भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

काठमाडौं : आधुनिक संसारका लागि सबैभन्दा ठुलो समस्या नै भ्रष्टाचार साबित भएको छ। संसारको कुनै यस्तो राष्ट्र छैन जो भ्रष्टाचारबाट जोगिएको होस्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका रिजालले भुटानमा भएको भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका थिए। उनले समितिमा रहेर छानबिन पनि गरे। तर, उनको छानबिन प्रतिवेदनमा दोषी देखिएकालाई उम्काउन तत्कालीन राजाले रिजाललाई नै जेल हाले।

भुटानमा १० वर्ष जेल परेर नेपालमा निर्वासित जीवन बिताएका रिजालले लेखेको निर्वासन पुस्तकमा भ्रष्टाचार छानबिनका केही तथ्य उजागर गरिएको छ। विकसित देशहरूमा भ्रष्टाचारका घटना हुने भए पनि ती देशमा सभ्यताको जरा गहिरो भएर संस्कृति पनि विकसित भएका कारण यस्ता रोगलाई नियन्त्रण गर्ने थरीथरी माध्यमहरू हुने रिजालले पुस्तकमा लेखेका छन्।

‘ती देशमा भ्रष्टाचार नियन्त्रणमा काम गर्ने छुट्टै निकाय र कानुन हुन्छन्। यसै कारण विकसित देशमा भ्रष्टाचारीहरू असामाजिक तत्वझै लुकेर र डराएर हिँड्ने गर्दछन् तर हाम्रोजस्तो अविकसित देशमा भ्रष्टाचारी पुलिस, प्रशासक र ठुलठुला अधिकारीझैँ निर्धक्क छाती फुकाएर हिँड्छन्,’निर्वासन पुस्तकमा रिजालले लेखेका छन्,‘त्यसैले पनि भ्रष्टाचारसम्बन्धी हाम्रो जिम्मेवारी चुनौतीपूर्ण थियो। छानबिन कहाँबाट सुरु गर्ने र कहाँ पुर्‍याएर अन्त्य गर्ने यो निकै कठिन विषय थियो।’

समितिमा थिए रिजाल। यस गम्भीर विषयमाथि छलफल आरम्भ गरे। दरबारबाट शक्ति पाएका अधिकारप्राप्त अधिकारी, ठुलाठालु प्रशासक, सेना र प्रहरीका उच्चपदस्थ कर्मचारीबाट सुरु भयो छानबिन। यो छानबिनको दायरामा जिल्लाका जोङदा एवं नाम चलेका ठेकेदार पर्ने सम्भावना समितिले लगायो। छानबिनको क्रम अघि बढाउँदै जाँदा कहाँसम्म पुग्नु हो समिति स्वयं अनुमान गर्न सक्दैनथ्यो।

देशका निकै बलिया र सम्मानित भनिइने मानिसका विरुद्ध कारबाही प्रारम्भ गर्दा खतरा पनि कम थिएन। तर हामी एउटै कुरामा विश्वस्त थियो, त्यो विश्वासको स्वयं राजा हुनुहुन्थ्यो। हामीले विश्वास गरेका थियौ, देशमा व्याप्त भ्रष्टाचारबाट राजा स्वयं चिन्तित हुनुहुन्छ। त्यसैले छानबिन समितिका मानिसको सुरक्षा ग्यारेन्टी उहाँबाट हुनेछ। हुन पनि समितिका मानिसलाई राजाले भन्नुभएको थियो– छानबिनका क्रममा जोसुकै दोषी देखिए पनि कठोर सजाय दिइनेछ।

राजाको निर्देशन एवम् आश्वासनलाई आधार मानेर छानबिन गर्‍यो समितिले। छानबिनमा जिल्लाका अधिकांश जोङदा, मन्त्रालयका उच्चस्तरका पदाधिकारी, सेना र प्रहरीका हाकिम न्यायालयका न्यायाधीश, कतिपय मन्त्री र राजदरबारका नातेदारसमेत भ्रष्टाचारको दहमा चुर्लुम्म डुबेका पाइए। राजाका बालककालदेखिका अत्यन्त निकट मानिएका मित्रहरूसमेत भ्रष्टाचारको अपराधमा संलग्न भएको पाएर स्तब्ध भएको रिजालले निर्वासन पुस्तकमा लेखेका छन्।

निर्वासन पुस्तकको अध्याय-४

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading