निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भुटानी शरणार्थी मुद्दा : कानुन व्यवसायीको निवेदनले सुनुवाइ स्थगित

भुटानी शरणार्थी मुद्दा : कानुन व्यवसायीको निवेदनले सुनुवाइ स्थगित

561
SHARES

काठमाडौँ : भुटानी शरणार्थी मुद्दाको सुनुवाइ यो पटकको बिहीबार पनि स्थगित भएको छ। ठगी लिखत किर्ते राज्य विरुद्धको र सङ्गठित अपराधमा काठमाडौँ जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा दर्ता निवेदनमाथिको सुनुवाइ यो साताको बिहीबार पनि स्थगित भएको हो।

निवेदक सन्देश शर्माका कानुन व्यवसायी रमण श्रेष्ठले दिएको निवेदनका आधारमा यो साताको बिहीबार सुनुवाइ हुन नसकेको उच्च अदालत पाटनले जनाएको छ। ‘डेंगी सङ्क्रमण भएको र काबु बाहिरको स्थिति’ रहेको भन्दै श्रेष्ठले आज (बिहीबार) दिएको निवेदनका आधारमा अदालतले सुनुवाइ स्थगित गरेको छ।

लगाउको मुद्दा भएकाले शर्माका कानुन व्यवसायी श्रेष्ठले बिहान मुद्दाको सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए। न्यायाधीश गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा पेशी चढेको भुटानी शरणार्थी मुद्दा सुनुवाइ हुन सकेन।

उच्चमा नक्कली शरणार्थी मुद्दा : ‘कम्फर्टेबल’ इजलास खोज्दै प्रतिवादीहरू

दसैँ अगाडी २५ असोजमा पनि न्यायाधीश डाँगी र रेग्मीकै इजलासले लगाउको मुद्दा साथै राख्ने भन्दै सुनुवाइ स्थगित गरेको थियो। काठमाडौँ जिल्ल अदालतले दिएको आदेशविरुद्ध पुनरावेदन निवेदन दिएका केशव तुलाधरको कैफियत प्रतिवेदन त्यही दिन आएकाले लगाउको आदेश भएर सुनुवाइ स्थगित भएको थियो।

आज (बिहीबार) सम्म भुटानी शरणार्थी मुद्दा ६ पटक पेशीमा चढेको छ। २१ भदौमा केशवप्रसाद दुलालका कानुन व्यवसायी राजन भट्टराईले दिएको निवेदनका कारण सुनुवाइ स्थगित भएको थियो। न्यायाधीश दीपेन्द्र अधिकारी र सुभाष पौडेलको इजलासमा पेशी तोकिएको मुद्दाको सुनुवाइ स्थगित गर्न कानुन व्यवसायी भट्टराईले निवेदन दिएका थिए।

३२ साउनमा न्यायाधीश हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले सबैको पुनरावेदन निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश दिएको थियो।

पौडेल र पोखरेलको इजलासले नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा.ईन्द्रजित राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मिया, नरेन्द्र केसी र गोविन्द चौधरीको पुनरावेदनमाथि सुनुवाइ गर्दै एकै ठाउँमा राख्ने आदेश दिएको थियो।

नक्कली शरणार्थी : बिहीबार सबै आरोपीको एकमुष्ट सुनुवाइ

भुटानी शरणार्थी मुद्दाका प्रतिवादीहरूको दसैँ जेलमै

नक्कली शरणार्थी : सबैको पुनरावेदन एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश

नक्कली शरणार्थी : निवेदन बुझ्ने आदेश

नक्कली भुटानी शरणार्थी मुद्दा हेर्न नभ्याइनेमा

समाचार शेयर गर्नुहोस्
561
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.