नीलो फूल : नरिसाउने सागरसँग मिल्यो क्यारेक्टर, छक्क परिन उर्मिला (भिडियो)

नीलो फूल : नरिसाउने सागरसँग मिल्यो क्यारेक्टर, छक्क परिन उर्मिला (भिडियो)

काठमाडौं : नायक सागर घिमिरे र नायिका उर्मिला कार्की प्रतिक्रियाबाट उत्साहित भएका छन्। बलजफती विवाह सम्बन्धी वास्तविक कथामा बनेको नीलो फूल हेरेपछि सामाजिक सञ्जालमा आएको प्रतिक्रियाबाट आफू उत्साहित भएको नायिका कार्कीले बताइन।

नीलो फूलमा अभिनय गर्ने तपाई होइन? कस्तो राम्रो क्यारेक्टर भनेर प्रतिक्रिया जनाएपछि खुसी लागेको उनले बताइन। आमाले टेलिभिजनमा नाचेको हेर्ने मन भएको सुनाएपछि कलाकारितामा लाग्ने इच्छा जागेको उनले सुनाइन।

कार्की पहिलो पटक सौन्दर्य प्रतियोगितामा सहभागी भएकी थिइन। उनले नीलो फूलमा समलिङ्गीसँग विवाह गर्ने बुहारीको अभिनय गरेकी छन्। उनी अडिसन दिएरै नीलो फूलमा सेलेक्ट भएकी थिइन। सुनिलबाबु पन्तले समलिङ्गी सम्बन्धी फिल्म भएको जानकारी दिएका थिए कार्कीलाई।

कार्कीले नीलो फूलमा अभिनय गर्नु अगाडि समलिङ्गी, तेस्रोलिंगी देखेकी थिइनन्। ‘फिल्मको सुटिङ सकेर फर्कँदा मात्रै देखेको हो,’उनले भनिन्,‘त्यस अगाडि कहिले देखेको थिइन, उहाँहरू पनि नर्मल हामी जस्तै हुनुहुँदो रहेछ।’ पहिलो पटक समलिङ्गी तेस्रोलिंगी देखेर अनौठो लागेको र आफू छक्क परेको बताइन।

नायक सागर घिमिरेलाई भने समलिङ्गी तेस्रोलिंगी पहिले नै थाहा थियो। सुनिलबाबु पन्तसँग उनको पहिले नै चिनजान थियो। पन्तले नै सागरलाई चलचित्रमा अभिनय गर्न भनेका हुन्। ‘समलिङ्गी क्यारेक्टरलाई न्याय गर्न सक्छ भन्ने लागेर होला सुनिलबाबु पन्तले सोध्नु भयो,’सागरले भने,‘मैले हुन्छ भनिदिए।’

नीलो फूल र सकम्बरीले गरे पितृसत्तात्मक सोचको भण्डाफोर

चलचित्रको कथासँग नरिसाउने क्यारेक्टर आफूसँग मिलेको उनले बताए। बलजफती विवाहलाई लिएर नीलो फूल बनेको उनले सुनाए। ‘सुरुमा डाउट थियो, न्याय गर्न सक्छु कि सक्दिन भनेर,’उनले भने,‘कथा अनुसार क्यारेक्टर निभाएर न्याय गरे भन्ने लागेको छ।’

नायिका कार्की ‘के तपाई नपुंसक हो? किन मलाई ढाँटेर बिहे गरेको?’ भन्ने डाइलग सम्झिरहेकी छन्। महिलामाथि यस्तो पनि हुँदो रहेछ भन्ने चलचित्रमा अभिनय गरेपछि थाहा पाएको उनले सुनाइन।

नायक घिमिरेले ‘म तपाईँलाई यो नर्कबाट जसरी पनि निकाल्छु, अभागी भनेको भाग्यमानी पो रैछु क्यारे’ भन्ने डाइलग बिर्सेका छैनन्। सबै कुरा थाहा पाएर अपनाउनु नै ठुलो लागेको सागरले बताए। उनले समलिङ्गीको अभिनय जो पायो त्यसले गर्न नसक्ने बताए।

सागरलाई चलचित्रमा अभिनय गरेपछि समलिङ्गीको ट्याग लगाइदिने चिन्ता थियो। ‘तर लागेन’उनले भने।

नायक घिमिरे र नायिका कार्कीले चलचित्र हेरेर सुझाव दिन भनेका छन्। गल्ती कमजोरी औँल्याइदिए सुधार गर्न मद्दत पुग्ने दुवैले आशा व्यक्त गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading