पारलिंगी महिलाको भेषमा यौन हिंसाको शृङ्खला : आजीवन कारावास

पारलिंगी महिलाको भेषमा यौन हिंसाको शृङ्खला : आजीवन कारावास

एजेन्सी : इङ्गल्यान्डको फ्लकटन गाउँमा अवस्थित महिला, वयस्क, किशोर एवं युवा अपराधीहरू राखिएको जेल एचएमपी न्यु हलमा कमजोर महिलालाई आक्रमण गरेपछि एक हिंस्रक बलात्कारीलाई आजीवन कारावासको सजाय सुनाइएको छ।

महिला र बालबालिकाका लागि खतरनाक व्यक्तिको रूपमा पहिचान गरिएका ५२ वर्षीय करेन ह्वाइट (पारलिंगी)लाई आजीवन कारावासको सजाय सुनाइएको हो । उनले कारागारमा रहेका महिला माथि यौन दुर्व्यवहार गर्नुका साथै जेल बाहिर अन्य दुई महिलालाई बलात्कार गरेको स्वीकार गरिन्।

क्रूरताको शृङ्खला

ह्वाइट यसअघि पनि दुर्व्यवहार, क्रूर व्यवहार प्रदर्शनका लागि दोषी ठहरिएकी थिइन्। छिमेकीलाई पटक–पटक छुरा प्रहार गरेको आरोपमा पक्राउ परे पछि सेप्टेम्बरमा उनलाई वेस्ट योर्क शायरको वेकफिल स्थित न्यु हल जेलमा सारिएको थियो। उनले साथी कैदीहरू माथि गत सेप्टेम्बर र अक्टोबर बिचमा आक्रमण गरेको पाइएको छ।

दुई वटा बलात्कार, दुई वटा यौन दुर्व्यवहार र एक चोट पुर्‍याएको कसुरमा सजाय सुनाइएका ह्वाइटलाई अदालतले त्यसअघि नै अशोभनीय व्यवहार प्रदर्शन, बालबालिका माथि जघन्य दुर्व्यवहार, अश्लील, पशुजन्य क्रूर क्रियाकलाप र ठगी–बेइमानीको आरोपमा दोषी ठहर गरेको थियो।

ह्वाइट लीड्स क्राउन कोर्टमा पुरुष जेलबाट ब्लाउज लगाएको र टलक्क टल्केको नक्कली कपाल (विग) लगाएर लौरोको प्रयोग गर्दै हिँडेको देखिए।

अदालतलाई जानकारी गराइए अनुसार अगस्टमा जेल पुगे देखि ह्वाइटले नियमित रूपमा ह्वील चियर प्रयोग गरेको र लिङ्ग पुन निर्धारण (जेन्डर रिअसाइनमेन्टट्रिटमेन्ट) को उपचार सुरु गरेका थिए। ह्वाइटको यौन हिंसाको लामो इतिहास थियो र लगभग दुई दशकदेखि कमजोर वयस्कहरू र बालबालिकाहरू प्रति सिकारी व्यवहार देखिएको थियो।

यौन हिंसाको लामो इतिहास

उनी जन्मको नाम स्टीफन टेरेन्स बुड ले चिनिन्थे। स्टीफन सन् १९८९ मा, बालबालिकाको खेल मैदान नजिकै जानाजानी आफूलाई खुलाउन अश्लील प्रदर्शन गरेकोमा दोषी ठहरिएका थिए।

१२ वर्ष पछि ह्वाईटले ९ र १२ वर्षका दुई केटाहरूलाई आक्रमण गरी अभद्र क्रियाकलाप र दुर्व्यवहार गरे। त्यस कार्यका लागि उनलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो।

यतिमा मात्र उनको यौन हिंसाको शृङ्खला रोकिएन। सन् २००३ मा स्टीफन जेलबाट छुटे। जेलबाट बाहिर आएको केही महिना पनि नबित्दै उनले एक गर्भवती महिलालाई बलात्कार गरिन्।

म्यानचेस्टरमा बस्ने उनले आफ्नै साथीकी श्रीमती ती महिलाको फ्ल्याट डेकोरेशन (सजाउने) काममा सहयोग गर्ने प्रस्ताव गरे। त्यसरी नजिकिए पछि एक दिन ती महिलाको पेय पदार्थमा थाहा नपाउने गरी बेहोस नहुन्जेल भोड्का मिसाउँदै खुवाएर बेहोस भएपछि उनले बलात्कार गरेको पाइएको अदालतले जनाएको छ।

सर्वोच्चको जुन आदेश जसले पारलिंगी पुरुषलाई पुरुष र पारलिंगी महिलालाई महिला बनाउँदै

त्यसपछि उनलाई पक्राउ त गरियो तर त्यस बेला उनी माथि किन मुद्दा चलाइएन र कारबाही गरिएन भन्नेबारे अदालतमा कुनै जानकारी गराइएन। पीडित महिलाले अदालतलाई दिएको बयानमा उक्त घटना पछि श्रीमानले आफूलाई विश्वास नगर्दा जीवन नै बरबाद भएको बताइन्।

‘१५ वर्ष अघिसम्म म एउटी सशक्त महिला थिएँ। मेरो कसैसँग कुनै सम्बन्ध छैन। उक्त घटना पछि महिला हुनुमा घृणित अनुभव गरेँ। निक्कै निराश भएँ, डिप्रेसनमा पुगेँ। १५ वर्ष बिती सक्दा म अझै पनि मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेकी छु। डरलाग्दो फ्ल्यास ब्याक (स्मृति) झेलिरहेकी छु’अदालतमा दिएको एक बयानमा ती महिलाले आफ्नो पीडा सुनाइन्।

दुर्व्यवहार, अश्लीलता, बलात्कार जस्ता जघन्य अपराधमा दोषी पाइएका ह्वाइटलाई छिमेकीलाई आक्रमण गरेको आरोपमा गत वर्ष अगस्टमा प्रहरीले पक्राउ गर्‍यो। उनले ६६ वर्षीय छिमेकीलाई मार्ने धम्की दिँदै वेस्ट योर्क शायरको मिथोल्म रोडमा पटक पटक छुरा प्रहार गरी घाइते बनाएका थिए।

एचएमपी न्यु हल (महिला वयस्क, किशोर र युवा अपराधीहरूका लागि वेस्ट योर्क शायर इङ्गल्यान्डको फ्लकटन गाउँमा रहेको जेल) मा हिरासतमा रहेका बेला ह्वाइटले विग (नक्कली कपाल), मेकअपसँगै नक्कली स्तन लगाएर लिङ्ग परिवर्तन सुरु गरे।

त्यहाँ अर्की एक महिला कैदीलाई साथी बनाएर उनीसँग नजिकिए। तर उनले आफ्नो कुकार्यलाई त्यहाँ पनि निरन्तरता दिए। गत वर्ष सेप्टेम्बर १३ मा औषधिको लागि लाइनमा बस्दा उनले ती महिलालाई यौन दुर्व्यवहार गरिन्।

यो विषय प्रहरीलाई जानकारी गराए पछि कारागारमा त्यसअघि भएको अर्को घटना पनि बाहिर आयो। अर्को कैदीले आफूले ह्वाइटसँग कष्टपूर्ण जेल जीवन बिताउनु परेको बताइन्। उनले आफूमाथि ह्वाइटले अनुचित टिप्पणीहरू गर्ने गरेको सुनाइन्। ह्वाइटले आफ्नो हात उनको बायाँ स्तनमा छुन लगाएर ‘हेर यो वास्तविक होइन नक्कली स्तन हो’ भनी अश्लील व्यवहार प्रदर्शन गरेको ती महिलाले बताइन्।

न्यु हलमा हुँदा ह्वाइटले एउटी महिलालाई एउटा चिठ्ठी लेखिन। ती महिलाले ह्वाईटले दोहोर्‍याएर अर्को पत्र नपठाओस् भन्ने चाहेर उक्त पत्र प्रहरीसम्म पुर्‍याइन् जसले प्रहरीलाई अनुसन्धानको थालनी गर्न मद्दत पुग्यो।

कारागारका अधिकारी र प्रहरीले अनुसन्धान गर्न थाले। अनुसन्धानका क्रममा २० वर्षकी महिलाले सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्म ह्वाइटले आफूमाथि ६ पटक बलात्कार गरेको बताइन्। त्यसपछि भने प्रहरीले सन् २००३ मा दुई महिनाको गर्भवती महिलामाथि भएको बलात्कारको घटनाको समेत अनुसन्धान गर्‍यो।

हिरासतमा प्रहरी अधिकारी समक्ष ह्वाइटले आफूलाई बालबालिका प्रति यौन रुचि रहेको, उनीहरूलाई दुर्व्यवहार गर्न सक्ने भनी स्वतन्त्र रूपमा स्विकार्दै ‘यसबारे म केही सोच्न सक्दिन’ भनेर बताएकी थिइन्।

महिला कैदी बन्दीसँग राख्नु गलत

कानुन मन्त्रालयले महिला कैदी बन्दी राखिएको जेलमा ह्वाइटलाई स्थानान्तरण गरिएकोमा माफी माग्दै उनको आपत्तिजनक व्यवहारजन्य विगत माथि ध्यान नपुर्‍याएको त्रुटि प्रति खेद व्यक्त गरेको छ।

अभियोजनकर्ता कृश डनले ह्वाइटलाई ‘कथित पारलिंगी महिला’ को रूपमा वर्णन गर्दै उनले कमजोर व्यक्तिहरूको सम्पर्क वा नजिक रहनका लागि आफ्नो ‘ट्रान्सजेन्डर’ व्यक्तित्वको दुरुपयोग गरेको बताए। ‘अभियोजन पक्षका अनुसार, ट्रान्स व्यक्तिहरू प्रतिको दृष्टिकोण, कमजोर प्रतिबद्धताका कारण यस मुद्दामा प्रमाणहरूको कमी छ’उनले थपे।

ह्वाईटलाई कम्तीमा साढे ८ वर्षको जेल सजाय सुनाउँदै न्यायाधीश क्रिस्टोफर ब्याट्टीले भने–तिमी एक सिकारी, अत्यधिक चलाख–चतुर (बठ्याँई) गर्ने व्यक्ति हौ, मेरो विचारमा तिमी सबैका लागि तिमी खतरनाक छौ। बालबालिका, महिला र आम मानिसका लागि तिमीले गम्भीर हानी पुर्‍याउने जोखिम रहेको छ।’

“हामी यस मामिलामा भएका गल्तीहरूको लागि क्षमा याचना गर्छौ। हामी ट्रान्सजेन्डरसहित सबै कैदीहरूलाई संवेदनशील तरिकाले कानुन अनुरूप प्रतिबन्धित र व्यवस्थित गर्नका लागि काम गर्छौ। सबै कैदीहरूको सुरक्षा हाम्रो पूर्ण प्राथमिकता हुनुपर्छ भन्नेमा हामी स्पष्ट पनि छौँ’ कारागार सेवाका प्रवक्ताले भने।

सम्बन्धित समाचार

समलिङ्गी मुक्ति आन्दोलनको शृङ्खला–स्टोनवाल विद्रोह

युगान्डामा समलिङ्गी विरोधी व्यवस्थाको विरोध, आर्थिक सहायता कटौती गर्ने बाइडेनको चेतावनी

पाकिस्तान–सिन्ध प्रान्त : ट्रान्सजेन्डर माथिको उत्पीडन र गिरफ्तारी रोक्न सुझाव

ट्रान्सजेन्डर अलिशाको यात्रा : सेक्सवर्कदेखी हेल्थवर्करसम्म

समलैङ्गिकतालाई अपराध बनाउने त्यो आँधी…

सर्वोच्चको फैसला कुर्दै भारतीय समलिङ्गी जोडी

दक्षिण कोरियामा समलिङ्गी जोडीको अधिकारलाई मान्यता

इटालीमा कानुनी अड्चन खेप्दै समलिङ्गी आमाबाबुका सन्तान

समलिङ्गी विवाहलाई वैधानिक बनाउने कानुनमा बाइडेनले गरे हस्ताक्षर

फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?

बेलायत र युरोपमा समलिङ्गी सङ्क्रमित बढी, गे बारहरू र क्लबहरू अनुसन्धान गर्न ट्रेस

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading