‘नीलो फूल’ मानव अधिकार फिल्म फेस्टिवलमा सेलेक्ट

‘नीलो फूल’ मानव अधिकार फिल्म फेस्टिवलमा सेलेक्ट

काठमाडौं : बलजफती विवाह सम्बन्धी वास्तविक कथामा बनेको लघु कथानक चलचित्र ‘नीलो फूल’ अन्तर्राष्ट्रिय मानव अधिकार फिल्म फेस्टिवलमा सेलेक्ट भएको छ। ११ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नील फूल प्रदर्शन हुने भएको हो।

पहिलो संविधान सभा सदस्य एवं यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकार प्राप्तिका अभियन्ता सुनिलबाबु पन्त र प्रधुम्न मिश्रले निर्माण गरेको नीलो फूल महोत्सवमा छनौट भएको मानव अधिकार फिल्म सेन्टरले जनाएको छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई जबरजस्ती विपरितलिंगीसँग विवाह गराउँदा निम्तने पारिवारिक, सामाजिक समस्या नील फूलमा देखाइएको छ। परिवार र समाजको ‘इज्जत’ सँग सम्बन्धित कथा वस्तु नीलो फूल मार्फत बाहिर ल्याइएको छ।

समलिङ्गीसँग विवाह भएकी महिलाले बच्चा जन्माउन परपुरुषसँग यौन सम्बन्ध राख्नु परेको दृश्यले जो कोहीलाई घोत्लिन बाध्य बनाउने नीलो फूल देश विदेशमा प्रदर्शन हुँदै आएको छ।

राष्ट्रिय मिडिया सम्मेलनमा नीलो फूलको सन्देश, जबरजस्ती विवाहले जिन्दगी बरबाद नपारौँ

विवाहलाई इज्जतसँग जोडेर हेर्ने गरिएको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले घरको भान्सादेखि बेड रुमसम्म नै सङ्घर्ष गर्नुपर्ने अवस्था छ। कानुनले इच्छा लागेको व्यक्तिसँग विवाह गर्न दिँदैन। नीलो फूल मार्फत अभियन्ता पन्तले अब सोच्ने बेला आएको बताउँदै विवाहको कानुन बन्नु पर्ने सन्देश प्रवाह गरेका छन्।

पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई जबरजस्ती विवाह गराउँदा त्योसँग जोडिएका महिला र पुरुषको जिन्दगी पनि बरबाद भइरहेको बताएका छन्।

नीलो फूल प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, स्थानीय जनप्रतिनिधि, पत्रकारहरूमाझ प्रदर्शन भइसकेको छ।

अमेरिका र बेलायतमा समेत प्रदर्शन भएको नीलो फूल डिसेम्बर ९ देखि १२ तारिखसम्म काठमाडौँमा हुने नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेष्टिवलमा छनौट भएको आयोजकले जानकारी दिएका हुन्।

यो पनि

नीलो फूल र सकम्बरीले गरे पितृसत्तात्मक सोचको भण्डाफोर

नीलो फूल : नरिसाउने सागरसँग मिल्यो क्यारेक्टर, छक्क परिन उर्मिला (भिडियो)

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.