महिला गेट-अपमा बलात्कार गर्ने गोरेसँगै जेलमा

महिला गेट-अपमा बलात्कार गर्ने गोरेसँगै जेलमा

काठमाडौँ : ‘केटा मान्छे केटी बनाएर हिँडाइरहेको छ’ पुरुषसँगै हतकडी लगाएर अदालत लैजाँदा प्रहरीले सुन्नु परेका शब्द हुन् यी। जबरजस्ती करणी मुद्दामा जेल परेका शारदा भन्ने सागर केसी महिलाको ड्रेसमा अदालत उपस्थित हुन्थे।

अदालत लैजाँदा पुरुषसँगै हतकडी लगाएर लगिएको प्रहरीले जनाएको छ। तेस्रोलिंगी या अहिले पश्चिमा संस्कृतिको प्रभावमा रहेका केही व्यक्तिको शब्दमा पारलिंगी समेत भनिने शारदामाथि महिलालाई बलात्कार गरेको अभियोग लागेको हो। काठमाडौँ जिल्ला अदालतको आदेशमा ७ वर्ष जेल सजाय पाएका शारदालाई हाल केन्द्रीय कारागार जगन्नाथ देवलमा राखिएको छ।

शारदालाई ३३ किलो सुन काण्ड, कर्तव्य ज्यान मुद्दामा अभियुक्त चूडामणि उप्रेती गोरेसँगै केन्द्रीय कारागारको गोलघरमा राखिएको कारागार प्रशासनले जनाएको छ। गोलघरमा पनि शारदा महिला ड्रेसअपमै हुन्छन्। कुर्ता सुरुवाल लगाउने शारदा महिलालाई बलात्कार गरेको अभियोगमा जेल पुगेका हुन्।

महिला बन्ने, लिङ्ग पुरुषको हुने दुई जनालाई गोलघरमा राखिएको कारागार प्रमुख ललित बस्नेतले जानकारी दिए। ‘गोलघरमा अहिले चार जना कैदी छन्,’प्रमुख बस्नेतले पहिचानसँग भने,‘दुई जना महिला बन्ने, लिङ्ग पुरुषको हुने छन्।’ गोलघरमा गोरे, रोजन राई, शारदा भन्ने सागर केसी र कुमार भन्ने कुमारी तामाङ छन्।

पारलिंगी महिलाको भेषमा यौन हिंसाको शृङ्खला : आजीवन कारावास

कुमारीमाथि महिलाको ड्रेसअपमा चोरी गरेको अभियोग लागेको छ। उनलाई पनि गोलघरमै राखिएको छ। केन्द्रीय कारागारमा दुई जना मात्र महिला बन्ने लिङ्ग पुरुषको हुने कैदी रहेको कारागार प्रमुख बस्नेतले बताए। पुरुष र महिलाका लागि छुट्टाछुट्टै राख्ने व्यवस्था भए पनि पुरुष र महिला भन्दा फरक हाउभाउका कैदीलाई छुट्टै राख्ने व्यवस्था नभएको उनले बताए।

जिल्ला प्रशासन कार्यालय ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारी हुँदा शारदा जस्तै एक जना व्यक्ति महिलाको नामबाट नागरिकता लिन आएको बस्नेतले सुनाए। ‘लिङ्ग पुरुषको छ, महिलाको नागरिकता चाहियो भन्छ,’बस्नेतले भने,‘हामीले महिलाको नागरिकता दिन मिल्दैन भन्यौ।’

उनले जन्म दर्ता पुरुष भएका रुक्शाना कपाली महिलाको नामबाट नागरिकता लिन निवेदन लिएर आए पनि नागरिकता लिन नपाएको बताए। पुरुष र महिला भन्दा फरक हाउभाउ भएका रुक्शानाले अन्यमा नागरिकता पाएको हुन सक्ने बस्नेतले बताए। ‘पुरुषलाई महिलाको दिन त कसरी सकियो र,’उनले भने,‘नियम कानुनमै नभएको पुरुषलाई महिलाको नागरिकता दिएनौ।’

सर्वोच्चको जुन आदेश जसले पारलिंगी पुरुषलाई पुरुष र पारलिंगी महिलालाई महिला बनाउँदै

सर्वोच्च अदालतको आदेशमा रुक्शानाले निर्वाचन आयोगबाट महिला उल्लेख गरेर मतदाता परिचयपत्र लिएका छन् भने त्यही आधारमा उनले राष्ट्रिय परिचयपत्र समेत महिलाको लिएका छन्। गृह मन्त्रालयले नागरिकतामा भएको विवरण भन्दा फरक विवरणमा राष्ट्रिय परिचयपत्र लिन नपाइने भने पनि रुक्शानाले महिलाकै लिएको सामाजिक सञ्जालमा पोष्टिएका छन्।

भोजपुरको रामप्रसादराई गाउँपालिकाका राजु राईले महिला बनेर ठगी गरेको खुलेको छ। शर्मिला नामले चिनिएका उनी ठगी मुद्दामा ६ महिना जेल परे। जेलबाट छुटेका उनी उदयपुरको बेलका नगरपालिका वडा नं ६ भोपारेका नम्बर राईको घरमा आफैँ बुहारी भएर भित्रिए। गत माघमा नम्बरसँग विवाह गरेका शर्मिलाको गत महिना मात्रै बिछोड भयो।

केटो केटी बनेर बिहे गरेपछि घरै फिर्ता

कारागार विभागले लिङ्गका आधारमा पुरुष र महिला कैदीको मात्रै अभिलेख राख्ने गरिएको जनाएको छ। ‘पुरुष, महिला र नावालिकलाई छुट्टाछुट्टै राख्ने गरिएको छ,’विभागका सूचना अधिकारी रामचन्द्र सिवाकोटीले पहिचानसँग भने,‘अन्य लिङ्गको अभिलेख राख्ने गरिएको छैन।’

नेपालमा पुरुष र महिला भन्दा फरक लिङ्गीको पहिचान स्थापित हुँदै गएको समयमा केही व्यक्ति फिलिङसका आधारमा पुरुष या महिला नै बन्ने लबिङमा लागेका छन्। यसले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको पहिचान नै सङ्कटमा पर्ने चिन्ता अभियन्ताहरूले व्यक्त गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading