मृत्युदण्ड दिन ल्याइएको भनेपछि…निर्वासन अध्याय-२६

मृत्युदण्ड दिन ल्याइएको भनेपछि…निर्वासन अध्याय-२६

काठमाडौं : भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल चार महिनादेखि नेपालको जेलमा राखिएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा रिजाल पक्राउ परेर जेल पुगेका हुन्। गत ४ जेठमा पक्राउ परेका रिजाल हाल केन्द्रीय कारागार जगन्ननाथदेबल सुनधारामा राखिएका छन्।

उमेरले ७६ वर्ष पुगेका रिजाल दुई दशकदेखि नेपालमा शरणार्थी जीवन बिताउँदै आएका थिए। भुटानी राजाको अत्याचारमा परेर देश निकालिएका नागरिकको स्वदेश फिर्तीको अभियान चलाउँदै आएका रिजाल नेपाली नागरिकलाई नक्कली भुटानी बनाउने प्रकरणमा मुछिएको प्रतिवादीहरूको बयानका आधारमा जेल पुगे।

काठमाडौं जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागि थुनामा रहेका रिजाललाई तत्कालीन पञ्चायती सरकारले भुटानको जिम्मा लगाएको थियो। नेपालबाट भुटान लगिएको रिजाल १० वर्ष जेल परेका थिए।

जेलमुक्त भएपछि पुन नेपाल नै आएका रिजालले शरणार्थी शिविरमा रहेका भुटानी नागरिकको स्वदेश फिर्ती अभियानमा नेपाल र भारतले भुटानसँग वार्ता गर्नु पर्ने माग गर्दै आएका थिए।

तर, अहिले उनी आफैँ नेपालको जेलमा बन्दी बनेका छन्। तत्कालीन समयमा नेपालबाट पक्राउ गरेर भुटान पुर्‍याउँदा रिजालले ‘आखिर नेपाल सरकारले मलाई पक्राउ गरेर भुटान सरकारसमक्ष किन सुम्पियो?’ भनेर प्रश्न गरेका थिए। उनलाई नेपालबाट पक्राउ गरेर भुटान पुर्‍याएको बेला भारतमा राजीव गान्धी प्रधानमन्त्री थिए भने नेपालमा वीरेन्द्र राजाको शासनकाल थियो।

भुटानी प्रधानमन्त्री लोटेको दाबी, नेपालसँग सैद्धान्तिक रूपमा छलफल भइरहेको छ, हाम्रा मान्छे छन् भने ल्याउँछौ

उनले जेल मुक्त भएर नेपालमा निर्वासित जीवन बिताउँदै गर्दा लेखेको निर्वासन पुस्तकमा ‘नेपाली जाति कुन हदसम्म देशप्रति प्रेम गर्छन् र राजतन्त्रप्रति आस्थावान् छन् भन्ने गहिराइमा नपुगी यदि म र ल्होत्साम्पा समुदायप्रति नेपाल सरकारले धारणा बनाएको थियो र मलाई भुटान सरकार समक्ष सुम्पेको हो भने यो नेपालको ठुलो कूटनीतिक भूल थियो’ भनेका छन्।

राबुना जेलमा तेञ्जोलिङका वीङ कमान्डरले भनेको कुरा रिजालले निर्वासन पुस्तकमा लेखेका छन्। ‘मृत्युदण्ड दिन भनेर तपाईँलाई यहाँ ल्याइएको तपाईँलाई थाहा हुनुपर्ने हो त, राजाबाट मृत्युदण्डको दिन तोकिएपछि तपाई मर्नु हुनेछ, कृपया भगवान्को नाम जप्नोस् र शान्त भएर बस्ने गर्नोस्’रिजालले कमान्डरले भनेको कुरा पुस्तकमा लेखेका छन्।

राबुना जेलका कैदीलाई वनभोज गराएपछि रिजालले त्यसलाई आफ्नो निर्वासन पुस्तकमा ‘आफ्नै सरकारले बर्बर व्यवहार गरेका बेला सात समुद्र पारिका मानिसले मेरो जीवन रक्षका लागि मद्दत गरेको थाहा पाएर मेरा गह आँसुले भरिएका थिए’ लेखेका छन्।

राजपरिवारका सदस्य समेत रहेका गेसार नाम्ग्याल जस्ता व्यक्तिको दबाब बढ्दै गयो र जीवनको सुरक्षा समेत नहुने देखेर भूमिगत जीवन बिताउन हिँडेको चाहिँ सत्य भएको रिजालले लेखेका छन्।

राजाबाट क्षमादान पाएर जेल मुक्त हुन लाग्दा राजाका प्रतिनिधि कर्मा शेर्पामार्फत रिजालले ‘कसरी मलाई अपहरण गरेर ल्याइयो? कुन ढङ्गले मलाई यातना दिइयो? जेलमुक्ति पछि मेरो सुरक्षाको जिम्मा कसले लिन्छ?’ प्रश्न गरेका थिए।

निर्वासनका अघिल्ला अध्यायहरु

टेकनाथ रिजालको निर्वासन अध्याय-२५

नेपालको बन्दी बनेका टेकनाथ रिजाल, १० वर्षको भुटानी जेल यातना निर्वासन अध्याय -२४

टेकनाथ रिजालको निर्वासन अध्याय-२३

भुटान दरबारको कोप-भाजनमा परेका Teknath Rizal को निर्वासन अध्याय-२२

टेकनाथ रिजालको निर्वासन अध्याय-२१

टेकनाथ रिजालको निर्वासन अध्याय-२०

हालै रिहा भएका भुटानी राजबन्दी मधुकरको नयाँ जीवनका लागि अपिल, निर्वासन अध्याय-१९

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१८

नेपाली भूमिमा भुटानी शासकको चङ्गुलमा टेकनाथ : निर्वासन अध्याय-१७

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१६

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१५

नक्कली शरणार्थी : कैफियत प्रतिवेदनमा बिहीबार सुनुवाइ,निर्वासन अध्याय १४

निर्वासन अध्याय- १३

निर्वासन अध्याय-१२

नक्कली शरणार्थी : उच्च अदालतमा टेकनाथको निवेदन, निर्वासन अध्याय-११

नक्कली शरणार्थी प्रकरणका १७ जना उच्च पुगे, एक्लो पारिए टेकनाथ : निर्वासन अध्याय-१०

टेकनाथसँगै जेल पर्‍यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९

रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)

टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३

राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading