एनआरएनए सम्मेलन : उम्मेदवारी फिर्ता गराउन ५० लाखसम्म खर्च

एनआरएनए सम्मेलन : उम्मेदवारी फिर्ता गराउन ५० लाखसम्म खर्च

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ एनआरएनएको नेतृत्व चयनमा आर्थिक चलखेल भएको छ। विदेशमा रहेका नेपालीहरूको संस्था एनआरएनएको नयाँ नेतृत्व चयनमा मतदाता आकर्षित गर्नदेखि उम्मेदवारी फिर्ता गराउन लाखौँ रकमको लेनदेन भएको डेलिगेट्सहरुले बताए।

पाँच तारे होटेल सोल्टीमा भएको एनआरएनएको ११ औँ विश्व सम्मेलन तथा नयाँ नेतृत्व चयनका लागि भएको महाधिवेशन लेनदेनका कारण विवादित समेत बनेको छ। डेलिगेट्सहरुले फेसियल भेरिफिकेसन मार्फतको अनलाइन भोटिङ गरेका छन्। एनआरएनएमा ५९ देशका ४ हजार २२७ मतदाता थिए।

भोट हाल्न करिब ९ सय प्रतिनिधि उम्मेदवारकै खर्चमा नेपाल आएका छन्। उम्मेदवारहरूले भोट नखसालेसम्म खर्च बेहोरे पनि मतदान सकिएपछि वास्तै नगर्ने एक डेलिगेट्सले बताए।

कतिपयले भने सँगै ल्याएकालाई फिर्ता पनि लाने गरेका छन्। ‘अघिल्लो पटक त चुनाव नै भएन, भागबन्डामा अध्यक्ष लगायतका पदाधिकारी चयन भए,’एक डेलिगेट्सले भने,‘उम्मेदवारकै खर्चमा नेपाल आए पनि फर्कँदा वास्ता नै गर्दैनन्, आफ्नै खर्चमा फर्कनु पर्छ।’

एनआरएनए अध्यक्षबाट ब्याक भइन रबिना

एनआरएनए निर्वाचन समितिका अनुसार विभिन्न पदमा २३ जना भने निर्विरोध निर्वाचित भएका छन्। ४१ पदका लागि ९७ जना उम्मेदवार छन्। अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएको थियो। बद्री केसी, रबिना थापा, महेश श्रेष्ठ र आरके राजेन्द्रकुमार शर्माले उम्मेदवारी दिएका थिए।

अघिल्लो कार्यकालमा भागबन्डा गर्दा अध्यक्ष बनेकी रबिना थापाले भने मतदान सुरु हुँदै लाग्दा महेश श्रेष्ठलाई समर्थन गर्दै विज्ञप्ति निकालिन। उनले श्रेष्ठबाट ५० लाख रुपैयाँ लिएर उम्मेदवारी फिर्ता गरेको आरोप डेलिगेट्सहरुले लगाएका छन्। ‘चुनाव प्रचारमा १ करोड खर्च भएको छ, त्यतिकै किन छोड्छु भन्दै हुनुहुन्थ्यो,’डेलिगेट्सहरुले भने,‘कम्तीमा १५ लाख देखि ५० लाख लिनु भयो भन्ने छ।’

अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको थापाले विज्ञप्ति निकालेर जानकारी दिएकी थिइन्।

अध्यक्ष पदका उम्मेदवार श्रेष्ठ तथा उहाँको भिजन र एजेन्डाप्रति समर्थन जनाउने सम्पूर्ण साथीहरूलाई मतदान गरी विजयी बनाउन थापाले आह्वान नै गरेकी थिइन्। ‘मनोनीत होइन, निर्वाचित पहिलो महिला अध्यक्ष बन्छु’ भन्दै भोट मागेकी थापाले अन्ततः मोटो रकम लिएर मैदानबाट बाहिरिएको आरोप लागेको छ।

थापाले पनि यो प्रश्नको उत्तर दिएकी छैनन्। ‘५० लाख लिएर उम्मेदवारी फिर्ता लिनु भएको भन्ने हल्ला रैछ। कुरो के होला?’ उनले कुनै जवाफ दिइनन्।

एनआरएनएका डेलिगेट्सतर्फ लक्षित गर्दै बेलायत बस्दै आएका पुराना पत्रकार थानेश्वर सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा ‘आज पैसा फल्ने अन्तिम रात’ भन्ने जस्ता स्ट्याटस राखेर सोल्टीमा देखिएको लेनदेनका घटना प्रति व्यङ्ग्य गरेका छन्।

अस्ट्रेलिया बस्दै आएका अर्का पत्रकार हेमन्त काफ्ले पनि पैसाको चलखेल भएको स्ट्याटस लेखेका छन्। उनले एनआरएनएको नेतृत्वमा पुग्न दलाली गर्नेहरू प्रति लक्षित गरेका छन्।

‘कोही पैसा बाँडेर उठेँ, केही पैसा नपुगेर उठे, कोही बार्गेनिङमा उठे, कति रहरले उठे, कतै कहरमा सुते, समाज सेवामा मेवा पाइँदैन, झन्डालाई पनि पैसाको डन्डाले हानेपछि एनआरएनएको चुनाव यतिखेर मिक्स भेजी झैँ भएको छ,’काफ्लेले लेखेका छन्,‘नारान नागरिकता अध्यक्षले मात्र पाउने, अरूलाई अझै समय लाग्ने कस्तो व्यवस्था र हाम्रो अवस्था योग्यलाई भोट दलेलाई चोट।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading