समलिंगी तेस्रोलिंगीबारे चासो बढ्यो

समलिंगी तेस्रोलिंगीबारे चासो बढ्यो

काठमाडौं (पहिचान) पुष १- यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायबारे धेरैमा चासो बढेको पाइएको छ । शिक्षक शिक्षिकालाई मात्रै नभएर बिद्यार्थी वर्गमा पनि यो समूदायबारे चासो बढेको पाइएको हो । काठमाडौंको सहिद रामनाथ दाहाल स्मृती कलेज बालाजुको एक हुल बिद्यार्थीको समूहमा रहेका एक जनाले समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजमा पुगेर के तेस्रोलिंगीलाई घरबाटै विभेद हुन्छ हो ? भनेर प्रश्न गरे ।

उनले आफ्नो परिचय पहिलेनै दिइसकेका थिए । जुन हुलमा उनको नाम सम्झन एकोहोरो हुनै पथ्र्यो । तर पनि जुन प्रश्न उनले गरे त्यो उनकै परिवारमा कुनै समय तेस्रोलिंगीको जन्म भयो भने यसैगरी घर परिवार विहिन भएर बस्नु पर्ने त होइन, उनको प्रश्न सिधा थियो । जवाफ दिन यौनिक तथा लैगिंक अल्पसंख्यक विद्यार्थी मञ्चका अध्यक्ष भक्ती शाह उद्घोषकको रुपमा रहेपनि उनलाई त्यो प्रश्नको जवाफ दिन आतुर हुन्थ्यो र भन्थे घर, परिवार, समाज र राज्यबाटै हामी माथि विभेद, दुरव्यवहार र हिंसा भइरहन्छ । उनले त्यसमा थपे म मात्रै होइन हामी सबै उहाँलाई कोइली ममी भन्छौ । त्यसैले त जन्म दिने आमा भन्दा कर्म दिने आमा ठुलो लाग्छ । उहाँ हामी सबैकी ममी ।IMG_20141216_130038344

शाहको यो उत्तर पछि नील हिरा समाजकी अध्यक्ष संजिव गुरुङ पिंकीले हसिलो मुहारमा भनिन्, साच्चै भन्नुहुन्छ भने मेरो घर परिवारले विभेद गरेको छैन, माया र सम्मान दिएको छ । तर, धेरै यस्ता समलिंगी तेस्रोलिंगी छन् जसलाई घर, परिवारको त के कुरा जन्म दिने आमा र जन्मन अधिकार दिने बाबुबाटै विभेद, दुरव्यवहार र हिंसा भइरहन्छ । उनको जवाफसँगै बोल्ने पालो आयो अधिवक्ता सुजन पन्तको उनले भने, यो समूदायमा धेरै युवा छन् । पिंकी जि यही हुनुहुन्छ, तपाईहरु खुलेर यो समूदायको हुँ भनेर अभियान चलाउँदा कति बर्षको हुनुहुन्थ्यो ? अधिवक्ता पन्तले प्रश्न गरे । पिंकीले जवाफ दिइन २० बर्षको ।

पन्तले एक हुल बिद्यार्थीलाई भने, महिले यो समुदायको बिषयमा शोधपत्र तयार गरेर बुझाए । यो समूदायबारे जानकारी छ भन्दा यो पनि त्यही हो कि भन्थे । तर अहिले यो समूदायबारेमा जानकारी लिन सोध्दै खोज्दै यहाँ सम्म आउने गरेका छन् जुन यो समूदाय र यो समूदायलाई नजिकबाट सहयोग गर्नेहरुका लागि खुशीको कुरा हो । यो समूदायको अधिकार प्राप्तिको अभियालाई सहयोग गर्ने संचारमाध्यमको नराकारात्मक सोच अन्त्य गर्ने अभियानका लागि रेडियो कार्यक्रम पहिचानका परिकल्पनाकार सुनिलवावु पन्तले गरेको योगदानको सहभागीले स्वागत गरेका थिए ।

नील हिरा समाजको नियमित बैठक कक्षमा उपस्थित शिक्षक, शिक्षिका र बिद्यार्थीलाई समाजको सहारा परियोजनाकी राष्ट्रिय कार्यक्रम संयोजक दुर्गा थापा र तेस्रोलिंगी मानवअधिकारकर्मी भुमिका श्रेष्ठले समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिको अभियानको गोरेटो फराकिलो बनाउने प्रयत्न भइरहेको वताए भने अध्यक्ष पिंकीले आफ्नो समूदायको मुद्धा राष्ट्रिय र अन्तराष्ट्रिय करण गर्नमा सुनिलवावु पन्तको योगदान महत्वपूर्ण रहेको वताइन । सहारा परियोजनाकी राष्ट्रिय कार्यक्रम संयोजक थापा छात्रवृत्तिमा एक बर्षका लागि फिलिपिन्स जादैछिन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading