति घोषणा गरेका आरके शर्मा र महेश श्रेष्ठसँग संवाद गरेर छानबिन गर्न भनेका छन्। ‘विवाद नगरौँ, छानबिन गरौँ, छानबिनको नतिजा स्वीकार गरौँ,’अध्यक्ष केसीले पहिचानसँग भने,‘मैले अध्यक्षका प्रत्याशी दुवै उम्मेदवारसँग वार्ता गरिसकेको छु,उहाँहरूले प्रतिनिधि दिने बित्तिकै छानबिन समिति गठन हुन्छ।’


केशव पौडेलको नेपालबाट शून्य मत आएको विवाद तत्कालै समाधान भएको उनले दाबी गरे। उनले छानबिनबाट गडबड देखिए पद छोड्न तयार रहेको बताए। ‘आइटी विज्ञ दिनुहोस् भनेका छौँ, पहिलो बैठकले निर्णय गरेरै पत्र पठाएका छौँ,’उनले भने,‘छानबिनबाट गडबड देखाउँछ भने पद छोड्न तयार छु।’

पौडेलको शून्य मत आउनु प्राविधिक मिष्टेक भएको उनले बताए। स्पेलिङ भि र वि भएका कारण शून्य मत देखाए पनि पछि भेरिफाइ गर्दा पौडेलको नेपालबाट ३५६ मत देखिएको उनले बताए। ‘स्पेलिङ भेरिफाइमा भि र बि हुँदा मेसिनले चिनेन, त्यही भएर शून्य देखायो,’उनले भने,‘उहाँ (पौडेल)को १६ सय मत आएको छ, नेपालको मत ३५६ हो, उहाँ विजयी हुनु भएको छ।’

चुनावमा पराजितहरूले त्यही विषयलाई लिएर विवाद गर्नु जायज भए पनि छानबिन गर्नु पर्छ भन्नेमा सिङ्गो कार्यसमिति रहेको उनले बताए। उनले १५ दिनभित्र छानबिन सकिने उल्लेख गरे।

छानबिन गर्नका लागि उपविजेता महेश श्रेष्ठ र आरके शर्मासँग वार्ता गरेको उनले बताए। ‘छानबिन गर्न उहाँहरू पोजेटिभ हुनु हुन्छ,’उनले भने,‘अब बल उहाँहरूको हातमा छ।’ चुनावबाट निर्वाचित समिति नै आधिकारिक हुने भन्दै उनले आधिकारिकताको विवाद नरहेको बताए।

यो पनि
एनआरएनए सम्मेलन : उम्मेदवारी फिर्ता गराउन ५० लाखसम्म खर्च

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading