अहिले नबोले कहिले बोल्ने ?

अहिले नबोले कहिले बोल्ने ?

काठमाडौं (पहिचान) मंसिर २४ – मानवअधिकार दिवस हो भोलिको दिन । नारा के हुन सक्छ । अपेक्षा दौडिदै आइन र भनिन् पुर्ननिर्माण पुर्नस्थापना सबैको सरोकार, सबैको अधिकार मानवअधिकार । यो बर्षको शुरुवातमा सबैको क्षणभरमै होस गुमेको अनुभुती गराउने प्राकृतिक विपत्तीले पुर्याएको क्षति विर्साउने नारा भएको छ यो ।

नेपाली नारामा मात्रै रमाउँछन्, नारामै आनन्द लिन्छन् भन्ने झल्को दिने अपेक्षा प्रतिनिधि पात्र मात्र थिइन । हुन पनि यो बर्षको ६७ औ मानवअधिकार दिवस अपेक्षा गरे जस्तो हुन सकेन । उनी एक जना अन्तरलिंगी लिएर सिंहदरवार पुगे । झण्डै एक घण्टा पछिको पर्खाइमा अन्य आगन्तुक भन्ने लेखिएको तीन तहको अन्तिम टेवलमा बसे । प्रधानमन्त्री आए, सभामुखलाई स्वागत गरे उपराष्ट्रपति आए, प्रधानन्यायधीश सामुPMन्ने बसाले, आइन राष्ट्रपति स्वागत गरे । शुरु भयो उद्घोषण । हामी मानवअधिकार उल्लंघन गर्नेलाई कानुन अनुसार ……. यो सरकारी कर्मचारीको भाषण थियो । प्रधानमन्त्रीले पनि बोल्ने होला । खोइ स्वागत गर्ने र हात मिलाउने अनि यो तस्विरमा देखिएको जस्तै तस्विर खिचाउने बाहेक के नै देखियो र ? संबिधानमा लेखिएको अधिकार प्रधानमन्त्रीले सम्बोधन गर्ने दिन फेरी आउँदैन र ?

दिवसमा अरु के भए ?

नेपालका यौनिक तथा लंैगिक अल्पसंख्यक समुदायले पनि आज अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले ६७ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा समलिंगी तेस्रोलिंगी पनि सहभागि भएका हुन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको तर्फबाट समलिंगी तेस्रोलिंगीको अधिकारका लागि काम गर्दै आएको संस्था नील हिरा समाज सहभागि भएको थियो । कार्यक्रमका आयोजक संस्थाहरु मध्ये नील हिरा समाज पनि एक हो । “ब्यक्तिको नागरिक अधिकार सुरक्षित हुनुपर्छ भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमका आयोजक मध्ये नील हिरा समाज पनि एक हो” समाजका उप निर्देशक परसुराम राईले भने, “आजको कार्यक्रममा हाम्रा पनि मुद्धा र मागहरु समेटिएका छन् ।” “सबैको लागि घरघरमा मानव अधिकार, शान्ति र विकासको आधार” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा लोकतन्त्र मानवअधिकार र समावेशिता ः राज्यको सबै क्षेत्र र तहमा महिला सहभागिता” भन्ने लगायतका नाराहरु तय गरिएको थियो । यसैगरी, “……लैंगिक अल्पसंख्यक तथा तेस्रोलिंगी सुमदायका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सुनिश्चत गरिनुपदर्छ” भन्ने विषय पनि दिवसका अबसरमा छापिएको ब्रोसरमा उल्लेख छ । यसैगरी लैगिक आधारमा विभेद गर्न नपाइने र लैंगिक विविधतलाई आत्मसात गर्दै विभेदको अन्त्य गर्न भनिएको छ । पछिल्लो समय यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई पनि राष्ट्रिय मानवअधिकार आयोग लगायतका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले समावेश गर्दै आएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले केन्द्रमा समलिंगी तेस्रोलिंगीको गुनासा सुन्न र उजुरी लिन फोकल पर्सन नै तोकेको छ । “सुरुसुरुमा हामीले बोलाउदा पनि हाम्रा कार्यक्रममा सहभागी हुन मानिसहरु असहज महसुस गर्थे तर, अहिले हामीलाई आयोजकको रुपमा राख्न थालेका छन् । हामीलाई पनि सहभागी गराउन थालेका छन् । यो सकारात्कम पक्ष हो । अधिकार प्राप्तिको यात्रामा यो एउटा सकारात्मक पाइला हो ।” उपनिर्देशक राईले भने । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली, सहिदगेट, वीर अस्पताल हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा गई कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले राजनीतिक खिचातानीमा मानव अधिकारको हनन बढ्दै गएको बताएका थिए । संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र १९८४ पारित भएको आजको दिनलाई विश्वभर नै मानव अधिकार दिवसका रुपमा मनाउने गरिन्छ ।

पर्पल माई स्कूलको वृत्तचित्र  सार्वजनिक

युनेस्कोको आर्थिक सहयोग र युएनडिपीको प्राविधिक सहयोगमा विभिन्न ६ वटा विद्यालयमा संचालन भएको पर्पल माई स्कूलको वृत्तचित्र सार्वजनिक भएको छ । नील हिरा समाजको आयोजनामा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका विद्यार्थीलाई विभेद, दुरव्यहार र हिंसा नगर्ने सन्देश सहित संचालित अभियानको ३ मिनेट समयको वृत्तचित्र सार्वजनिक भएको हो ।

बर्दियामा तेस्रोलिंगीको कार्यक्रम (फोटो)

Bardiya 1

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading