रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)

रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)

काठमाडौं : भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालको अवस्थाबारे जानकारी लिएकोमा भुटानका राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानले धन्यवाद दिएको छ।

अभियानको अपिल अनुसार मानवअधिकारकर्मीहरूको टोलीले अघिल्लो साता केन्द्रीय कारागारमा पुगेर रिजालको अवस्थाबारे जानकारी लिएको थियो।

अभियानका संयोजक राम कार्कीले सामाजिक सञ्जालमार्फत मानवअधिकारकर्मीको टोलीलाई धन्यवाद दिएका हुन्। अभियानको अपिल अनुसार मानवअधिकारकर्मीले अवस्थाबारे जानकारी लिएपछि रिजालले भुटान फर्कन पाउने मागमा बल पुगेको कारागारमा पुगेका आगन्तुकहरूलाई बताउने गरेका छन्।

‘हाम्रो अपिललाई विचार गरी काठमाडौं कारागारमा टेकनाथ रिजालको स्वास्थ्य र अन्य अवस्थाको बारेमा जानकारी लिन लागि भ्रमण गर्नुभएकोमा म गहिरो प्रशंसा र धन्यवाद दिन चाहन्छु,’नेदरल्याण्डको हेगमा रहेको अभियानका संयोजक कार्कीले लेखेका छन्,‘रिजाल स्वस्थ हुनुहुन्छ र जेलमा उहाँको अवस्था सन्तोषजनक रहेको जानकारी पाउँदा खुसी छु।’

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस्

रिजाल नक्कली शरणार्थी प्रकरणमा नेपालका पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीसँगै काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जेल परेका छन्।

भुटानमा प्रजातन्त्र र मानवअधिकारको माग गर्दा १० वर्ष जेल परेका रिजाल दुई दशकदेखि नेपालमा निर्वासित जीवन बिताउँदै आएका थिए। रिजालले अदालतमा बयान दिँदा नक्कली शरणार्थी बनाउने काममा तत्कालीन मन्त्रिपरिषद् संलग्न भएको बताएका थिए।

७६ वर्षका रिजाललाई अन्य कैदी जस्तै राख्दा स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै अभियानले खाने बस्ने व्यवस्थामा कमी नगर्न नेपाल सरकारसँग आग्रह गरेको थियो। अभियानको आग्रह अनुसार रिजाललाई गुनासो नआउने गरी व्यवस्थापन गरिएको कारागार प्रशासनले बताएको छ।

निर्वासन पुस्तकका थप अध्यायहरु

टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३

राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading