पेरिस ओलम्पिक : महिला बक्सरलाई मुक्का हानेका खिलिफको लैङ्गिकतामा प्रश्न

पेरिस ओलम्पिक : महिला बक्सरलाई मुक्का हानेका खिलिफको लैङ्गिकतामा प्रश्न

काठमाडौं : फ्रान्सको पेरिसमा विश्वभरका खेलाडी जम्मा भएका छन्। पेरिस ओलम्पिकको नामले विश्वभर प्रचार भइरहेको छ। अल्जेरियाका बक्सर इमाने खिलिफले इटालीका बक्सर एन्जेला क्यारिनीलाई ४६ सेकेन्डमै नाकमा गम्भीर मुक्का प्रहार गरेर भुईँमा ढालेपछि लिङ्ग पहिचानमा प्रश्न उठेको छ।

अल्जेरियाकी खिलिफसँग इटालीकी क्यारिनीले केही मुक्का साटासाट गरिसकेपछि खेल रोकिन। खिलिफसँग हात मिलाउन सकिनन् र जोगिन आशुसँगै भुईँमा लडिन।

खिलिफ यो व्यक्ति हुन्, जसको लैङ्गिक योग्यतामा प्रश्न उठेको छ। गत वर्ष नयाँ दिल्लीमा भएको महिला विश्व बक्सिङ च्याम्पियनसिपमा उनी र ताइवानकी अर्की बक्सर लिन युटिङको लैङ्गिक योग्यता परीक्षण पूरा गर्न असफल भएको रिपोर्ट आएको थियो।

गत वर्ष विश्वव्यापी प्रतियोगितामा महिलासँग प्रतिस्पर्धा गर्न अयोग्य ठहरिएका खिलिफ र युटिङ दुई बक्सरलाई पेरिस ओलम्पिकमा लड्न अनुमति दिइएको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले पुष्टि गरेको थियो। उनीहरूले पेरिस ओलम्पिकको महिला ६६ केजी र महिला ५७ केजी तौलको खेलमा प्रतिस्पर्धा गर्न अनुमति पाएका थिए।

अहिले खिलिफको पेरिस ओलम्पिकमा भएको सहभागितामाथि नै छानबिन गरिएको छ। बक्सर खेलाडी खिलिफमा पुरुष क्रोमोजोमहरू पाइएको छ। उनी पूर्ण महिला भइनन्। लिङ्ग परिवर्तन गरेर या हर्मोन सेवन गरेर महिला बनेकी हुन् भन्ने परीक्षण भयो।

यौनाङ्ग महिलाको र शरीरमा पुरुष क्रोमोजोम पाइएपछि उनको लैङ्गिकतामा प्रश्न उठेको हो। २५ वर्षकी खिलिफले टोकियो ओलम्पिकमा समेत एक महिलाको रूपमा प्रतिस्पर्धा गरिरहेकी छिन्। उनमा तेस्रो लिङ्गी वा अन्तरलिंगी भनेर चिनाउने कुनै सङ्केत नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्।

खिलिफको प्रहारबाट क्यारिनी थला परेकी छन्। नाकमा गम्भीर पीडा महसुस भएको उनले बताइन र, प्रतिस्पर्धाबाट बाहिरिइन।

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले महिलाहरू विरुद्ध भेदभाव नगर्ने प्रयासमा ध्यान दिनुपर्ने बताएका छन्। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पुरुषहरूलाई महिलाको खेलकुदबाट टाढा राख्न भनेका छन्।

महिला गेट-अपमा बलात्कार गर्ने गोरेसँगै जेलमा

सामाजिक सञ्जालमा आएका अधिकांश प्रतिक्रिया खिलिफले पुरुष भएर महिलामाथि आक्रमण गरेको भनेका छन्। कतिपयले ‘उपर सलवार नीचे तलवार’ जस्ता प्रतिक्रिया पनि पोस्ट गरेका छन्।

खिलिफले सामाजिक सञ्जालमा आफ्नो जितको खुसी व्यक्त गरेकी छन्। बक्सिङ प्रतियोगिताको तस्बिर इन्स्टाग्राममा पोस्ट गर्दै उनले लेखिन, ‘पहिलो विजय।’ उनले गत वर्षको विश्व च्याम्पियनसिपबाट आफूलाई अयोग्य घोषित गर्नु षडयन्त्र भएको दाबी गरिन।

अल्जेरियन ओलम्पिक र खेलकुद समितिले खिलिफको जितमा आएका आलोचनाबारे कुनै टिप्पणी गरेको छैन। तर, अल्जेरियाका युवा र खेलकुदमन्त्री अब्देरहमान हम्मादले भने खिलिफको लैङ्गिक पहिचानको चिन्तालाई सम्बोधन गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखे,’म केही विदेशी आउटलेटहरुद्धारा खिलिफामाथि आधारहीन आक्रमणको कडा निन्दा गर्दछु,उनको प्रतिष्ठालाई धमिलो पार्ने यी कायर प्रयासहरू पूर्ण रूपमा अस्वीकार्य छन्।’

खिलिफमा क्यारिनको भन्दा १६२ प्रतिशत बढी पावर रहेको समेत पाइएको छ। महिलाअधिकारवादीहरुले भने यो महिलामाथिको आक्रमण भनेका छन्। पुरुषबाट महिला र महिलाबाट पुरुष बनेकाहरूको छुट्टै ओलम्पिक आयोजना नहुँदा पनि विवाद हुन थालेको टिप्पणी पनि सार्वजनिक भएका छन्।

नेपालसहित विश्वका अधिकांश देशमा महिला र पुरुषसँगै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकको छुट्टै पहिचान छ। तर, कतिपय पश्चिमा देश र इस्लाम धर्म मान्ने देशहरूमा तेस्रो लिङ्गी, समलिङ्गी, अन्तरलिंगी नागरिकको पहिचान छैन।

जन्मँदाको बालकलाई महिलाको गुण आए महिला बन्ने र जन्मँदाको महिलालाई पुरुषको गुण आए पुरुष बन्नै पर्ने बाध्यता ती देशहरूमा छ। नेपालमा जस्तो छुट्टै पहिचान नपाएका लैङ्गिक अल्पसङ्ख्यक लिङ्ग परिवर्तन गरेर या हर्मोन सेवन गरेर महिला या पुरुष नै बन्ने गरेका छन्।

नेपालमा पनि केही पश्चिमा देशहरूको लहैलहैमा तेस्रो लिङ्गी वा अन्य पहिचान पाएका नागरिकले लिङ्ग परिवर्तन गरेर महिलाको नागरिकता लिएका छन्। तेस्रो लिङ्गी भूमिका श्रेष्ठले लिङ्ग परिवर्तन गरेर मन्त्रिपरिषद्को सिफारिसमा महिलाको नागरिकता लिएकी छन्।

तेस्रो लिङ्गी र अन्य पहिचानमा नागरिकता, राहदानी लिएका रुक्सना कपालीको माग अनुसार महिला उल्लेख गरेर विवरण अद्यावधिक गर्न सर्वोच्च अदालतले राज्यका निकायहरूमा परमादेश नै जारी गरेको छ। छुट्टै पहिचानमा समावेशिताको आन्दोलनमा रहेका नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सर्वोच्च अदालतको आदेश नजिर बन्ने खतरा रहेको बताउँछन्।

नेपालका महिला अधिकारबादीहरुले पनि पेरिस ओलम्पिकको जस्तो गम्भीर समस्या आउन सक्नेमा सचेत रहनुपर्ने प्रतिक्रिया जनाएका छन्।

सम्बन्धित समाचार :

प्रधानन्यायाधीशको विवादास्पद फैसला : जन्मजात पुरुषलाई महिलाको नागरिकता (पूर्णपाठ)

पारलिंगीलाई महिला या पुरुष बनाउने फैसलामा सर्वोच्च अदालत कसरी चुक्यो?

सर्वोच्च अदालतलाई मानवअधिकार आयोगले किन दियो यस्तो जवाफ?

होटेल साहुसँग सेटिङ, केटीको भेषमा लुटपाट

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.