निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नक्कली भुटानी शरणार्थी मुद्दा हेर्न नभ्याइनेमा

नक्कली भुटानी शरणार्थी मुद्दा हेर्न नभ्याइनेमा

337
SHARES

काठमाडौं : नक्कली भुटानी शरणार्थी मुद्दा बिहीबार पनि हेर्न नभ्याइनेमा परेको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर रकम असुल गरी अमेरिका पठाउन रचिएको अपराधमा जेल पुगेकाहरूको पुनरावेदन निवेदन हेर्न नभ्याइनेमा परेको हो।

न्यायाधीश ध्रुवराज नन्द र राज्यलक्ष्मी बज्राचार्यको इजलासमा परेको पुनरावेदन निवेदन हेर्न नभ्याइनेमा परेको उच्च अदालत पाटनले जनाएको छ।
२१ भदौ बिहीबार निवेदक पक्षका कानुन व्यवसायीले मुद्दाको सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न दोस्रो तहका हाइप्रोफाइलहरु काठमाडौं जिल्ला अदालतको आदेशमा जेल चलान भएका छन्।

प्रतिवादी पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, निलम्बित पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित १९ जना मात्रै पक्राउ परेका छन्। प्रतिवादी ३० मध्ये अझै ११ जना फरार छन्। पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक पनि फरार सुचीमा छन्।

संसद्को लबीमा ‘बादल’ पत्नीको धम्की

नक्कली शरणार्थी मुद्दामा नरेन्द्र केसी, टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा.ईन्द्रजित राई, हरीभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया, गोविन्द चौधरी, आशिष बुढाथोकी, टंक कुमार गुरुङ उच्च अदालत पुगेका छन्।

यस्तै सन्दिप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, सागर राई, रामशरण केसीको पुनरावेदन निवेदन पेशीमा चढेको थियो।

नक्कली भुटानी शरणार्थी बनाउन सक्कलीको समेत प्रयोग गरेको प्रतिवादीको बयानका आधारमा भुटानी मानव अधिकारवादी नेता रिजाल पनि थुनामा छन्। उच्च अदालत पाटनले आदेश बदरका लागि ७३ नम्बरमा जाने रिटको हरेक बिहीबार सुनुवाइ गर्दै आएको छ।

नक्कली शरणार्थी मुद्दाका प्रतिवादीहरू उच्च अदालतबाट धरौटीमा रिहा हुने योजना बनाउन लागेका छन्। तर, जुन इजलासमा परे पनि काठमाडौं जिल्ला अदालतको आदेश बदर हुने सम्भावना कम रहेको उच्च अदालत स्रोतले बताएको छ।

उच्चमा नक्कली शरणार्थी मुद्दा : ‘कम्फर्टेबल’ इजलास खोज्दै प्रतिवादीहरू

समाचार शेयर गर्नुहोस्
337
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.