संबिधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पन्तलाई सम्मान

संबिधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पन्तलाई सम्मान

काठमाडौं (पहिचान) कार्तिक २० – संबिधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पहिलो संबिधान सभाका सदस्य सुनिलबाबु पन्तलाई सम्मान गरिएको छ । यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले पूर्व सभासद् पन्तलाई सम्मान गरेको हो । पन्तको पहलमा पहिलो पटक संबैधानिक अधिकार पाइएको भन्दै समाजले अधिकार कार्यान्वयनका लागि सुझाव समेत लिएको छ ।

समाजकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल, उपनिर्देशक परसुराम राई, सेभ द चिल्ड्रेन परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश निरौला, दिवा परियोजनाका कार्यक्रम उपनिर्देशक संजय शर्मा, तेस्रोलिंगी अधिकारकर्मी, भूमिका श्रेष्ठ, सुशीला लामा, भक्ती शाह, अधिवक्ता प्रेमबहादुर थापा लगायतले पहिलो पटक संबैधानिक अधिकार संबिधानमा लेखाउन पन्तको महत्वपूर्ण भूमिकाको प्रशंसा गरे । पहिलो संबिधान सभामा पन्त मौलिक हक अधिकार तथा निर्देशक सिद्धान्त समितिको सदस्य थिए ।

पन्तको पहलमा लैगिंक पहिचान अनुसार नागरिकता पाउने, यौनिक तथा लैगिंक अल्पसंख्यक भएकै आधारमा विभेद गर्न नपाइने, राज्यका हरेक निकायमा समावेशी सिद्धान्त अनुसार सहभागिता गराइने लगायतका बिषय संबिधानमा लेखिएको छ । पन्तको पहलमा संबिधानमा मस्यौदामा समेत रहेको यौनिक अभिमुखीकरण शब्द भने संबिधानबाट हटाइएको छ । पन्तले संबिधानमा लेखिएको अधिकार कार्यान्वयन गर्न आफ्नो पहिचान अनुसारको नागरिकता लिनु पर्ने वताए । के आधारमा सहभागी गराउने भन्ने कुरा आउँछ ? पन्तले भने, यसका लागि पहिचान अनुसारको नागरिकता देखाउन सक्नु पर्छ ।

उनले जिल्ला प्रशासन कार्यालयहरुले सहज रुपमा नागरिकता दिन थालेकाले २०६९ पुष १६ गते गृह मन्त्रालयले गरेको परिपत्र अनुसार नागरिकता लिन सबैलाई सुझाव दिए । गृह मन्त्रालयले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका व्यक्तिलाई लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता दिन परिपत्र गरेको थियो । काम विशेषले बेलायतमा रहेका पन्त शुभ दिपावलीको अवसर पारेर नेपाल आएका हुन् । पन्त नील हिरा समाजका संस्थापक एवं यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता समेत हुन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading