हालै रिहा भएका भुटानी राजबन्दी मधुकरको नयाँ जीवनका लागि अपिल, निर्वासन अध्याय-१९

हालै रिहा भएका भुटानी राजबन्दी मधुकरको नयाँ जीवनका लागि अपिल, निर्वासन अध्याय-१९

काठमाडौं : भुटानमा ३० वर्ष चार महिनाको श्रम कारावासपछि रिहा भएका भुटानी राजनीतिक बन्दी मधुकर मगरलाई आर्थिक सहयोगको लागि अपिल गरिएको छ।

विश्वव्यापी रूपमा परिचित भुटानी राजनीतिक कैदीहरू मध्ये एक हुन मधुकर मगर। भुटानको चेमगाङ केन्द्रीय कारागारमा ३० वर्ष चार महिनाको कठोर जेल सजाय पछि रिहा भएका उनलाई आफ्नो देशमा बस्न दिइएन।

उनी आफ्ना साथीभाइ र आफन्तलाई भेट्न कम्तीमा ३–४ दिन भुटानमै बस्न चाहन्थे। तैपनि, उनको अनुरोधलाई भुटान पुलिसले ठाडै अस्वीकार गर्‍यो र अमानवीय रूपमा भारतको जयगाउँमा फालिदियो। उनलाई भिडभाड भएको सहरमा नर्भस स्थितिमा एक्लै छोडियो।

झापाको बेलडाँगी शरणार्थी शिविर आएका उनको पहिचान प्रमाणित गर्न पर्याप्त कागजात नभएका कारण सुरुमा नेपाल प्रवेश गर्न दिइएको थिएन।

उनको रिहाइको खबर सुनेपछि बेलडाँगीमा बस्ने उनका साथी पूर्वराजनीतिक बन्दी दिलकुमार राई र बेलडाँगीका केही व्यक्ति पानीटँकी पुगे। शिविरबाट कागजपत्र देखाएर उनलाई नेपाल प्रवेश गर्न सघाए।

उनी अन्ततः ११ अगस्ट २०२३ मा बेलडाँगी शरणार्थी शिविर पुगे। तर उनले आफ्नी श्रीमती, आमाबुवा र छोराछोरी सबै संयुक्त राज्य अमेरिकामा पुनर्वासको लागि गएको पाए। सौभाग्यवश, उनले आफ्नो भाइको परिवार भेट्टाए र उनीहरूसँग आपत्कालीन आश्रय लिन थाले।

धेरै सङ्घर्षपछि उनलाई झुपडी बनाउनको लागि ठाउँ दिइएको छ। तर घर बनाउन र अन्य आवश्यक सामग्री किन्न उनीसँग पैसा थिएन। यसबाहेक, भुटानको जेलमा ३० वर्षभन्दा बढीको शारीरिक र मानसिक यातनाका कारण मगर स्वस्थ महसुस गर्दैनन्। पूर्ण स्वास्थ्य परीक्षण गर्न चाहन्छन्, तर उनीसँग त्यो सबै गर्न आर्थिक स्रोत छैन।

उनको दयनीय स्थितिलाई ध्यानमा राख्दै यो विषम परिस्थितिबाट बाहिर निकाल्न जसरी पनि सहयोग गर्नु आफूहरूको नैतिक दायित्व भएको भुटानी राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानले जनाएको छ।

नेदरल्याड्सको हेगमा रहेका अभियानका संयोजक राम काकीले सबै साथीहरू, शुभचिन्तकहरू र न्याय प्रेमी जनहरूमा जति सक्दो योगदान गर्न अपिल गरेका छन्।

कार्कीले निकालेको अपिलमा ‘उहाँको पीडा र क्षतिपूर्ति गर्न नसके पनि कम्तीमा उहाँको बलिदानप्रतिको माया, सम्मान र कदर देखाउन सक्छौँ’ भनिएको छ। मगरलाई भुटानी शरणार्थी शिविर बेलडाँगीमा नयाँ जीवन सुरु गर्नका लागि आर्थिक सहयोग गरिदिन कार्कीले अपिल गरेका हुन्।

कार्की अर्गनाइजर रहेको गो फन्ड मि डटकममा ५२३ डलर सहयोग जुटिसकेको छ। मगरको नयाँ जीवनका लागि ५ हजार डलर सङ्कलन गर्ने लक्ष्य राखिएको छ। सहयोग गर्न चाहनेका लागि कार्कीले लिङ्क समेत उपलब्ध गराएका छन्। जसमा सहयोग गर्नेहरूको नाम र सहयोग गरेको रकम सार्वजनिक गरिएको छ।

गो फण्ड मिको लिंक हेर्न यहाँ क्लिक गर्नुहोला।

भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल थुनामा परेको जेलबाट मगर ३० वर्ष पछि रिहा भएका हुन्। रिजाल १० वर्ष भुटानको जेलमा बन्दी बनेका थिए। भुटानी राजाको अत्याचारबाट बाँचेर सन् १९८९ मा नेपालमा शरण लिन आएका रिजाललाई तत्कालीन पञ्चायती सरकारले भुटान सरकारकै जिम्मा लगाएको थियो।

रिजाललाई नेपालको त्रिभुवन विमानस्थलमा ड्रुक एयर लिन पठाएर भुटान पुर्‍याएको सरकारले १० वर्ष जेल राखेको थियो। भुटानको जेलबाट रिहा भएर नेपालमा निर्वासित रिजाल अहिले नक्कली शरणार्थी मुद्दाको परिबन्दमा परेर नेपालको जेलमा पुगेका छन्।

निर्वासनका अघिल्ला अध्यायहरु

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१८

नेपाली भूमिमा भुटानी शासकको चङ्गुलमा टेकनाथ : निर्वासन अध्याय-१७

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१६

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१५

नक्कली शरणार्थी : कैफियत प्रतिवेदनमा बिहीबार सुनुवाइ,निर्वासन अध्याय १४

निर्वासन अध्याय- १३

निर्वासन अध्याय-१२

नक्कली शरणार्थी : उच्च अदालतमा टेकनाथको निवेदन, निर्वासन अध्याय-११

नक्कली शरणार्थी प्रकरणका १७ जना उच्च पुगे, एक्लो पारिए टेकनाथ : निर्वासन अध्याय-१०

टेकनाथसँगै जेल पर्‍यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९

रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)

टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३

राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading