निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नक्कली भुटानी शरणार्थी : बकपत्र गराउन हम्मेहम्मे, १७ जनालाई झिकाउन आदेश

नक्कली भुटानी शरणार्थी : बकपत्र गराउन हम्मेहम्मे, १७ जनालाई झिकाउन आदेश

357
SHARES

काठमाडौं : नक्कली भुटानी शरणार्थी मुद्दाका जाहेरवालाहरूको बकपत्र गराउन हम्मेहम्मे परेको छ। जाहेरवालाहरूलाई अदालतमा उपस्थित गराएर बकपत्र गराउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई हम्मेहम्मे परेको हो।

सरकारी वकिल कार्यालयको बकपत्र गराउन पुन मौका प्रदान गर्ने पत्र अनुसार काठमाडौं जिल्ला अदालतले अदालतमा झिकाई बकपत्र सकेपछि इजलासमा पेस गर्न सोमबार चौथो पटक आदेश दिएको छ।

वैशाख २ गते जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा सहसचिव बालकृष्ण पन्थी नेतृत्वको सक्कल प्रतिवेदन झिकाउने आदेश दिएको थियो। नेपाल सरकारका साक्षी जाहेरवाला लगायतका घटना विवरण गर्ने मानिसहरू, प्रतिवेदक, निवेदकहरू सुनिता गौतम, प्रितम शर्मा र यम बहादुर परियारलाई तोकिएको मितिमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँ मार्फत बकपत्रको लागि उपस्थित गराई तथा उपस्थित भएका प्रतिवादीहरूको साक्षी निजै मार्फत उपस्थित गराई बकपत्रको कार्य सम्पन्न गर्न आदेश दिएको थियो।

सोमबार काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा चौथो पटक बकपत्र गराउन आदेश दिएको छ। न्यायाधीश श्याम विहारी मौर्यको इजलासले जाहेरवालाहरूको नाम किटान गरेर बकपत्र गराउन आदेश दिएको अदालत प्रशासनले जनाएको छ।

ठगी, लिखत किर्ते र राज्य विरुद्ध र सङ्गठित अपराध मुद्दाका जाहेरवाला मध्ये १७ जनालाई बकपत्रको लागि पुन मौका प्रदान गर्ने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको पत्र प्राप्त भएकाले बकपत्र गर्न झिकाउने आदेश भएको छ। बकपत्र भएपछि नियमानुसार पेस गर्न इजलासले आदेश दिएको छ।

अदालतले मनिला रायमाझी, कुन्दन देवान, कुमार खड्का, गोकुल भट्टराई, रविन्द्र कार्की, दिलिप गौतम, भुवन सिंह लिम्बु, खगेन्द्र थेबे, डम्बर बहादुर खत्री, पदम सिंह खत्री, शोभराम राना खत्री, सन्दिप वली, सुष्मा चन्द, मन बहादुर खत्री, समिर सिवाकोटी, रोमन सिवाकोटी र सन्तोष भट्टराईलाई बकपत्रका लागि पुन मौका प्रदान गरेको हो।

११५ जनाबाट असुल गरेको २८ करोड, ८१ लाख ७४ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ। भुटानी शरणार्थी बनेर अमेरिका जान ६१ जनाले गजेन्द्र बुढाथोकी मार्फत सन्देश शर्मालाई ९ करोड ७८ लाख रुपैयाँ बुझाएको अभियोग पत्रमा उल्लेख छ।

पूर्वउपप्रधानमन्त्री रायमाझी, सचिव पाण्डे, तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, पूर्वसांसद आङटावा शेर्पा तथा बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द चौधरी, सन्देश शर्मा पुर्पक्षमा छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाण सहितका प्रतिवादी भने उच्च अदालत पाटनको आदेशमा धरौटी बुझाएर तारिखमा रिहा भएका छन्।

नक्कली भुटानी शरणार्थी : साक्षी बकपत्र गराउने र बालकृष्ण पन्थी नेतृत्वको सक्कल प्रतिवेदन झिकाउने आदेश

नक्कली भुटानी शरणार्थी : अदालतमा प्रतिवादीहरुको दैनिक हाजिरी सुरु, १९ जनाको सकियो बकपत्र

नक्कली भुटानी शरणार्थी : बाँकी साक्षी बुझ्ने आदेश

नक्कली भुटानी शरणार्थी : टेकनाथले गौशाला प्रहरीमा दिएको निवेदनको प्रति झिकाउन आदेश

नक्कली भुटानी शरणार्थी : अन्तिममा पुग्छन् पूर्वगृहमन्त्री खाण

समाचार शेयर गर्नुहोस्
357
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.