“शब्दमा मात्रै होइन व्यवहारमा देखिने गरी काम गर्नु पर्छ ” 

“शब्दमा मात्रै होइन व्यवहारमा देखिने गरी काम गर्नु पर्छ ” 

काठमाडौं (पहिचान) पौष ७  – नील हिरा समाजकी नवनिर्वाचित अध्यक्ष पिंकी गुरुङले विगतमा जस्तै अधिकार प्राप्तिको अभियानमा एकजुट भएर लाग्नुको विकल्प नभएको वताएकी छन् । धेरै उकाली ओराली पार गरेर यहाँसम्म आयौ अध्यक्ष गुरुङले भनिन्, संबिधानमा लेखिएको अधिकार कार्यान्वयनका लागि अभियानलाई सशक्त बनाउनु पर्छ । समाजको बार्षिक साधारणसभामा अध्यक्ष गुरुङले शब्दमा मात्रै नभएर व्यवहारमा देखिने काम गर्नुपर्नेमा जोड दिइन ।

AGM 1साधारण सभाले गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन पनि गरेको छ । साधारणसभामा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले कानुन निर्माणमा आफ्नो समूदायको पनि प्रतिनिधित्व हुनु पर्ने माग गरिन् । चुप लागेर बस्ने अबस्था छैन ढकालले भनिन्, संबिधानमा अधिकार लेखियो भनेर चुप लागेर बसे कानुनमा नलेखिन सक्छ । त्यसैले संबिधानमा लेखिएको अधिकार कार्यान्वयनका लागि निरन्तर दवाव दिइरहनु पर्छ । उनले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आफ्नो समूदायमा हुने विभेद, दुरव्यवहार र हिंसा अन्त्यका लागि थोरै भएपनि बजेट विनियोजन भएको जानकारी दिइन । उनले अन्तराष्ट्रिय दातृ निकायसँग अपिल गरेर भुकम्प पीडितलाई सहयोग गरेको वताइन ।

समाजका उपनिर्देशक परसुराम राईले समान अधिकारका लागि सरकारलाई झकझकाउने कामलाई निरन्तरता दिनु पर्ने वताए । अहिले पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्य माथि मानवअधिकार उल्लघंनका घटना भइरहेका छन् राईले भने, अब हामीले मानवअधिकार उल्लघंनका घटना हुन नदिन, संबिधानमा लेखिएको अधिकार कार्यान्वयन गर्न प्राथमिकता निर्धारण गरेर काम गर्नु पर्छ । उनले समूदायका सदस्यलाई सीप मुलक तालिम दिने र आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

ग्लोवल फण्ड परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश निरौलाले सिमित बजेटका कारण लक्ष्य अनुसारको उपलब्धी हासिल गर्न कठिनाई भएको वताए । दीवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले मानवअधिकार र स्वास्थ्य सेवासँगै समूदायका सदस्यलाई नेतृत्व विकास तालिम प्रदान गर्दै आइरहेको जानकारी दिए । समाजका लेखा प्रमूख बिष्णुराज पन्तले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरे । पुल फण्डका मुल्याङकन अधिकृत सुमन नेपालले एचआइभी रोकथाम र उपचार सेवा प्रदान गर्न राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रका कारण कठिन भएको वताए । केयर एण्ड सपोर्टका राजेश लामाले एचआइभी संक्रमितको उपचार सेवासँगै निशुल्क खाने बस्ने व्यवस्था गरिएको वताए । सहारा परियोजनाकी राष्ट्रिय कार्यक्रम निर्देशक सुशीला लामाले यो बर्ष यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय माथि ५० वटा मानवअधिकार उल्लघंनका घटना भएको जानकारी दिइन । AGM 2
समाजमा नयाँ कार्य समिति चयन
साधारण सभाले पिंकी गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समाजको उपाध्यक्षमा उमेश पाण्डे, सचिवमा प्रदीप अधिकारी र कोषाध्यक्षमा रविना श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै कार्य समिति सदस्यहरुमा सुमन महर्जन, नविन शेरचन, रत्नकुमार थापा, मणी लामा, गौरी नेपाली, राजु घले र अमृत अधिकारी निर्वाचित भएका छन् । नवनिर्वाचित कार्य समितिकी अध्यक्ष गुरुङलाई बित्त प्रमूख बिष्णुराज पन्त र उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र सदस्यहरुलाई अध्यक्ष गुरुङले सपथ गराइन ।
सपथको व्यहोरा
म नील हिरा समाजको सदस्य भएकोमा गर्व गर्दछु । यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको मानवअधिकार संरक्षण, तेस्रोलिंगी समूदायको अस्थित्व र पहिचान साथै सम्मान र स्वाभिमानको संम्बद्र्धन गर्नको लागि तन मन धनका साथ लागि पर्दछु । समूदायको उत्थान र हितको लागि सबैलाई संगठित गर्दै सबै प्रति समान व्यवहार, सद्भाव सहयोग साथै सम्योजित पूर्वक काम गर्नेछु । हामी सबै भिन्न हामी सबै समानको मुल सुत्रलाई आत्म साथ गर्दै संस्था भित्र आएको चुनौती, द्धन्द्ध र समस्याहरुको समाधानका लागि संस्थाको निर्देशन बमोजिक काम गर्नेछु । संस्थाको अहित, समूदाय बिखण्डन र एक अर्का प्रति बैमनस्यता राख्ने छैन । सबैसँग हातमा हातेमालो गर्दै संस्थालाई गति प्रदान गर्न, ाम्रो अधिकारलाई संबैधानिक र कानुनी रुपमा स्थापित गरी सामाजिक रुपान्तरणमा आफ्नो योगदान दिदै यस नील हिरा समाजलाई प्रगतिपथमा लैजान प्रतिबद्धता जाहेर गर्दछु ।
भबिष्यमा म बाट माथि उल्लेखित सपथ भन्दा बाहिर गएर संस्था र समूदायको अहित हुने, क्षति पुर्याउने र सामूदायिक बिखण्डन ल्याउने, संस्थाको चरित्र हत्या हुने अनैतिक गतिविधि गरिएको खण्डमा संस्थाले दिएको सजाय भोग्न मन्जुरी हुनेछु ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading