"/>

नक्कली शरणार्थी : उच्च अदालतमा टेकनाथको निवेदन, निर्वासन अध्याय-११

नक्कली शरणार्थी : उच्च अदालतमा टेकनाथको निवेदन, निर्वासन अध्याय-११

काठमाडौं : काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी मानवअधिकारबादी नेता टेकनाथ रिजाल उच्च अदालत पाटन पुगेका छन्।

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको १ असारको आदेशमा केन्द्रीय कारागार जगन्नाथदेबल चलान भएका रिजाल आदेश आएको ५३ औँ दिनमा उच्च अदालत पाटन पुगेका हुन्।

भुटानी राजाको अत्याचारमा परेर देश निकाला भएका नागरिकको स्वदेश फिर्तीको अभियान चलाउँदै आएका रिजाल नक्कली भुटानी शरणार्थी मुद्दामा ४ जेठमा पक्राउ परेका थिए।

रिजालको निवेदन दर्ता भएको र मङ्गलवार नै एकल इजलासमा सुनुवाइ हुने अदालतका रजिस्टार ठगिन्द्र कट्टेलले जानकारी दिए। ‘सोमबार निवेदन दर्ता भएको छ,’कट्टेलले पहिचानसँग भने,‘मङ्गलवार एकल इजलासमा सुनुवाइ हुनेछ।’

रिजालको निवेदनमा सुनुवाइ भएर कैफियत प्रतिवेदन मगाउने आदेश हुने उच्च अदालत पाटनले जनाएको छ।

रिजालले ‘मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम बेरितको थुनछेक आदेश बदर गरी उपयुक्त आदेश गरिपाऊँ’ भन्दै उच्च अदालतमा निवेदन दर्ता गरेका हुन्।

रिजालसँगै नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर राय, निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, पूर्व सभासद् आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शमशेर मिया र हरिभक्त महर्जन थुनामा छन्।

पुर्पक्षका लागि थुनामा रहेका १६ जनाको निवेदन उच्च अदालत पाटनमा दर्ता भइसकेको छ। धरौटीमा रिहा भएका लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङले पनि उच्च अदालतमा निवेदन दिएका छन्। महर्जनलाई ५ लाख र गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको थियो।

रिजालले धरौटीमा या सामान्य तारेखमा बाहिर निस्कने न्यायिक सुनुवाइ पाउन नसके पनि शरणार्थी शिविरमा रहेका ६ हजार भुटानी नागरिकको पक्षमा बोलिरहने बताएका छन्। उनले परिबन्द, परिपन्च र षडयन्त्र आफ्ना लागि स्वीकार्य नहुने बताएका छन्।

निर्वासनका अरु अध्याय

नक्कली शरणार्थी प्रकरणका १७ जना उच्च पुगे, एक्लो पारिए टेकनाथ : निर्वासन अध्याय-१०

टेकनाथसँगै जेल पर्‍यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९

रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)

टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३

राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.