नक्कली शरणार्थी : निवेदन बुझ्ने आदेश

नक्कली शरणार्थी : निवेदन बुझ्ने आदेश

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणको पुनरावेदन निवेदन उच्च अदालत पाटनको इजलास घुमेको घुमै छ।

अघिल्लो बिहीबार हेर्न नभ्याइनेमा परेको पुनरावेदन निवेदन त्यसअघि केशवप्रसाद दुलालका कानुन व्यवसायीले बिरामी भएको निवेदन दिएपछि सुनुवाइ रोकिएको थियो।

१८ भदौ बिहीबार निवेदन सुनुवाइका लागि पेशीमा चढे पनि इजलासले केशव तुलाधरको धरौटी आदेशको पुनरावेदन आए नआएको बुझ्नका लागि सुनुवाइ रोकेको छ।

काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा १५ लाख रुपैयाँ धरौटी माग्ने आदेश दिए पनि तुलाधर बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पनि संलग्न रहेको भन्दै पक्राउ गरेको थियो।

तुलाधरसँग धरौटी माग गर्ने आदेशविरुद्ध पुनरावेदन परे नपरेको हेरेर बुझ्ने आदेश न्यायाधीश श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको इजलासले दिएको छ।

नक्कली शरणार्थी : दुलालका वकिलको निवेदनले सुनुवाइ भएन

निवेदन परेकोमा त्यसलाई पनि साथै राख्ने भन्ने आदेश भएको उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए। ‘निवेदन परेर कैफियत माग्ने आदेश भएको रैछ भने त्यसलाई पनि अरू निवेदनहरूसँगै राखेर पेस गर्ने आदेश भएको छ,’प्रवक्ता भट्टराईले भने,‘प्राथमिकतामा नपरेको भन्ने होइन।’

उनले पुनरावेदन निवेदन हरेक हप्ता बिहीबार पेशीमा चढ्ने सुनाए। ‘हप्ताको एक दिन निवेदनलाई मात्रै छुट्ट्याएको हुन्छ,’उनले भने,‘अङ्ग पुगेका मुद्दा सबै त्यही दिन पेशी चढ्ने हुन्छ,त्यस्तो ढिलोढालो छैन।’

निर्वासनका अघिल्ला अध्यायहरु

भुटानी शरणार्थी स्व.भम्पा : एक अडान अनेक प्रश्न, निर्वासन अध्याय-२७

मृत्युदण्ड दिन ल्याइएको भनेपछि…निर्वासन अध्याय-२६

टेकनाथ रिजालको निर्वासन अध्याय-२५

नेपालको बन्दी बनेका टेकनाथ रिजाल, १० वर्षको भुटानी जेल यातना निर्वासन अध्याय -२४

टेकनाथ रिजालको निर्वासन अध्याय-२३

भुटान दरबारको कोप-भाजनमा परेका Teknath Rizal को निर्वासन अध्याय-२२

टेकनाथ रिजालको निर्वासन अध्याय-२१

टेकनाथ रिजालको निर्वासन अध्याय-२०

हालै रिहा भएका भुटानी राजबन्दी मधुकरको नयाँ जीवनका लागि अपिल, निर्वासन अध्याय-१९

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१८

नेपाली भूमिमा भुटानी शासकको चङ्गुलमा टेकनाथ : निर्वासन अध्याय-१७

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१६

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१५

नक्कली शरणार्थी : कैफियत प्रतिवेदनमा बिहीबार सुनुवाइ,निर्वासन अध्याय १४

निर्वासन अध्याय- १३

निर्वासन अध्याय-१२

नक्कली शरणार्थी : उच्च अदालतमा टेकनाथको निवेदन, निर्वासन अध्याय-११

नक्कली शरणार्थी प्रकरणका १७ जना उच्च पुगे, एक्लो पारिए टेकनाथ : निर्वासन अध्याय-१०

टेकनाथसँगै जेल पर्‍यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९

रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)

टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३

राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading