फेसन डिजाईन तालिममा तेस्रोलिंगीको सहभागिता

फेसन डिजाईन तालिममा तेस्रोलिंगीको सहभागिता

रुपन्देही (पहिचान) पुस २९ – तेस्रोलिंगीलाई लक्षित गरि तेस्रोलिंगी फेसन डिजाईन तालिम शुरु भएको छ । महिला आर्थिक सशक्तीकरण उधमशिलता परियोजना अन्तरगतको तेस्रोलिंगी फेसन डिजाईन तालिमको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुबेदिले उद्घाटन गर्दैे आफुले सबै नागरिकको सुरक्षा र सबै लिंगको रक्षा गर्ने बताए ।

उनले सीपले आर्थिक क्रान्ति हुने बताउदै सीप सिकेमा तेस्रोलिंगीले आफ्नो जिविकोपार्जन सहजै गर्न सकिने बताए । उनले बुटवल प्रदेशकै केन्द्र बनिरहदा समाज बदल्न सबै नागरिकलाई तालिम दिदाँ तेस्रोलिंगीले फाईदा लिन सक्ने बताए ।

कार्यक्रममा प्रदेश ५ फिल्ड अफिसर सुदिप अर्यालले महिला तथा तेस्रोलिंगीलाई अगाडि बढाउन यो तालिम सहयोगी सिद्द हुने बताए ।

३ सय ९० घण्टे तालिममा कपडा काट्न, सिलाउन, डिजाईन भर्न लगायतका तालिम सिकाईने प्रशिक्षक कमला चापागाईंले बताईन ।

त्यस्तै सशक्तिकरण नेपालकी अध्यक्ष तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले तेस्रोलिंगीलाई विभिन्न समस्या रहेपनि यो तालिमले केही सहजता प्रदान गर्ने बताईन । उनले तालिममा बुटवल क्षेत्रका १२ जना तेस्रोलिंगीले सहभागिता जनाउने बताइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.